• होमपेज
  • अन्तर्राष्ट्रिय समाचार
  • भारतको उडिसामा नोभेम्बर ३० सम्म बन्दाबन्दी

भारतको उडिसामा नोभेम्बर ३० सम्म बन्दाबन्दी

  • शनिबार, कार्तिक १५, २०७७
भारतको उडिसामा नोभेम्बर ३० सम्म बन्दाबन्दी

भारतको पूर्वी राज्य उडिसामा सरकारले शनिबार बन्दाबन्दीको समयलाई थप गर्ने निर्णय गरेको छ ।

महामारीलाई नियन्त्रण गर्न खास गरी शहरी क्षेत्र र सङ्क्रमण फैलिएका क्षेत्रमा बन्दाबन्दीको समय थप गरिएको हो ।

बन्दाबन्दी कोभिड सङ्क्रमित भएका क्षेत्रमा लागू हुने निर्देशनमा उल्लेख छ । उक्त क्षेत्रमा अतिआवश्यक गतिविधि मात्र गर्न अनुमति दिइएको छ ।

निर्देशन अनुसार सङ्क्रमण फैलिएका क्षेत्रमा विद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थानहरूलाई नोभेम्बरको अन्त्यसम्म बन्द गरिने छ । यद्यपि विद्यालय विभागको सुपरीवेक्षणमा कक्षा नौ र १२ का कक्षाहरूलाई नोभेम्बर १६ देखि सञ्चालनका लागि अनुमति दिइनेछ ।

उडिसा भारतको नवौँ बढी प्रभावित राज्य हो । उडिसामा कूल दुई लाख ८८ हजार ६४६ व्यक्ति सङ्क्रमित रहेका छन् भने एक हजार ३०८ जनाको मृत्यु भएको छ ।

यो हप्ताभन्दा पहिले भारतको संघीय गृहमन्त्रालयले सेप्टेम्बर ३० मा जारी गरेको नियन्त्रणका उपायलाई नोभेम्बर ३० सम्मका लागि मान्य हुनेगरी संशोधन गरेको छ ।

शनिबार भारतको स्वास्थ्य मन्त्रालयले भारतभर कोभिड–१९ सङ्क्रमण हुनेको सङ्ख्या ८१ लाख ३७ हजार ११९ पुगेको । एक लाख २१ हजार ६४१ जनाको मृत्यु भएको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार