• होमपेज
  • शेयर मार्केट
  • कुमारी बैंकले लाभांश संशोधन गर्यो

कुमारी बैंकले लाभांश संशोधन गर्यो

  • आइतवार, कार्तिक २३, २०७७
कुमारी बैंकले लाभांश संशोधन गर्यो

कुमारी बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को लागि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । बैंकले कुल लाभांश १४ प्रतिशत नै हुने गरी बोनसको दर बढाएर लाभांश संशोधन गरेको हो । बैंकको कात्तिक ५ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

नेपाल राष्ट्र बैंकले उक्त लाभांश संशोधनका लागि निर्देशन दिएसँगै बैंकले १० दशमलव ८५ प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको कात्तिक २१ गतेको सञ्चालक समितिले संशोधन गर्ने निर्णय गरेको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

देवः विकास बैंकलाई प्राप्ती गरी असार २८ गतेदेखि एकिकृत कारोबार सुरु गरेको यस बैंकका शेयरधनीहरुले यो वर्ष करमा छ्ट पाउनेछन् । प्राप्ती प्रकृया पुरा गरेको यस बैंकले यस वर्ष बोनस शेयरमा लाग्ने कर वापतको रकममा छुट पाउनेछ । यसर्थ कुमारी बैंकका शेयरधनीहरुले १४ प्रतिशतनै लाभांश हात पार्नेछन् ।

हाल बैंकको चुक्तापूँजी  १२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ रहेको छ । गत असार मसान्तसम्म बैंकले  १ अर्ब २२ करोड ६५ लाख ५९ हजार  रुपैयाँ खुद नाफा गरेको छ । सो अवधिसम्म बैंकको वितरणयोग्य नाफा ७१ करोड २८ लाख ८३ हजार रुपैयाँ थियो । गत वर्ष भन्दा यो वर्ष कुमारी बैंकको लाभांशमा भने बृद्धि भएको छ । गत वर्ष यस बैंकले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि