• होमपेज
  • वाणिज्य बैंक
  • सिद्धार्थ बैंकको नाफामा गिरावट

सिद्धार्थ बैंकको नाफामा गिरावट

  • शुक्रबार, कार्तिक २८, २०७७
सिद्धार्थ बैंकको नाफामा गिरावट

सिद्धार्थ बैंक लिमिटेड (SBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार ब्याज आम्दानी घटेको तर ब्याज खर्च बढेका कारण बैंकको खुद नाफामा गिरावट आएको देखिएको छ।

आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ५० करोड ६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ७ लाख रुपैयाँ कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४८ करोड ६२ लाख ३६ हजार रुपैयाँ ऋणात्मक रहेको छ। नियामकीय जगेडा कोषमा ६६ करोड ४६ लाख रुपैयाँ ट्रान्सफर गरेका कारण बैंकको यस्तो मुनाफा ऋणात्मक हुन पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ करोड ८० लाख रुपैयाँ घटेर १ अर्ब ३४ करोड ३७ लाखमा सीमित भएको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा २ करोड ५ लाख रुपैयाँ घटेर ७२ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ।

९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ६६ करोड ८९ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ७३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ४ अर्ब ९७ करोड ७० लाख र रिटेन्ड अर्निङ्गमा १ अर्ब २१ करोड ९ लाख रुपैयाँ थियो।

पछिल्लो तीन महिनामा बैंकको निक्षेप १ खर्ब ३९ अर्ब ६० करोड रुपैयाँबाट बढेर रुपैयाँ १ खर्ब ४९ अर्ब ४५ करोड पुगेको छ भने कर्जा १ खर्ब २३ अर्ब ४४ करोडबाट बढेर १ खर्ब २७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २३ रुपैयाँ ३ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २० रुपैयाँ ७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.८४ गुणा रहेको छ।

त्यसैगरी, बैंकको निष्क्रिय कर्जा १.२८ प्रतिशतबाट बढेर १.३२ प्रतिशत पुगेको छ भने आधार दर १०.०२ प्रतिशतबाट घटेर ८.१० प्रतिशत र स्प्रेड दर ५.३१ प्रतिशतबाट ४.३८ प्रतिशतमा झरेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि