• होमपेज
  • वाणिज्य बैंक
  • प्रभु बैंक जोरपाटी शाखाबाट राजश्व संकलन कारोवार शुचारु

प्रभु बैंक जोरपाटी शाखाबाट राजश्व संकलन कारोवार शुचारु

  • मङ्लबार, भदौ २, २०७७
प्रभु बैंक जोरपाटी शाखाबाट राजश्व संकलन कारोवार शुचारु

प्रभु बैंक लिमिटेडले आन्तरीक राजश्व कार्यालय जोरपाटी, काठमाण्डौंको राजश्व संकलनको सम्पुर्ण कारोवार प्रभु बैंकको जोरपाटी शाखाबाट सुरु गरेकोे छ ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले आन्तरीक राजश्व कार्यालय जोरपाटीको पनि राजश्व संकलन गरेर आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १७३ वटा एटिएम, ५२ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार