• होमपेज
  • मनोरञ्जन
  • ‘तिज-२०२०’फोटो कन्टेस्टको बिजेता ब्रोना, कृषा र रेश्मा

‘तिज-२०२०’फोटो कन्टेस्टको बिजेता ब्रोना, कृषा र रेश्मा

  • शुक्रबार, भदौ १२, २०७७
‘तिज-२०२०’फोटो कन्टेस्टको बिजेता ब्रोना, कृषा र रेश्मा

एल एन्ड सि मोडल एजेन्सी द्वारा तिजको अवसर पारेर आयोजना गरिएको “तिज २०२०” फोटो कन्टेस्टको नतिजा सार्बजनिक गरिएको छ । फेसबुकमा लाईभ कार्यक्रम गरि नतिजा सार्बजनिक गरिएको हो । उक्त कन्टेस्टको बिजेता मोरङको बिराटचोक निवासी ब्रोना श्रेष्ठ हुन सफल भईन भने फर्स्ट रनरअप ईटहरीकी कृषा गिरि र सेकेन्ड रनरअप ईटहरीकै रेश्मा लिम्बू हुन सफल भए ।

प्रतियोगिताको बिजेताले नगद १० हजार, ट्रफी तथा प्रमाण पत्र, फर्स्ट रनरअपले नगद ८ हजार, ट्रफी तथा प्रमाणपत्र र सेकेन्ड रनरअपले ५ हजार नगद, ट्रफी तथा प्रमाणपत्र पाउनेछन् । यस्तै उक्त कार्यक्रमबाट सब-टाईटल बिजेताहरु पनि घोषणा गरिएको छ । जस अन्तर्गत लिला दाहाल ‘अनु’ले बेस्ट फोटोजेनिक, शोभा भट्टराई ‘मौसम’ले बेस्ट स्माईल, सुबिना गिरिले ब्युटिफुल गर्ल, पुनम चौधरीले ग्ल्यामर, सिर्जना मगरले बेस्ट ड्रेसअपको अवार्ड हासिल गरे । हेर्नुस् बिजेता घोषणा कार्यक्रम ।

कोरोनाले निम्त्याएको महामारीका कारण तत्कालै पुरस्कार बितरणको कार्य भने गर्न नसकिएको एजेन्सीका सिईओ दिपक गिरिले बताए । उनका अनुसार कोरोनाको प्रभाव कम हुदै गए पछि ईटहरीमै एक औपचारिक कार्यक्रमको आयोजना गरि पुरस्कार बितरण गरिने छ । तिज सुरुहुनु करिब १ महिना अघिबाट सुरु गरिएको प्रतियोगीताको कार्य अन्य फोटो कन्टेस्ट भन्दा भिन्न शैलीबाट गरिएको थियो ।

फारम भराएर कम्पनिकै तर्फबाट फोटोसुट गरि सोही फोटोलाई प्रतिष्पर्धामा राखिएको थियो । एल एन्ड सि मोडल एजेन्सी कै फेसबुक पेजबाट भएको प्रतिष्पर्धामा १७ जनाको सहभागीता रहेको थियो । उक्त पेजमा प्रतिष्पर्धिको फोटोमा आएको लाईक र शेयरको आधारमा बिजेता घोषणा गरिएको हो भने सब टाईटल भने आयोजकको निर्णयको आधारमा गरिएको हो । प्रतियोगिताको कोअर्डिनेटर संगीता चौधरी र मिडिया कोअर्डिनेटर तथा कन्सेप्ट क्रियटर सुवास श्रेष्ठ संकल्प रहेका थिए । प्रतिष्पर्धिको फोटोहरुलाई डिथ्री फोटोग्राफीले खिचेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि