• होमपेज
  • चलेको
  • जिउँदो खसी बोकाको मूल्य ५५० रुपैयाँ तोकियो

जिउँदो खसी बोकाको मूल्य ५५० रुपैयाँ तोकियो

  • आइतवार, कार्तिक २, २०७७
जिउँदो खसी बोकाको मूल्य ५५० रुपैयाँ तोकियो

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारबाट खसीबोकाको बिक्री गर्ने भएको छ । घटस्थापनाको भोलिपल्टबाट खसीबोका बिक्री गर्ने योजना अनुरुप खाद्य कम्पनीले भोलि सोमबार बिहान ८.०० बजेदेखि बेलुका ४.३० बजेसम्म खसी बोका बिक्री गर्ने तालिका बनाएको हो । यस वर्ष कोभिडका कारणले खाद्यले भेडा/च्याङ्ग्रा भने ल्याएको छैन ।  आज आइतबारसम्म ४ सय ५ वटा खसी बोका आइपुगेको र भोलिदेखि बिक्री गर्ने कम्पनीका प्रवक्ता सर्मिला सुवेदीले बताइन् ।

‘सोमबारबाट मात्रै खसी बोकाको बिक्री सुरु गर्न लागिएको हो,’ उनले भनिन् ‘५५० रुपैयाँ प्रतिकेजीमा आम उपभोक्ताले खसी बोका पाउनु हुनेछ । अहिलेलाई हामीले चार सय पाँच वटा खसी बोका ल्याएका छौं, नपुग भएमा फेरि थप गर्ने छौं,’ सुवेदीले भनिन् । गत वर्ष कम्पनीले जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ५५० रुपैयाँ नै तोकेको थियो ।

यस वर्ष ५६० रुपैयाँ प्रतिकेजी जिउँदो खसी बोकाको मूल्य भएपनि १० रुपैयाँ छुटमा दिन लागिएको हो । यो वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले च्याङ्ग्रा भने  बिक्री नगर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा खसी, बोकाको मूल्य निर्धारण गरिएको हो ।

यो वर्ष कोभिडको कारण च्याङ्ग्राको बिक्री गर्न नसकेको बताउँदै आइतबार साँझ मात्रै खसी बोकाको मूल्य निर्धारण गरेको हो । आइतबारसम्म एक हजार वटा खसी बोका आउने भएकाले मागको आधारमा कति संख्यामा बिक्री गर्ने भन्ने यकिन हुने कम्पनीले जनाएको छ । यो वर्ष कम्पनीले तीन हजार खसी बोका ल्याउने योजना बनाएको छ । विगतका वर्षमा सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गर्ने गरेको थियो ।

अघिल्लो बर्ष कम्पनीले बिक्री गर्ने जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ५५० रुपैयाँ र च्याङ्ग्रााको मूल्य प्रतिकिलो ७३० निर्धारण गरिएको थियो । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्राामा प्रतिकिलो १०  रुपैयाँ सहुलियत दिई उक्त मूल्य निर्धारण गरेको थियो । अहिलेको वर्ष पनि कम्पनीले सोही प्रणाली अनुसार काम गरेको हो ।

कम्पनीले सोमबारदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थिति बागमती अञ्चल कार्यालय (धान गोदाम)बाट खसी, बोका बिक्री गर्नेछ । सरकारले दशैँका समयमा उपभोक्तालाई थोरै भए पनि राहत दिन विगतमा झै यसपटक पनि खसी, बोका बिक्री गर्न खसी बोका खरिद गरेको हो ।

विगत वर्षहरुमा जस्तै यो बर्ष पनि सरकारले खसी, बोका तथा बिक्रीमा घाटा खाएर उपभोक्तालाई राहत दिने भएको हो । बजार मूल्यभन्दा कममा उपभोक्तालाइ खसी बोका बिक्री गर्न लागेको हो । सरकारले यस वर्ष खसी बोका खरिद गर्नको लागि ६ करोड रुपैयाँ छुट्याएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
अमेरिका जान हिँडेका हिमालयन बैंकका सीइओ राणा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता, इन्टरपोल मार्फत फाइनान्ससीयल फ्रड गरेको आरोपः दुई नयाँ जुनियर असिस्टेन करारमा नियुक्त साथै दर्जनौ उच्च कर्मचारीलाई करार अवधि थपः राष्ट्र बैंक बेखबर

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर