• होमपेज
  • मनोरञ्जन
  • मोफसलबाट मोडलिङमा डेब्यु गदैं आर्या श्रीवास्तव

मोफसलबाट मोडलिङमा डेब्यु गदैं आर्या श्रीवास्तव

  • शुक्रबार, कार्तिक १४, २०७७
मोफसलबाट मोडलिङमा डेब्यु गदैं आर्या श्रीवास्तव

पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन् । दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ । रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा भविष्य बनाउने सिमित हुन्छन त्यसमा एक प्रतिनिधि बनेकी छिन् प्रदेश न २ घर भई हाल काठमाडौमा बस्दै आएकी आर्या श्रीवास्तव ।

१६बषिर्या आर्या श्रीवास्तव मोडलिङमा नै आफनो भविष्य खोजिरहेकी छन् । विभिन्न स्टेज कार्यक्रमहरुमा मोडलिङ गर्दै आएकी आर्या श्रीवास्तव आफु रहरले नभएर सफल कलाकार बन्ने महान सपना पुरा गर्नका लागि यस क्षेत्रमा लागेको बताउँछिन् । आर्याले उत्साहित हुदै भनिन् – मेरो सानैदेखी कलाकार बन्ने ठुलो सपना थियो । त्यही सपनालाई पुरा गर्न म मोडलिङमा आएकी हुँ ।

आफनो मेहनत गरे अनुसार सफलता पाउनेमा आफु निकै आशावादी रहेको समेत बताउदै आर्या ले भनिन ‘गर्दै जाँदा एक दिन अवश्य पनि सफलता मिल्छ त्यसैले मैले मोडलिङलाई निरन्तरता दिनुपर्छ ,सबैको सुझाव र प्रेरणाका साथ एकदिन सफल हुने विश्वास लिएकी छुँ ।’ हुन त आर्या श्रीवास्तव कलाकारमात्र बन्ने उनको शौख होइन उनी एउटा मोडलको रुपमा आफनो पहिचान बनाउनको लागी पनी सिने क्षेत्रमा आउनको लागी चाहेको उनले बताइन ।

विभिन्न स्टेज कार्यक्रम गदैं आएकी आर्यालाई छोटो समयमै  सफलता पनि मिलेको छ । सानै उमेरदेखि मोडलिङ क्षेत्रमा एउटा छुट्टै नाम कमाउन चाहन्थे उनले भनिन । आफनो कर्तव्यबाट कहिल्यै टाढा नभइ हिम्मत र शाहसका साथ अगाडि बढिरहने उनी बताउछिन  । घरपरिवारमा यस क्षेत्रमा खासै कोही नलागेपनि परिवारको राम्रै सपोर्ट छ उनमा । परिवारको माया र हौसलाले आफु उत्साहित भएको बताउँदै उनले साथीहरुको सपोर्टले काम गर्न सजिलो ह्ुनेमा आफुमा आत्म विश्वास भरिएको उनले सुनाइन ् ।

१६ औँ बसन्त पार गरेकी आर्या एकअर्काको भावना बुझ्नु, सुखदुखमा साथ नछोड्नु नै मायाँका रुपमा लिन्छिन । बजारमा देखिएको फेसनेवल माया आफुलई राम्रो नलाग्ने उनी बताउछिन । आर्या श्रीवास्तव भन्छिन ‘माया प्रेम भन्ने वित्तिकै जोपायो उसको विश्वास गर्नाले पछुताउनु पर्छ, माया भनेको सोचेर गर्नुपर्छ उनले भनिन‘ ‘प्रेम फेशन होइन, देखाउनका लागि लगाउने लुगा होइन प्रेम त केवल भावनात्मक हुनुपर्छ अनिमात्र जीवन निर्वाह गर्न सहज हुन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि