• होमपेज
  • मनोरञ्जन
  • किशोर खतिवडा अभिनित ‘एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक

किशोर खतिवडा अभिनित ‘एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक

  • मङ्लबार, भदौ १६, २०७७
किशोर खतिवडा अभिनित ‘एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक

अभिनेता किशोर खतिवडाको लेखन तथा निर्देशनमा निमार्ण भएको नेपाली कथानक फिल्म ‘एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सामाजिक विषयमा निर्माण भएको फिल्म लकडाउनको विचमा सामाजिक दुरीलाई कायम गदैँ छायाँकन गरिएको थियो ।

कोरोना रोगको त्रास सगैँ नेपाली जनताले भोगनु परेको एक तिर छ भने घरवेटी र भाडामा बस्ने ब्यक्तिको पिडा र ब्यथा बाट सिर्जना भएको समस्यालाई कसरी सरकारले सम्बोधन गर्न सक्दछ भन्ने विषयबस्तुलाई समेटिन सकिन्छ भन्ने विषयलाई मुख्य आधार बनाएर चलचित्रमा समावेश गरिएको चलचित्रका निर्देशक तथा लेखक किशोर खतिवडाले बताए ।

दिवश गुरुङको छायाँकन, देव महर्जनको द्धन्द्ध ,शिषम राईको श्रृङगार, राजन महर्जनको कोरियोग्राफी, सुवास देवकोटा को सम्पादन रहने फिल्ममा किशोर खतिवडा, रनिला श्रेष्ठ, दीप कुलुङ, रितेश श्रेष्ठ, गोविन्द लामा, गंगा कुँवर, महेन्द्रकुमार राई, पदम सुनार, प्रवेश लिम्बु, वसन्त बर्मा लगायतको अभिनय रहनेछ ।

सो चलचित्रमा बालकलाकारको भुमीकामा क्रेजा महर्जनको समेत अभिनय रहेको छ । चलचित्रलाई शत्रुधन अन्सारी तथा राम महर्जनको निर्माण गरेका छन भने फिल्मको प्रस्तुतकर्ता कला राईले हुन् । चलचित्रको गीतमा शब्द संगीत इश्वर खड्का र छायाँ प्रसाईँको रहेको छ । साथै गायक राजु लामा स्याङरुङ र कृष्ण प्रसाईको रहेको छ ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि