• होमपेज
  • पर्यटन
  • लेले मनकामनामाई मन्दिर निर्माणको काम १५ वर्षदेखि जारी

लेले मनकामनामाई मन्दिर निर्माणको काम १५ वर्षदेखि जारी

  • सोमवार, कार्तिक २४, २०७७
लेले मनकामनामाई मन्दिर निर्माणको काम १५ वर्षदेखि जारी

लेलेस्थित काभ्रेमा रहेको मनकामनामाई मन्दिर निर्माणको काम १५ वर्ष अघिदेखि जारी रहेको छ । विसं २०६२ मा जनश्रमदानबाट निर्माण शुरु गरिएको उक्त मन्दिर क्षेत्रमा हाल पनि विभिन्न कार्य धमाधम भइरहेको छ ।

सो मन्दिर गोरखाको वैकल्पिक मनकामनामाईका रुपमा स्थापना गरिएको थियो । १५ वर्षअघि लेलेको काभ्रेमा निर्माण उपभोक्ता समिति गठन गरेर जनश्रमदानबाट रु तीन लाख र रु दुई लाख बराबरको जिन्सी सामान उठाएर मन्दिर निर्माणको कामलाई अघि बढाइएको मनकामना फूल्चोकीमाई मन्दिर संरक्षण तथा सुधार समितिका अध्यक्ष राजेन्द्र सिलवालले बताउनुभयो । उहाँले भन्नुभयो, “२०६४ साल वैैशाख २२ गतेबाट मन्दिर उद्घाटन गरेर देवीको पुजा थाल्याँै ।”

त्यसताका मन्दिर निर्माण शुरु गरियो तर यसलाई पूर्णता दिन प्रर्याप्त रकम भने थिएन । यसलाई जसरी भए पनि अघि बढाउनुपर्ने बाध्यता रहँदा २०६८ सालमा भागवत लगाएर त्यसबाट रकम सङ्कलन गरेर केही मन्दिरमा खर्च गरेको सिलवालले जानकारी गराउनुभयो ।

आजभोली मन्दिर क्षेत्रमा वरिपरी लगाइएका पर्खालमाथि ढलान, तारजाली, बस्ने कुर्चि, धारा जडान र मर्मत सुधारको कार्य भइरहेको छ । विभिन्न सङ्घ–संस्थाले मन्दिर सुधार गर्न रकम सहयोग गर्दै जाँदा काठमाडौं न्यूरोड निवासी तथा काठमाडौं सङ्कटा क्लवका पूर्वअध्यक्ष विन्देश्वर श्रेष्ठले पटक–पटक गरेर रु ४० देखि ५० लाख मनकामनामाई मन्दिरलगायत वरपर बाँकी रहेका आवश्यक काम गर्न सहयोग गरिसक्नुभएको सिलवालको भनाइ छ ।

सो मन्दिरमा पुग्ने सिँढी निर्माणका लागि गोदावरी नगरपालिकाले गतवर्ष रु १० लाख र यसवर्ष पनि मन्दिर आसपासमा रहेको पोखरी निर्माणका लागि नगरपालिकाले रु १० लाख सहयोग गरेको छ । मन्दिर क्षेत्रमा जनश्रमदान, भागवतबाट उठेको केही रकम, नगरपालिकाले सहयोग गरेको रकम र व्यक्तिले दिएको रकम गरेर हालसम्म रु एक करोड बढी खर्च भइसकेको मन्दिरका संस्थापक अध्यक्ष ठुलाबहादुर तामाङले बताउनुभयो । हाल बढ्दो कोभिड महामारीले कसैलाई पनि नआउन अनुरोध गरिएको छ । धुम्न आउने मानिसबाट उठेको रकम भने मन्दिरमा आवश्यक काम र सामान, भजनकृतन, वार्षिक कार्यक्रम तथा बाजागाजामा खर्च हुने गरेको तामाङले जानकारी गराउनुभयो ।

वरिपरी बस्ती र वनजङ्गलको विचमा मनकामनामाई देवीको मन्दिर रहेको छ । ती देवीको दर्शन गर्न मूलुकका विभिन्न जिल्लाबाट काठमाडौं छिरेका धेरैजसो मानिस भाकल, पुजापाठ र त्यहाँका वस्तुस्थिती बारे समेत बुझ्न आउने गरेका स्थानीयले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार