• होमपेज
  • वाणिज्य बैंक
  • एनएमबिद्वारा ५२ लाख भन्दा बढीको बीमा दाबी भुक्तानी

एनएमबिद्वारा ५२ लाख भन्दा बढीको बीमा दाबी भुक्तानी

  • बिहिबार, कार्तिक २०, २०७७
एनएमबिद्वारा ५२ लाख भन्दा बढीको बीमा दाबी भुक्तानी

एनएमबि बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भिर रोगहरु विरुद्घ प्रदान गरिने बीमा दावी भुक्तानी दुर्धटना हुना साथ र रोग पत्ता लाग्ना साथ प्रदान गरेको छ ।
तलव खाता अन्तर्गत, हालसम्म जम्मा रु. ७,४१,७२२ र सहारा बचत खाता अन्तर्गत रु. ४५,२२,३७१ बीमा दावी भुक्तानी गरिसकेको छ ।

आफ्नो स्थापना काल देखी नै ग्राहक केन्द्रित भएर काम गरिरहेको यस बैंकले ग्राहकलाई उच्च बीमा कभरेज र भविष्यको अनिश्चितताको विरुद्घ संरक्षणमा आफ्नो स्रोत परिचालन गरेको जनाएको छ ।
बैंकको तलव खाताहरुको योजनामा शुन्य मौज्दातमै नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम को साथै दश लाखसम्मको दुर्घटना बिमा प्रदान गर्दै आइरहेको छ भने सहारा खाता योजनामा नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, दश लाखसम्मको दुर्घटना बिमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार विमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकको ईन्स्युरेन्स पार्टनरहरुमा एनएलजी ईन्स्युरेन्स, शिखर ईन्स्युरेन्स, नेको ईन्स्युरेन्स, रिलाईन्स लाइफ ईन्स्युरेन्स, सागरमाथा ईन्स्युरेन्स र राष्ट्रिय बिमा कम्पनी रहेका छन् ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँुच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, बिस्तारित सेवा तथा शाखा रहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहक माझ सेवा पु¥याउदै आईरहेको छ ।

एनएमबि बैंकले १८६ शाखाहरु, ८ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै ३,५०० क्यूआर र १०,०७० भन्दा बढी पोस मेसिन मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने