• होमपेज
  • समाचार
  • नेपालमा पहिलो पटक होटल आइशोलेशनका रुपमा

नेपालमा पहिलो पटक होटल आइशोलेशनका रुपमा

  • आइतवार, भदौ ७, २०७७
नेपालमा पहिलो पटक होटल आइशोलेशनका रुपमा

नेपालमा पहिलो पटक निजीस्तरबाट विराटनगरस्थित होटल एशियाटिकमा आइशोलेसन सञ्चालनमा ल्याइएको छ । बन्दाबन्दी, निषेधाज्ञा जस्ता कार्यले बन्द रहेका होटललाई यसबाट केही हदसम्म मद्दत पुग्ने देखिन्छ ।

प्रदेश सरकारको पहिलेदेखि नै स्थानीय होटललाई आइशोलेशन सञ्चालन गर्ने सोचलाई होटल एशियाटिकले पूरा गरेको छ । सो होटलमा हाल ६५ शय्या तयार गरिएको छ । अत्यन्त सुविधासम्पन्न सो होटल शनिबारदेखि आइशोलेशनका रुपमा चलाइएको होटल सञ्चालक पुण्य भट्टराईले जानकारी दिनुभयो ।

वातावरणअनुकूलित सो आइसोलेशनमा नेपाल विद्युत् प्राधिकरण दमकका छ, राष्ट्रिय वाणिज्य बैंक विराटनगरका एक र नेपाल राष्ट्र बैंक विराटनगरका एक जना बसिरहेका छन् । अहिले सुनसरीको इटहरीबाट दुई जना आउन लागेको जनाइएको छ ।

तातो र चिसो दुवै पानी पाइने सो आइसोलेशनको एक कोठाको दैनिक रु एक हजार १०० शुल्क कायम गरिएको छ । मरीचयुक्त कालो चिया निःशुल्क उपलब्ध हुने छ । खानामा बिहानको खाजा, दिउँसोको खाना, रातिको खाना तथा बेसार र दूधसहितको सुप दिइने छ । दुई किसिमको होटलको मेनुमा रु एक हजारदेखि रु एक हजार ५०० शुल्क कायम गरिएको सञ्चालक भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार होटलमा सङ्क्रमण फैलिन नदिन सधैँ सेनिटाइज गरिन्छ । होटेलले आफ्ना कर्मचारीको कोरोना बीमा गरेको र जोखिम नियन्त्रण एवं निर्मूल गर्न सबै किसिमको प्रविधि प्रयोग गरेको छ ।

उहाँले होटलमा बस्दा कुनै बिरामीको अवस्था गम्भीर भएमा आइसियु, भेन्टिलेटरसहितको अस्पतालमा पु¥याउन विराटनगर महानगरपालिकासँगको सहकार्यमा एम्बुलेन्सको व्यवस्था गरिएको जानकारी पनि दिनुभयो ।

महानगर प्रमुख पराजुलीको पहलमा शुरु भएको सो आइशोलेशन विराटनगर विमानस्थल जाने बाटोमा पर्छ । महानगरपलिकाले यसअघि आफ्नो खर्चमा मरवाडी सेवा सदनमा ४० र बैजनाथपुरमा २० शय्याको आइशोलेशन तयार गरी बिरामीलाई सेवा प्रदान गर्दै आएको प्रमुख पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि