• होमपेज
  • मनोरञ्जन
  • बिमोचनाको स्वर, विवेकको शब्दमा ‘सपना मेरो’ सार्वजनिक (भिडियो)

बिमोचनाको स्वर, विवेकको शब्दमा ‘सपना मेरो’ सार्वजनिक (भिडियो)

  • सोमवार, कार्तिक २४, २०७७
बिमोचनाको स्वर, विवेकको शब्दमा ‘सपना मेरो’ सार्वजनिक (भिडियो)

आफ्नी आमा चर्चित लोक गायिका डेजी बराईलीको स्वरमा रहेको गीत ‘भैसी लड्यो है’ गाएर  भ्वाइस अफ नेपालको मंच बाट आफुलाई परिचित गराउन सफल गायिका  बिमोचना लम्जेलको सुमधुर स्वरमा रहेको  नयाँ गीत ‘सपना मेरो’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

एक युवतीको भविष्यको सपना र  कल्पना व्यक्त गरिएको यस गीतका शब्द गायिका लम्जेल र विवेक क्षेत्रीले मिलेर लेखेका हुन्।  गीतमा संगीत गायिका लम्जेल र दार्जिलिङका सुपरिचित संगीतकार र गितारवादक अनित थापाको रहेको छ।

दार्जिलिङमा  रेकर्डिङ भएको गीतको भिडियो पनि दार्जिलिङको मिरिक वरपर छायांकन गरिएको हो।  म्युजिक भिडियोमा अंकिता थुलुङ राई, सुभाष तामाङ, बिन्द्या तामाङको अभिनय देख्न सकिन्छ।  अरविन्द राज प्रोडक्शनको निर्माणमा तयार पारिएको भिडियोलाई गायिका लम्जेलको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायिका लम्जेलले सम्पुर्ण दर्शक स्रोर्ता तथा मिडिया हाउसलाई आग्रह गरेकी छिन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि