• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंकको खुद नाफा घट्यो

सिटिजन्स बैंकको खुद नाफा घट्यो

  • बिहिबार, साउन २९, २०७७
सिटिजन्स बैंकको खुद नाफा घट्यो

सिटिजन्स बैंकको खुद नाफा २३.७२ प्रतिशतले घटेको छ । बैंकको अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आव २०७६/७७ मा खुद नाफा ३४ करोड ७१ लाख ७८ हजार रुपैयाँले घटेर १ अर्ब ११ करोड ६० लाख ४० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा बैंकले १ अर्ब ४६ करोड ३२ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो ।

बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणअनुसार बैंकले सो अवधिमा बैंकको वितरण योग्य नाफा ८२ करोड ३९ लाख ९९ हजार रुपैयाँ छ । सो अनुसार बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई ९.०६ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

बैंकले एकवर्षको अवधीमा निक्षेप २५.५३ प्रतिशतले बढाएर ८८ अर्ब ५१ करोड ६२ लाख २८ हजार रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह २५.८३ प्रतिशतले वृद्धि गरेर ७९ अर्ब १६ करोड कर्जा प्रवाह गरेको छ ।

जसवापत बैंकले गत आवमा २ अर्ब ८८ करोड १६ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.१८ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ६८ करोड ८४ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि २६.१२ प्रतिशतले घटेको छ । बैंकको अघिल्लो आवमा १७ रुपैयाँ ४९ पैसा प्रतिसेयर आम्दानी रहेकोमा गत आवमा ४ रुपैयाँ ५७ प्रतिशतले घटेर १२ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

गत आवमा बैंकले खराब कर्जा अनुपात १.४६ प्रतिशत छ । जुन अघिल्लो आवको तुलनामा २९.२० प्रतिशत बढी हो । यस्तै सो अवधिमा बैंकको कष्ट अफ फण्ड ७.१९ प्रतिशत, स्प्रेडरेट ४.२३ प्रतिशत, बेसरेट १०.५२ प्रतिशत र सीसीडी रेसीयो ७६.७९ प्रतिशत कायम गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि