• होमपेज
  • अन्तर्राष्ट्रिय समाचार
  • विश्व खेलजगतद्वारा म्याराडोनाको ६० औँ जन्मदिनमा शुभकामना तथा वधाइ व्यक्त

विश्व खेलजगतद्वारा म्याराडोनाको ६० औँ जन्मदिनमा शुभकामना तथा वधाइ व्यक्त

  • शनिबार, कार्तिक १५, २०७७
विश्व खेलजगतद्वारा म्याराडोनाको ६० औँ जन्मदिनमा शुभकामना तथा वधाइ व्यक्त

विश्वभरका खेलकुद जगतले अर्जेन्टिनी विश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनालाई शुभकामना तथा वधाइ दिएका छन् । उहाँ शनिबार ६० वर्ष पुग्नुभएको छ ।

ब्राजिलका महान् फुटबल खेलाडी पेलेले सामाजिक इन्स्टाग्राममा लेख्नुभएको छ, “मेरो महान मित्र, म्याराडोनालाई म सदैव प्रशंसा गर्नेछु । म तपाईंलाई सदैव सहयोग गर्नेछु ।

तपाईको जीवन यात्रा लामो होस् । तपाई सधैं मुस्कुराउनुहोस् र मलाई पनि मुस्कान दिनुहोस । जन्मदिनको शुभकामना ।”

म्याराडोनालाई १५० भन्दा बढी खेलाडी तथा खेलप्रेमीहरूले अभिवादन गरेको एक भिडियो स्पेनी जनसम्पर्क प्रतिनिधि रिची कास्टेलानोसले बनाउनुभएको छ । एक घण्टाभन्दा बढीको भिडियोमा इटालियाली युभेन्टसका सुप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पनि रहनुभएको छ ।

म्यारोडोनाले मेक्सीकोमा भएको सन् १९८६ को विश्वकप फुटबलमा अर्जेन्टिनालाई विजयी बनाउँदै आफूलाई विश्वकै प्रसिद्ध खेलाडीको सूचीमा स्थापित गर्न सफल भएका थिए ।

यसैबीच म्याराडोनाले आफ्नो जन्मदिनको अवसर पारेर शुक्रवार एक नयाँ परोपकारी कार्यक्रम “लास १० डेल १०” को सुरुवात गर्नुभएको छ । कार्यक्रमले अर्जेन्टिनाका गरीब समुदायलाई खाद्यान्न, तथा स्वास्थ्य सामग्रीलगायतका सामान प्रदान गरिने बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि