• होमपेज
  • शेयर मार्केट
  • रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

  • बिहिबार, भदौ ४, २०७७
रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण शेयर(आईपीओ)को विक्री आजदेखि खुला भएको छ । कम्पनीको  ६३ करोड रुपैयाँ बराबरको आईपीओको बिक्री खुला भएको हो । कम्पनीको भदौ ४ गतेदेखि प्रतिशेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता बिक्रीका लागि खुला भएको हो ।

कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गतेसम्म हुनेछ ।

उक्त शेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । आजदेखि उपत्यकामा निषधाज्ञ जारी भएपनि आईपीओ निष्कासनमा धितोपत्र बोर्डले रोक्न नभनकोले विक्री जारी रहने विक्री प्रवन्धक सानिमा क्यापिटलका प्रमुख मन्दिप लुइटेलले बताए ।

Facebook Comments

सम्बन्धित समाचार