• होमपेज
  • समाचार
  • पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे

पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे

  • आइतवार, भदौ २८, २०७७
पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे

सिन्धुपाल्चोकमा बाढी पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा दुई गाउँका १७ घर बगेका छन् । स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा सात र भिरखर्कमा १० घर पुरिएका हुन् । नागपुजेमा तीन घर क्षतिग्रस्त छन् ।

नागपुजेमा एक जनाको शव भेटिएको छ भने कम्तीमा १७ स्थानीय बेपत्ता रहेको बाह्रबिसे–७ घुम्थाङका वडा सदस्य वीरबहादुर थापाले जानकारी दिए । उनका अनुसार नागपुजे गाउँमा १० परिवार बसोबास गर्दै आएका थिए । ‘बेपत्ताहरूको खोजी गर्ने प्रयास जारी छ,’ उनले भने ।

घटनास्थल पुगिसकेका इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिए ।

‘एउटा शव भर्खरै फेला परेको छ, पहिचान हुन सकेको छैन,’ उनले भने, ‘यकिन विवरण अझै आइसकेको छैन ।’ स्थानीय र आफन्त, सुरक्षाकर्मी बेपत्ताको खोजीमा जुटिसकेको न्यौपानेले बताए ।

न्यौपाने नेतृत्वको सुरक्षाकर्मीको टोली अहिले भिरखर्कतिर लाग्दै छ । ‘भिरखर्कमा १० घर पुरिएको खबर आए पनि स्थानीय, जनप्रतिनिधिसँग सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘सुरक्षाकर्मी पनि पुगिनसकेकाले यकिन विवरण पाउन सकिएको छैन ।’

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि