• होमपेज
  • फिचर
  • ललिता निवास धितो राखी प्रभु बैंक लगायत १७ बैंकले दिएको २ अर्ब ५ करोडमा १ अर्ब ८ करोड उठ्न बाँकीः राष्ट्र बैंक बेखबर !

ललिता निवास धितो राखी प्रभु बैंक लगायत १७ बैंकले दिएको २ अर्ब ५ करोडमा १ अर्ब ८ करोड उठ्न बाँकीः राष्ट्र बैंक बेखबर !

  • शुक्रबार, अशोज २, २०७७
ललिता निवास धितो राखी प्रभु बैंक लगायत १७ बैंकले दिएको २ अर्ब ५ करोडमा १ अर्ब ८ करोड उठ्न बाँकीः राष्ट्र बैंक बेखबर !

सरकारी जग्गा त्यस माथी भीभीआईपी (VVIP)हरुको निवाससंगै जोडिए बालुवाटारको ललिता निवास जग्गा भू–माफियाहरुले व्यक्तिका नाममा ल्याए लगतै १७ बैंकहरुले कर्जा दिएको देखिन्छ ।

उक्त ललिता निवास सरकारले आफ्नो नाममा पछिल्लो समय ल्याएपछि भू–माफियासंग मिलि बैंकहरुले दिएको २ अर्ब ५ करोड कर्जा मध्ये १ अर्ब ८ करोड फसेको फेला परेको छ ।

नेपाल राष्ट्र बैंकले २ वर्ष अगाडी नै बैंक र वित्तिय संस्थाहरुसंग ललिता निवासमा कर्जा दिने बैंकहरुको विवरण मागेको थियो । विवरण पाएपछि राष्ट्र बैंक बेखबर बन्नुले जनताको डिपोजिट डुब्ने देखिन्छ । यो राम्रो पक्ष होइन ।

नेपालको ठूलो बैंक नेपाल इन्भेष्टमेण्ट बैंकले ललिता निवास धितो राखी पुरुषोत्तम पौडेललाई १ अर्ब १७ करोड कर्जा दिएको मध्ये अझै ४९ करोड भन्दा बढि उठाउन बाँकी रहेको फेला परेको छ । यस्तै प्रभु समूहको ठूलो लगानी रहेको प्रभु बैंक लिमिटेडले भाटभटेनी सुपर स्टोर्सलाई दिएको १२ करोड मध्ये ५ करोड १३ लाख नउठेको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ । अर्को सिभिल बैंकको मन्त्ती गोखालीलाई दिएको २९ करोड ९ लाखमा २२ करोड उठ्न बाँकी देखिन्छ । अर्को सिटिजन्स बैंकको ५ करोड ७२ लाखमा ४ करोड नै उठ्न बाँकी रहेको खुलेको छ ।

अर्को एनसीसी बैंकको विष्णु केसी र आशा पौडेललाई दिएको ४ करोड ४२ लाख मध्ये ३ करोड भन्दा बढि उठेको छैन । यस्तै लक्ष्मी बैंकको भाटभटेनी सुपर स्टोर्सलाई दिएको ४ करोड मध्ये ३ करोड भन्दा बढि कर्जा उठाउन बाँकी रहेको छ । अर्को नेपालकै ठूला शाखा सञ्जाल भएको एनआईसी एशिया बैंक लिमिटेडले अटो टे«डिङ प्रा.लि.लाई दिएको ४ करोड ५० लाखमा २ करोड भन्दा बढि उठ्न बाँकी रहेको राष्ट्र बैंकको एक उच्च अधिकृतले पंक्तिकारसंग टेलिफोनमा बताए । यस्तै प्राइम कर्मशियल बैंकको ४ करोडमा ७८ लाख उठ्न बाँकी देखिन्छ । बैंकले हितु नेपाललाई ललिता निवास धितो राखी कर्जा दिएको थियो ।

यता चन्द्र ढकाल अध्यक्ष रहेको ग्लोबल आईएमई बैंकले ३ करोड ७४ लाख उमाकुमारी ढकाल जो भू–माफिया शोभाकान्त ढकालकी श्रीमती हुन् । उनीलाई दिएको ३ करोड ७४ लाख मध्ये ३ करोड ७४ लाख नै उठ्न बाँकी रहेको खुलेको छ । यी सबै कर्जा माथिका बैंकहरुले प्रोभिजन गरेको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ । यी कर्जा उठ्नेमा अब शंका देखिन्छ । यी कर्जा नउठे जनताको डिपोजिट डुब्ने र बैंक र वित्तिय संस्था प्रति नकारात्मक सन्देश जाने देखिन्छ ।

यस्तै माछापुच्छ्रे बैंकको २ करोड ७४ लाख, बिना लामा र कमल तामाङलाई दिएको कर्जा उठ्न बाँकी छ । अर्को महालक्ष्मी विकास बैंकको हेम बहादुर गुरुङलाई दिएको १ करोड ६५ लाख १ करोड ७५ लाख अझै उठेको देखिदैन । महालक्ष्मी बैंककै उमाकुमारी ढकाललाई दिएको ४९ करोड ८० लाख मध्ये पुरै कर्जा उठ्न बाँकी रहेको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।

यता तत्कालीन कैलास बिकास बैंकको सीइओ कृष्णराज लामिछाने नबिन पौडेललाई दिएको ७५ लाख सबै कर्जा उठ्न बाँकी देखिन्छ । अर्को सरकारी स्वमित्वको बैंक नेपाल बैंकले भारती पाण्डेलाई दिएको २५ लाखमा ४ लाख उठ्न बाँकी देखिन्छ । अर्को तत्कालीन देवःविकास बैंकले नृतन श्रेष्ठलाई दिएको ३ लाख १० हजार सबै उठ्न बाँकी देखिन्छ । तर, राष्ट्र बैंकका नयाँ गर्भनर महाप्रसाद अधिकारी किन चुप चाप छन् । यसको खोजी जरुरी देखिन्छ । बैंक र विकास बैंकमा नेपाली जनताको शेयर र डिपोजिट छ । उनीहरुकै सम्पत्तीबाट सरकारी जग्गा धितो राखी दिएको कर्जा उठाउन राष्ट्र बैंकले पहल गर्नु पर्दछ कि पर्दैन ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि