• होमपेज
  • समाचार
  • शुरु भयो नेपालको नयाँ गेमिङ प्लेटफर्म

शुरु भयो नेपालको नयाँ गेमिङ प्लेटफर्म

  • सोमवार, भदौ २२, २०७७
शुरु भयो नेपालको नयाँ गेमिङ प्लेटफर्म

नेपालमा बढ्दो अनलाइन मनोरन्जनको माग पुरा गर्न र साथमा सुचना प्रविधिमा रुचि राख्नेहरु बीच छलफल , अनलाइन मार्केटिङ र इन्टरनेट संग सम्वन्धित थुप्रै सेवा सुविधाहरुलाई समेटेर नेपालको पहिलो अनलाइन छलफल प्लेटफर्म ‘साइबर नेपाल’ले आफ्नो सेवा प्रारम्भ गरेको छ।

नेपालमा छरिएर रहेका सुचना प्रविधि संग सम्वन्धित सेवा प्रदायक कम्पनी र गेमिङ प्लेटफर्मको सेवालाई एउटै छातामुनि दिने उदेश्यका साथ ‘साइबर नेपाल’ को सुरुवात गरिएको कम्पनीले बताएको छ। साइबर नेपालको सेवा विविध छन् कम्प्युटर निर्माण र युट्युबमा कम्प्युटर निर्माण सम्बन्धि भिडियो गाइड निर्माण गर्दै आइरहेको छ। प्रविधि संग सम्वन्धित कार्यक्रम , गेमिङ टुर्नामेण्ट र आगामी दिनहरुमा ठुलो गेमिङ प्रतिष्पर्धा गराउदै लैजाने यस कम्पनीले बताएको छ। हालै मात्र पनि कम्पनीले नेपालकै सबैभन्दा ठुलो गिभ अवे कन्टेस्ट आयोजना गरिरहेको छ।

‘साइबर नेपाल’को वेभसाइट भिजिट गर्दा र अन्य कार्यक्रमहरुमा सहभागी भए वापत सहभागीहरुले ‘सीएन’ क्वाइन जित्न सक्छन। यो एक प्रकारको भर्चुअल पोइन्ट सिस्टम हो जसवापत सहभागीहरुले साइबर नेपालले आयोजना गर्ने कार्यक्रम र साइबर नेपालको शप बाट अन्य सामानहरु रिडीम गर्न सक्ने छन्।

Facebook Comments

सम्बन्धित समाचार