• होमपेज
  • बीमा
  • ज्योति लाईफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित

ज्योति लाईफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित

  • बुधबार, कार्तिक २६, २०७७
ज्योति लाईफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वरमा साधारणसभा सम्पन्न भएको हो । सभामा कम्पनीका संचालक, शेयरधनी, नियामक निकायका प्रतिनिधि, कार्यकारी प्रमुख, उच्च व्यवस्थापनका पदाधिकारी तथा कर्मचारीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

साधारणसभामा कम्पनीका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुतीको क्रममा आव ०७५/७६ मा प्रथम बीमाशुल्क तथा नविकरण शुल्क कुल १ अर्ब १ करोड ७५ लाख ८८ हजार ४९ रुपैयाँ बीमाशुल्क संकलन गर्दै ६९ करोड २४ लाख ६५ हजार ८६३ रुपैयाँको जीवन बीमा कोष समेत खडा गरेको र सम्भावित जोखिमको  मुल्याङ्कन तथा व्यवस्थापन गर्दै कम्पनीले बिभिन्न बैंक तथा वित्तिय सँस्थाहरुमा अल्पकालिन तथा दिर्घकालिन लगानी गरेको र जसको औषत प्रतिफल १०.५० प्रतिशत रहेको जानकारी गराउँदै यस आर्थिक वर्षमा कम्पनीले १८ करोड ७२ लाख ३२ हजार ६१ रुपैयाँ खुदमुनाफा आर्जन गर्न सफल भएको उल्लेख गरिएको छ ।

साधारणसभाले संचालक समितिको प्रतिवेदन आव ०७५/७६ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्शान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै आव ०७६/७७ को लागि लेखापरिक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरे । साधारणसभाले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पुँजीको ३० प्रतिशतले हुने रु. ६६ करोड बराबरको साधारण शेयर जारी गर्ने विशेष प्रस्ताव समेत सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतीले पारित गरेको जानकारी दिइएको छ ।

उक्त सभामा कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले पछिल्लो प्रगति विवरण जानकारी गराउने क्रममा ११७ वटा शाखा तथा उपशाखाहरु ७२ जिल्लामा आफ्नो ब्यवसायिक उपस्थिति जनाई जीवन बीमा ब्यवसायगरि रहेको र साथै आब ०७५/०७६ मा कुल १० करोड ७८ लाख ७४ हजार ७२६ रुपैयाँ वतरणयोग्य मुनाफा आर्जन गरि कम्पनीको प्रतिशेयर मुल्य १२०.७९ पुर्याई आघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा शेयर किताबी मुल्यमा समेत ११.१७ प्रतिशतले वृद्घि गर्दै बीमितलाई प्रदान गर्ने बोनश दरमा समेत उल्लेख्य वृिद्घ गर्न सफल भएको छ ।

आर्थिक वर्षमा कम्पनीले ISO 9001:2015  Certificate समेत प्राप्त गरि नेपाली जीवन बीमा कम्पनीहरु मध्ये ISO Certificate प्राप्त गर्ने पहिलो नेपाली जीवन बीमा कम्पनी बन्न सफल भएको र कम्पनीको उक्त सफलता अनुभवि संचालक समितिको मार्ग दर्शन र दुरदर्शी नीति, ब्यवस्थापनको उत्कृष्ट जोखिम व्यवस्थापनको अभ्यास, सक्षम आन्तरिक नियन्त्रण प्रणाली साथै प्रचलित नीतिनियम, नियामनकारी निकायहरुको निर्देशनहरुको प्रभावकारी कार्यान्वयन तथा कम्पनीका सम्पूर्ण कर्मचारीहरुको अहोरात्र अथक परिश्रमको फलरहेको जानकारी गराउँदै संचालक समिति लगायत व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरु प्रति हार्दिक आभार ब्यक्त गरे ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि