• होमपेज
  • अन्तरवार्ता
  • मेलम्ची पर्यटन केन्द्र बन्नेछ

मेलम्ची पर्यटन केन्द्र बन्नेछ

डम्बर अर्याल, नगर प्रमुख, मेलम्ची नगरपालिका

  • सोमवार, कार्तिक २४, २०७७
मेलम्ची पर्यटन केन्द्र बन्नेछ

मेलम्ची नगर समृद्धिको आधारः कृषि, पर्यटन, उद्योग र जलाधार’ भन्ने मूलनाराका साथ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले काम गरिरहेको छ । अहिलेसम्म नगरपालिकाका के के काम सम्पन्न भए, विकास निर्माणको अवस्था कस्तो छ र मेलम्चीलाई समृद्ध बनाउन के के काम भइरहेको छ भन्ने विषयमा राष्ट्रिय समाचार समिति सिन्धुपाल्चोकका समाचारदाता देवराज सुवेदीले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालसँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, अर्यालसंँग लिइएको अन्तर्वार्ताको सारसंक्षेपः

0 आजभोलि केमा व्यस्त हुनुहुन्छ प्रमुखज्यू ?
आजभोलि नगरपालिकाकै काममा व्यस्त छु । हिँउद लागिरहेको छ । मेलम्ची नगरपालिकाले गर्ने कामहरु भइरहेको छ । टेण्डरको काम भइरहेको छ । टेण्डरका लागि आएका निवेदनहरु स्वीकृत गर्ने कामहरु गरिरहेका छाँै । असारसम्म गर्ने कामहरु हेरिरहेका छौँ र ती कामलाई जिम्मेवारीपूर्वक अगाडि बढाउनका लागि हामी निरन्तर जुटिरहेका छाँै ।

खानेपानी, सिँचाइका कामहरु निर्माण चरणमा छन् । भूकम्पपछि निर्माण भएका घरहरु पनि भत्किने अवस्थामा पुगिसकेका छन् । त्यसैले प्राविधिक अध्ययनको काम पनि शुरु भइसकेको छ । त्यसलाई नै संरक्षण गरेर हुन्छ या संरचना नै नया बनाउनुपर्ने हो, प्राविधिक रिपोर्टका आधारमा काम अगाडि बढिरहेका छन् । त्यसैले विपद्का निम्ति नगरसभाद्वारा छुट्याइएका बजेटले पुग्ने अवस्था छैन तर काम भने अगाडि बढिनैरहन्छ ।

0 नगरपालिकाका विकासनिर्माणको काम चाहिँ कसरी अगाडि बढ्दै छ ?
नगरपालिकाको नगरसभाद्वारा बनेका जति पनि हाम्रा योजनाहरु छन्, ती हामीले अगाडि बढाइरहेका छौँ । ती योजना अगाडि बढाउने क्रममा कार्यपालिकाले पनि केही थप निर्णयहरु गरेको छ । रु १० लाखसम्मको काम उपभोक्ता समितिमार्फत गर्ने र १० लाखभन्दा माथिको काम इबिडिङको माध्यमबाट गर्ने र १० लाखभन्दा तल अर्थात् ५ लाखसम्मको कामको योजना बनाउने, सम्झौता गर्ने काम वडाबाटै भइरहेको छ । जति पनि उपभोक्ता समितिमार्फत कामहरु हुन्छन्, ती चाहिँ हामी नगरपालिकाकै माध्यमबाट अगाडि बढाउछौँ । यसरी हेर्दा यसभित्र कृषि,पर्यटन, स्वास्थ्य र शिक्षासँग सम्बन्धित काम पर्छन् ।

जनताको जीवनसँग जोडिने अरु सबै किसिमका कामलाई क्रमिकरुपमा अगाडि बढाइरहेका छौँ र यो करीबकरीब अन्तिम चरणमा छन् । यस सालको बर्खायाममा वर्षा धेरै भयो । यसले गर्दा विपद्हरु धेरै निम्तिएका छन् । त्यसैले यससँग सम्बन्धित काम पनि सँगसँगै अगाडि बढिरहेको छ । बर्खाबाट बिग्रिएका मोटरबाटोहरु निर्माणको चरणमा छ । खानेपानी, सिँचाइका कामहरु निर्माण चरणमा छन् । भूकम्पपछि निर्माण भएका घरहरु पनि भत्किने अवस्थामा पुगिसकेका छन् । त्यसैले प्राविधिक अध्ययनको काम पनि शुरु भइसकेको छ । त्यसलाई नै संरक्षण गरेर हुन्छ या संरचना नै नया बनाउनुपर्ने हो, प्राविधिक रिपोर्टका आधारमा काम अगाडि बढिरहेका छन् । त्यसैले विपद्का निम्ति नगरसभाद्वारा छुट्याइएका बजेटले पुग्ने अवस्था छैन तर काम भने अगाडि बढिनैरहन्छ । हामी कम्तीमा आगामी पुसभित्र हिउँदे नगरसभा गरिसक्छौँ र नगरसभाद्वारा बजेट अनुमोदन गर्ने गरी विपद्का कामहरु अगाडि बढाइरहेका छौँ ।

0 विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस गर्दा विकासनिर्माणको काम रोकियो कि रोकिएन ?
काममा असर त पु¥यायो नै, हाम्रा कतिपय विकास निमार्णको कामहरु रोकिएका छन् । ती रोकिएका कामहरु सम्पन्न गर्नका लागि हामीले चार महिना म्याद थपेका थियाँै साउन,भदौ, असोज र कात्तिक । अब कात्तिक मसान्तसम्म ती काम सम्पन्न हुन्छ । गत सालको जिम्मेवारी जति सबै हाीिलाइ सरेको छ र यस महिनाको मसान्तसम्ममा ती कामहरु सम्पन्न हुन्छ । जुन रफ्तारमा काम हुनुपर्ने हो, त्यो गतिमा चाहिँ हुन सकेन । वर्षा र कोभिड हाम्रो विकासका लागि बाधक बनेका छन् । हामीले विभिन्न समस्यासँग जुध्दै काम अगाडि बढाइरहेकै छौँ ।

बसपार्क, फोहोर व्यवस्थापन, ग्रिनसिटी पार्क निर्माणको काम अन्तिम चरणमा छ र अब छिट्टै यो सम्पन्न हुन्छ । यस सँगसँगै मठमन्दिर र गुम्बा निर्माणको काम र मेलम्ची नगरपालिकालाई काठमाडौँसम्म जोड्ने सडकहरु हाम्रै प्रयत्नबाट पीच हुँदै छन् । मेलम्ची –जिरोकिलो, साँखु –मेलम्चीसम्मको सडकपिचको काम पनि लगभग शुरु भइसकेको छ । क्रमशः मेलम्चीदेखि नगरपालिकाकै वडा नम्बर ७ जाने दुई वटा सडक पिच हुँदै छन् । त्यसैले यस वर्षसम्म हामीले मुख्य काम ग¥र्यौँ ।

0 अनि चुनावका बेला बोलेका कुरा कति पूरा भए, कति बाँकी छन् ? गरेरै छाड्छु भनेर गरिएका प्रतिबद्धता कति पूरा भए ?
अब यो वर्ष सम्पन्न हुँदा तीन वार्षिक योजना सम्पन्न गछाँैं । त्यसैले हामीले भनेका जति पनि प्रतिबद्धता थिए, त्यसको ७० प्रतिशत काम सम्पन्न भइसकेका छन् । हामीले बोलेका कुरा मात्र हैन, जनताको आवश्यकता र चाहनालाई समेत बुझेर काम अगाडि बढाइरहेका छौँ । बाँकी रहेका ३० प्रतिशत काम पनि अगाडि बढिरहेको छ र झण्डै शतप्रतिशतको हाराहारीमा पुग्न सकौँला भन्ने अनुमान गरेका छाँै ।

यदि प्राकृतिक प्रकोपको कारण हामीले बनाएका संरचना वा विकासनिर्माणको काममा क्षति पुग्छ भने त्यो बेग्लै कुरा हो नत्र हामी हाम्रो लक्ष्यमा पुग्नै लागिसक्यौँ । मेलम्ची नगरपालिका र वडा कार्यालयसम्मको बाटालाई बाह्रै महिना चल्ने बनाउनका लागि काम भइरहेको छ । बसपार्क, फोहोर व्यवस्थापन, ग्रिनसिटी पार्क निर्माणको काम अन्तिम चरणमा छ र अब छिट्टै यो सम्पन्न हुन्छ । यस सँगसँगै मठमन्दिर र गुम्बा निर्माणको काम र मेलम्ची नगरपालिकालाई काठमाडौँसम्म जोड्ने सडकहरु हाम्रै प्रयत्नबाट पीच हुँदै छन् । मेलम्ची –जिरोकिलो, साँखु –मेलम्चीसम्मको सडकपिचको काम पनि लगभग शुरु भइसकेको छ । क्रमशः मेलम्चीदेखि नगरपालिकाकै वडा नम्बर ७ जाने दुई वटा सडक पिच हुँदै छन् । त्यसैले यस वर्षसम्म हामीले मुख्य काम ग¥र्यौँ । अबको वर्षदेखि हामीले गरेका काम देखिन थाल्छ र जनताले स्थानीय सरकार सँगसँगै विकास भएको महसुस गर्न थाल्नेछन् ।

0 पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले के गर्दै छ ?
पर्यटन प्रर्वद्धनका लागि पदमार्ग निर्माणको काम धमाधम छ । त्यसमा जिपिएस हाल्ने काम पनि भइरहेको छ । मेलम्ची नगरपालिका वडा नम्बर ४,५,६ तीन वटै वडालाई छोएको धौलेलाई प्रवद्र्धन गर्ने हिसाबले योजना बनाएका छौँ । जनैपूर्णिमाको दिन मेला लाग्ने धौले प्रचारप्रसारको हिसाबले ओझेलमा परेको महसुस भइरहेको छ ।

बजारकै छेउमा बसपार्क निर्माण भइरहेको छ । बजारमा भएका सबै सवारी साधन बसपार्कमा बस्नेबित्तिकै अव्यवस्थित पार्किङको अहिलेको समस्या हल हुन्छ । त्यस्तै सुरक्षित बजार बनाउनका लागि सिसिटिभी जडानका काम सकिएका छन् । शान्तिसुरक्षाको हिसाबले पनि उपयुक्त हुने खाले काम गर्दैछाँै । बजारमा पुराना शैलीका मन्दिर निर्माणकोे काम भइरहेको छ । त्यहाँ पनि नगरपालिकाले सहयोग गरेको छ । बजार व्यवस्थापन समिति गठन गरेर बजारलाई सुन्दर र सफा राख्न काम तीव्र गतिमा भएको छ ।

त्यसैले यसलाई पर्यटकीय गन्तव्य बनाउन लागिपरेका छाँै । पोखरी निर्माणको काम भइसक्यो र अब एउटा मन्दिर र एउटा स्तूप बनाउने योजना छ । त्यस्तै जलवायु सम्मेलन भएको वडा नम्बर ९ मा रहेको गुफाडाँडालाई पनि पर्यटकीय क्षेत्र बनाउने काम भइरहेको छ । पर्यटकहरुका लागि सहज होस् भन्नका लागि सिँढीं निर्माण भइरहेको छ । त्यस्तै मेलम्चीदेखि धौले र गुफाडाँडा जाने सडक मर्मत तथा व्यवस्थित बनाउनका लागि बजेट विनियोजन गरेर काम भइरहेको छ ।

0 हेलम्बु, इन्द्रावती र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको केन्द्र अर्थात् मुख्य बजार नै मेलम्ची हो । यसलाई व्यवस्थित बनाउन केके काम भइरहेको छ ?
मेलम्ची बजारलाई व्यवस्थित बनाउनका लागि बजार पिच हुँदै छ । बजारकै छेउमा बसपार्क निर्माण भइरहेको छ । बजारमा भएका सबै सवारी साधन बसपार्कमा बस्नेबित्तिकै अव्यवस्थित पार्किङको अहिलेको समस्या हल हुन्छ । त्यस्तै सुरक्षित बजार बनाउनका लागि सिसिटिभी जडानका काम सकिएका छन् । शान्तिसुरक्षाको हिसाबले पनि उपयुक्त हुने खाले काम गर्दैछाँै । बजारमा पुराना शैलीका मन्दिर निर्माणकोे काम भइरहेको छ । त्यहाँ पनि नगरपालिकाले सहयोग गरेको छ । बजार व्यवस्थापन समिति गठन गरेर बजारलाई सुन्दर र सफा राख्न काम तीव्र गतिमा भएको छ ।

0 नगरवासीले नगरपालिकालाई स्थानीय सरकारको रुपमा लिएका छन् त ?
पक्कै पनि नगरपालिकाले आफ्नो काम तीव्र गतिमा गरिरहेकै छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको जिम्मेवारी पाएपछि सरकार हुने हो । सरकार आफैँले मात्र केही गर्ने हैन, यो कुरा सबैले बुझ्नुपर्छ र बुझेका पनि छन् । मलाई लाग्छ, कोही पनि व्यक्ति नगरपालिकाको कामप्रति असन्तुष्ट छैन । कुनै बेला कसैलाई चित्त बुझेन भने पनि नगरपालिकामा आएर गुनासो गर्न पाइन्छ । त्यो गुनासोको सम्बोधन गर्न हामी तयार छौँ । हाम्रो काम भनेकै जनतालाई सुखी र खुशी बनाउँदै नगरपालिकाको विकास गर्ने त हो नि ।

शुपालनका लागि बीमाको काम भइरहेको छ । मेलम्ची नगरपालिकाका शतप्रतिशत पशुको बीमा गर्ने योजनामा नगरपालिका लागिपरेको छ । विशेषगरी यस वर्ष गाई र भैँसीको बीमा गर्ने काम भइरहेको छ र आगामी दिनमा सबै पशुको बीमा हुन्छ । साथै गाईभैँसी ब्याइसकेपछि उनीहरुलाइ पोषणका निम्ति पैसा दिने काम भइरहेको छ । पाडापाडी या बाच्छाबाच्छीको फोटो लिएर वडा कार्यालय गएमा अनुदान पाइनेछ ।

0 राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंँ पठाइसकेपछि यहाँका प्रभावित क्षेत्रका जनताले के आश गर्ने त ?
मेलम्ची नदीको पानी काठमाडौँ गइसकेपछि हामीले लेबी माग गरेका छौँ । मेलम्ची मात्र हैन, माथि हेलम्बु तल इन्द्रावती पनि छ । त्यसैले लेभी निर्धारणका लागि हामीले एउटा समिति बनाएका छौँ । त्यो समितिका संयोजक यस क्षेत्रका सांसद शेरबहादुर तामाङ हुनुहुन्छ । त्यसपछि जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ सदस्य हुनुहुन्छ । स्थानीय तहका प्रमुखहरु सदस्य रहेर बनेको समितिले लेभी निर्धारण सँगसँगै अन्य विकासनिर्माणको काम गर्नका लागि पहल गरिरहेको छ ।

0 स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नका लागि कस्तो योजनाका साथ नगरपालिकाले काम गरिरहेको छ ?
हामिले नगरपालिकाको कृषि क्षेत्रको कामलाई अगाडि बढाइरहेका छौँ, चाहे त्यो उत्पादनका क्षेत्रमा होस् या व्यापारको काममा होस् । तरकारी उत्पादन गर्नका लागि अनुदानको व्यवस्था गरिरहेका छौँ । पशुपालनका लागि बीमाको काम भइरहेको छ । मेलम्ची नगरपालिकाका शतप्रतिशत पशुको बीमा गर्ने योजनामा नगरपालिका लागिपरेको छ । विशेषगरी यस वर्ष गाई र भैँसीको बीमा गर्ने काम भइरहेको छ र आगामी दिनमा सबै पशुको बीमा हुन्छ । साथै गाईभैँसी ब्याइसकेपछि उनीहरुलाइ पोषणका निम्ति पैसा दिने काम भइरहेको छ । पाडापाडी या बाच्छाबाच्छीको फोटो लिएर वडा कार्यालय गएमा अनुदान पाइनेछ ।

0 तपाईँले देख्नुभएको मेलम्चीको भविष्यको मुहार कस्तो छ ?
यसैबाट मध्यपहाडी लोकमार्ग आउँदैछ । सडक निर्माण र व्यवस्थापनको काम सकिन्छ । इन्द्रावती नदी किनारमा मेलम्ची स्वप्न सरोवर बनाउनका लागि डिपिआरको काम हुँदै छ । यस हिसाबले मेलम्ची अब सम्झिरहने खालको हुन्छ भन्नेमा म विश्वस्त छु । छिमेकी पालिकाहरुसँग मिलेर पर्यटक भित्र्याउनका लागि काम गर्ने छौँ । त्यसको हब चाहिँ मेलम्ची हुन्छ भन्नेमा म ढुक्क छु ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि