• होमपेज
  • प्रविधि
  • नेपाल टेलिकम हुम्लामा भिस्याट जडान

नेपाल टेलिकम हुम्लामा भिस्याट जडान

  • शनिबार, कार्तिक १, २०७७
नेपाल टेलिकम हुम्लामा भिस्याट जडान

हुम्लाको सदरमुकाम सिमकोटस्थित नेपाल टेलिकम शाखा कार्यालयमा पहिलो पटक भिस्याट सेवा जडान गरिएको छ ।  जिल्लामा हिउँद याममा नियमित हिउँ पर्ने हुँदा टेलिकमको रेडियो लिंक बिग्रने भएकाले शुक्रबार भिस्याट गरिएको छ । सेवा आजदेखि सञ्चालनमा आएको छ ।

हिउँदमा हुम्लीले टेलिफोन सेवाबाट समस्या झेल्नुपरेकाले टेलिकमले सो सेवा जडान गरेको नेपाल टेलिकम  हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले जानकारी दिए ।  भट्टराईका अनुसार  टेलिकमको रेडियो लिंकले काम नगरेका समयमा अन्य कम्पनीबाट सेवा लिनुभन्दा आफ्नै भिस्याटमार्फत काम गर्दा सजिलो हुने भएकाले यो सेवा जडान गरिएको हो ।

बेलाबेलामा नमस्तेको नेटवर्कले काम नगर्ने भएपछि अन्य वैकल्पिक सेवाका लागि भिस्याट सेवा जडान गरिएको हो । केही दिनअअघि मात्रै  सर्केगाड गाउँपालिका वडा नं २ रिप र सिमकोट गाउँपालिका वडा नं ७ को धारापोरीको बिग्रिएको  टावर मर्मत गर्न प्राविधिक टोली काठमाडौँबाट सिमकोट पुगेको थियो ।  विगत वर्षमा रेडियो लिंकले काम गर्न छाडेपछि कम्तीमा एक हप्तादेखि एक महिनासम्म यहाँका नागरिक सञ्चारसेवाबाट वञ्चित थिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि