• होमपेज
  • मनोरञ्जन
  • मनिकाले जितिन टिकटक तिज क्विनको उपाधि

मनिकाले जितिन टिकटक तिज क्विनको उपाधि

एलिशा र सिर्जना भईन फर्स्ट र सेकेन्ड रनरअप

  • शुक्रबार, भदौ ५, २०७७
मनिकाले जितिन टिकटक तिज क्विनको उपाधि

डिथ्री अनलाईन संचालन गरिरहेको परिकला मिडिया प्राली ले कोरोना त्रासको बिच सामाजिक संजाल मार्फत एक प्रतियोगिता आयोजना गरेको छ । ‘टिकटक तिज क्विन-२०७७’ नाम दिइएको उक्त प्रतियोगिताको नतिजा सार्बजनिक गरिएको छ । फरक कन्सेप्टमा गरिएको सार्बजनिक शैलीबाट प्रतियोगिताको बिजेता मनिका बोहोरा, फर्स्ट रनरअप एलिशा क्षेत्री र सेकेन्ड रनरअप सिर्जना पोख्रेल भएका छन् । यस्तै सब-टाईटल अवार्ड पाउनेहरुको नाम पनि घोषणा गरिएको छ । जसमध्ये बेस्ट ड्रेसअप मन्जु मगर, बेस्ट एक्स्प्रेसन भावना श्रेष्ठ, बेस्ट डान्स जुनु श्रेष्ठ, ब्युटीगर्ल ईजिना चौलागाईं, बेस्ट क्वालिटी संगीता रेग्मी, बेस्ट लिटिल स्टार अज्लिना शर्मा र मिस चार्मिङको अवार्ड रश्मिता श्रेष्ठले जितेकी छन् । त्यस्तै जन्मजात अपाङ्ग भएर सुन्दर जिन्दगी जिउन कोशिस गरिरहनु भएकी हेटौडाकि देवि ढुङेलको स्व-ईच्छाले प्रतियोगितामा सहभागीता रहेको थियो । त्यो इच्छा शक्तिलाई सम्मान गर्दै आयोजक टिमको तर्फबाट २५०० नगद ‘प्रोत्साहन पुरस्कार’ स्वरुप दिने घोषणा समेत भएको छ ।

डिथ्रीको स्टुडियोबाटै लाईभ गरिएको कार्यक्रममा साङितिक माहौलका लागि गायक तथा रचनाकार केशब राईको उपस्थिति रहेको थियो । राईले आफ्नो विभिन्न गीतहरु सुनाएका थिए । उक्त लाईभ कार्यक्रमबाट बिजेताहरु घोषणा मात्र गरिएको तर पुरस्कार बितरणको कार्य भने बाकी नै रहेको प्रतियोगिताको कन्सेप्ट डिजाईनर, ब्यवस्थापक तथा परिकला मिडिया प्रालीका प्रवन्ध निर्देशक सुवास श्रेष्ठ संकल्पले बताए । कोरोनाको त्रास कम भएपछि एक औपचारिक कार्यक्रमको आयोजना गरि बिजेताहरुलाई पुरस्कार तथा अवार्ड बितरण गरिने संकल्पले बताए ।

डिथ्री फोटोग्राफी फेसबुक पेजबाट गराईएको प्रतियोगितामा २६ जनाको सहभागीता रहेको थियो । सो पेजमा राखिएको प्रतिष्पर्धिको टिकटक भिडियोमा आएको लाईक, शेयर र भ्युजको आधारमा बिजेता र उप बिजेताहरु घोषणा गरिएको हो भने सब टाईटल अवार्डहरु भने आयोजकको मुल्यांकनको आधारमा गरिएको कार्यक्रमकि कोअर्डिनेटर संगीता चौधरीले बताईन । लाईक, शेयर र भ्युजलाई भोटमा कन्भर्ट गरिएको थियो । जसअन्तर्गत बिजेताले ४ हजार ३ सय ३ भोट, फर्स्ट रनरअपले ४ हजार ११ भोट र सेकेन्ड रनरअपले २ हजार ९६ भोट प्राप्त गरेको कार्यक्रमको अर्का कोअर्डिनेटर शर्मिला दाहालले बताईन ।

यस कम्पनीले गत वर्षमा पनि फोटो प्रतियोगितालाई स्तरिय बनाउने उद्देश्य सहित तीजको अवसरमा फरक कन्सेप्ट अर्थात आयोजक कम्पनीले नै प्रोफेसनल फोटोसुट गरेर सोही फोटोको प्रतियोगिता गरेको थियो । यसवर्ष सो कन्सेप्टलाई अन्य केही कम्पनी तथा सस्थाहरुले पनि सुरु गरेको कारण यो पटक तिजकै अवसर पारेर फरक कन्सेप्टमा ‘टिकटक तिज क्विन-२०७७’को आयोजना गरेको संकल्पले बताए । बिजेताले नगद पुरस्कार संगै अन्य अफरहरु प्राप्त गर्नेछन् । बिजेताले १० हजार नगद, फर्स्ट रनरअपले ७ हजार नगद र सेकेन्ड रनरअपले ५ हजार नगद पुरस्कार पाउनेछन् । नगद संगै बिजेताहरुले प्रोफेसनल फोटोसुटको अफर पाउनेछन भने सोही फोटोसुटको तस्वीर सहित ३ जनाकै छुट्टा छुट्टै मिडिया न्युज कभरेज गरिनेछ ।

साथै अन्य गिफ्टहरु पनि प्राप्त गर्नेछन् । अन्य सम्पुर्ण सहभागीहरुले प्रमाणपत्र साथै मेकअप कोर्समा ५० प्रतिशत छुट पाउनेछन । पुरस्कार बितरणको फाईनल कार्यक्रमको लागि प्रमुख आकर्षणको रुपमा चर्चित बाल गायक तथा भारतिय च्यानलबाट प्रसारण हुने ख्यातिप्राप्त टिभी रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’का सेकेन्ड रनरअप प्रीतम आचार्यलाई फाईनल गरिएको छ । कार्यक्रमको सहयोगीको रुपमा “श्रद्धा टुर एण्ड ट्राभल, हरियाणा”, “धरान स्टिल फेब्रीकेटर वर्क, धरान”, ‘कल्पना ब्युटी पार्लर, ईटहरी’, उत्सव होटल, ईटहरी र हिनाज ब्युटी पार्लर ईटहरी रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि