• होमपेज
  • वाणिज्य बैंक
  • माछापुच्छ्रे बैंकले ल्यायो नेपालमै पहिलोपटक ‘वी च्याट वालेट’

माछापुच्छ्रे बैंकले ल्यायो नेपालमै पहिलोपटक ‘वी च्याट वालेट’

  • बिहिबार, साउन २९, २०७७
माछापुच्छ्रे बैंकले ल्यायो नेपालमै पहिलोपटक ‘वी च्याट वालेट’

माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक वी च्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ । नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर  बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै वी च्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो ।

उक्त सम्झौता पश्चात नेपाल आउने पर्यटकहरुले बैंकसंग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरे वापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि वी च्याट वालेटबाट भुक्तानी गर्न सक्नेछन् । बैंकले फस्र्ट पे टेक्नोलोजी प्राइभेट  लिमिटेडसंगको सहकार्यमा उक्त वी च्याट वालेट संचालनमा ल्याएको हो ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फतबाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार