• होमपेज
  • रेमिटेन्स
  • माछापुच्छ्रे बैंक र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट बिच रेमिट्यान्स सम्झौता

माछापुच्छ्रे बैंक र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट बिच रेमिट्यान्स सम्झौता

  • शुक्रबार, अशोज २, २०७७
माछापुच्छ्रे बैंक र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट बिच रेमिट्यान्स सम्झौता

माछापुच्छ्रे बैंक लिमिटेड र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज बिच रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्धेश्यले रेमिट्यान्स सम्झौता भएको छ ।

उक्त सम्झौता पश्चात भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा सहज रुपमा पैसा पठाउन सक्ने छन् । यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंक लि.का १५९ शाखा कार्यालयहंरु तथा १० हजार भन्दाबढि रेमिट्यान्स एजेन्टहरु मार्फत प्रापकले सहज रुपमा प्राप्त गर्न सक्नेछन् । ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सहकार्य गरि माछापुच्छ्रे रेमिट्यान्स मार्फत नेपालमा पैसा पठाउदाँ कम सेवा शुल्क लाग्नेछ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ«े बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने