• होमपेज
  • मनोरञ्जन
  • नायक रबि कार्किले खोले डान्स एकेडेमि

नायक रबि कार्किले खोले डान्स एकेडेमि

  • आइतवार, कार्तिक २, २०७७
नायक रबि कार्किले खोले डान्स एकेडेमि

नायक रबि कार्किले आफ्नै पेशालाइ निरन्तरता दिदै रि एण्ड कि डान्स एण्ड जुम्बा डान्स एकेडेमि सन्चालमा ल्याएका छन् । मिलाप , प्रेम बिबाह , तिमि बिनाको सन्सार , यो कथा हो तिम्रो मेरो , जुनी जस्ता चलचित्रमा अभिनय गरेका नायक रबि कार्किले तारकेश्वर नगरपालीका वडा नं २ मा  डान्स एकेडेमि स्थापना गरेका छन् । कार्कि  नृत्यको क्षेत्रमा बिगत २३ बर्ष देखि सक्रिय रहेका छन् ।

घटस्थापनाको अवसर पारेर सुरुवात गरिएको यस डान्स एकेडेमिको उदघाटन कार्यक्रममा स्थानिय बुद्धिजीबि , राजनितिज्ञ , चलचित्रकर्मिको उपस्थिति रहेको थियो । रबि कार्किको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका तारेकेश्वर नगर सभापति श्रीराम थापा , बिशिष्ट अतिथिमा लेखक निर्देशक एव कलाकार ओम प्रतिक गुरुङ र वडाध्यक्ष रबिन्द्र केसि , अतिथिमा संगीतकार बिकाश चौधरी तथा सन्चारकर्मिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दैे सन्चालक नायक रबि कार्किले नृत्यको क्षेत्रमा राम्रो भबिष्य भएको र अवको पुस्तालाइ आफूले सिकेको ज्ञानलाइ बाढ्ने उदेश्यले सन्चालन गरेको बताएका छन् । एकेडेमि सन्चालनमा नायक कार्किलाइ शोभा तामाङले साथ दिएकि छिन् । नायक कार्किले लामो समय भारतिय सुप्रसिद्ध नृत्यनिर्देशक रेमो डिसुजा , राज जोशि संग डान्स सिकेर आफ्नै देशमा केहि गर्छु भन्दै फर्किएका थिए । नायक कार्कीको रि एण्ड कि डान्स एण्ड जुम्बा डान्स एकेडेमिमा हरेक प्रकारका डान्स का साथै एक्टीङ , थिएटर एक्टीङ , आरजेभिजे को समेत प्रशिक्षण दिने बताएका छन् ।
Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा