• होमपेज
  • देश
  • कोरोना संक्रमणबाट नबिल बैंकको पोखरा समागृह शाखामा सुरक्षा गार्डको मृत्यु ..?

कोरोना संक्रमणबाट नबिल बैंकको पोखरा समागृह शाखामा सुरक्षा गार्डको मृत्यु ..?

  • शनिबार, भदौ १३, २०७७
कोरोना संक्रमणबाट  नबिल बैंकको पोखरा समागृह शाखामा सुरक्षा गार्डको मृत्यु  ..?

पोखरामा कोरोना संक्रमणबाट एकजा बैंकका कर्मचारीको मृत्यु भएको छ । कोरोनाको कारण नबिल बैंकमा कार्यरत सुरक्षागार्डको मृत्यु भएको हो । उनी नबिल बैंकको पोखरा समागृह शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत पुरुष हुन् । उनको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको बतायएको छ ।

पछिल्लो समय विभिन्न बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण बढेको छ । बैंकमा कार्यरत कर्मचारीहरुद्धारा कोरोना परिक्षण बढाएका छन् । हालसम्म करिव दुईसय बढी बेंकवित्तमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमै नेपाल राष्ट्र बैंकमा समेत कोरोना संक्रमणले छोएको छ ।

त्यसैगरी सरकारी बैंकहरु नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा पनि विभिन्न शाखाहरुमा कोरोना संक्रमण देखिएको छ । प्राइम कमर्सियल बैंकको मुख्य कार्यालयमा मात्रै करिव डेढ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी सनराइज बैंकका विभिन्न शाखामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय दुइदर्जन बैंकवित्तमा गरी थप ३७ जनामा कोरोना देखिएको छ ।

यसअघि भिभिन्न बैंकवित्तमा गरी करिव २ सयजनामा कोरोना संक्रमण देखिएको थियो । पछिल्लो समय सुदुरपश्चिमका विभिन्न बेंकका शाखामा गरी १६ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंका विभिन्न शाखामा पनि कोरोना देखिएको छ । न्यूरोड, थापाथली, पुलतीसडक, कमलादी, लाजिम्पाटका बैंकिङ शाखा र मुख्य कार्यालयमा कोरोना संक्रमण देखिएको छ । केही बैंकको एउटै शाखामा धेरै जनामा कोरोना देखिएको छ ।

इन्भेस्टमेन्ट बैंक, एभरेस्ट बैंक, ग्लोवल आइएमई बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, मुक्तिनाथ विकास बैंकका धेरै कर्मचारीमा कोरोना देखिएको छ । बैंकिङ क्षेत्रमा कोरोना संक्रमणले अधिकाँस बैंकवित्तलाई छोएको छ । कतिपयको केन्द्रीय कार्यालयमा त कतिपयको विभिन्न शाखाहरुमा कोरोना संक्रमण फैलीएको छ । काठमाडौंकै बैंकहरुमा कोरोना संक्रमण देखिएपछि बैंकवित्तले उच्च सतर्कता अपनाएर सेवा दिएका छन् ।

केहीदिन अगाडि नेपालगञ्ज, बीरगञ्ज, बीराटनगर, धनगढी, धादीङ, भैरहवा, हेटौडा, लाहान सहित काठमाडौंका बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । हाल केहीदिन यता काठमाडौं उपत्यका भित्र रहेका बैंकका केन्द्रीय कार्यालय तथा शाखाहरु र मुख्य कार्यालयमै कोरोना संक्रमण देखिन थालेपछि बैंकिङ क्षेत्रमा सन्त्रास बढेको छ ।

पछिल्लो समय कोरोना संक्रमण बढेपछि बैंकिङ क्षेत्रले भेटघाटमा कडाई गर्नुका साथै प्रविधिकै प्रयोगमा जोड दिएका छन् । बैंकका काउन्टरहरुमा सकेसम्म भिड नगर्न राष्ट्र बैंकले अनुरोध गर्दै आएको छ । देशका विभिन्न जिल्लामा निशेधाज्ञा भएसँगै बैंकवित्तले भेटघाटलाई रोक लगाएका छन् । कतिपय बैंकले केन्द्रीय कार्यालय खोले पनि अधिकाँस कर्मचारीलाई विदा दिएका छन् । केही बीमा क्षेत्रका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ भने वित्तीय क्षेत्रमा परिक्षण भएमध्यमा २ सय बढीमा संक्रमण देखिएको जनाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि