• होमपेज
  • वाणिज्य बैंक
  • एन आई सी एशिया बैंकको सुपर चमत्कारिक कर्जाहरूको आवेदन खल्ती डिजिटल वालेटमार्फत दिन सकिने

एन आई सी एशिया बैंकको सुपर चमत्कारिक कर्जाहरूको आवेदन खल्ती डिजिटल वालेटमार्फत दिन सकिने

  • शुक्रबार, अशोज २, २०७७
एन आई सी एशिया बैंकको सुपर चमत्कारिक कर्जाहरूको आवेदन खल्ती डिजिटल वालेटमार्फत दिन सकिने

सहज तथा सबल बैंकिङ्गको मूल सिद्घान्तको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री सेवा तथा सुविधाहरू ल्याउने क्रममा ग्राहक महानुभावहरूको सुविधाका निमित्त खल्ती डिजिटल वालेटमार्फत आफ्ना अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने नवीनतम सुविधा ल्याएको छ ।

यस कर्जा योजनाअन्तर्गत समावेश गरिएका सर्वाधिक फाइदा तथा सुविधाहरू भएका सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जाको आवेदन उक्त खल्ती डिजिटल वालेटबाट जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

साथै यस बैंकको मोबाईल बैंकिङ्ग सुविधा उपभोग गरिरहनुभएका ग्राहक महानुभावहरूले आफ्नो बैंक खातामा खल्ती डिजिटल वालेटलाई लिंक गर्नुभएमा १४ आश्विन २०७७ सम्म रू. ५० नगद उपहार प्राप्त गर्नुहुने व्यवस्था खल्ती वालेटले गरेको छ । खातामा वालेटलाई जोडेपश्चात् वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा लागत रकम सिधै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था उपलब्ध हुनेछ ।

डिजिटल बैंकिङ्गमा देशकै अग्रणी स्थानमा रहेको यस बैंकले सेवागत क्षेत्रमा समेत ग्राहक महानुभावहरूलाई सहजता पु¥याउने उद्देश्यसहित खल्ती डिजिटल वालेटसँग पछिल्लोपटक कर्जाको आवेदन दिन सकिने सहकार्य गरेको हो । यस वालेटका प्रयोगकर्ताहरूले वालेटभित्र रहेका यस बैंकको सुपर चमत्कारिक कर्जाहरूको आइकनमा ट्याप गरेर तीन किसिमका कर्जामध्ये आफुलाई चाहिएको कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

यसरी प्राप्त आवेदनहरू खल्ती डिजिटल वालेटले यस बैंकलाई पठाउने र बैंकले आवश्यक थप प्रक्रिया पु¥याई सम्पूर्ण कागजात बुझिलिएको ४८ घण्टाभित्र सम्बन्धित आवेदकलाई कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ । आवेदकको कर्जा स्वीकृतिको अवस्थाको बारेमा यस बैंकले एसएमएस  बाट जानकारी गराउनेछ र आवेदक स्वयम्ले समेत यस बैंकको वेबसाइट www.nicasiabank.com मा गई Loan Status आफै Track गर्न सक्नुहुनेछ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आम ग्राहक महानुभावहरुको आवश्यकतालाई पहिचान गरी यस बैंकले वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त तीनवटा कर्जाहरू ल्याएको छ । उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने सुनिश्चितताका लागि बैंक र ऋणीको बिचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र तथा बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको समेत व्यवस्था गर्नेछ । साथै एक वर्ष पश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६७ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा