• होमपेज
  • बीमा
  • सानिमा लाइफले ८ करोडभन्दा बढी नाफा कमायो

सानिमा लाइफले ८ करोडभन्दा बढी नाफा कमायो

  • बुधबार, साउन २८, २०७७
सानिमा लाइफले ८ करोडभन्दा बढी नाफा कमायो

सानिमा लाइफले इन्स्योरेन्सले गत आवको चौंथो त्रैमासमा रू. ८ करोड ५३ लाख ८४ हजार खुद नाफा गरेको छ । कम्पनीले साउन २८ गते चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार अघिल्लो वर्ष यो नाफा रू. ८ करोड ९१ लाख ७ हजार थियो । अघिल्लो वर्षको चौंथो त्रैमासको भन्दा गत वर्ष चौंथो त्रैमासमा कम्पनीको नाफा ४ प्रतिशतले कम भएको हो ।

कम्पनीको कुल बीमाशुल्क आर्जन रकम भने अघिल्लो वर्षभन्दा ५८ दशमलव ८४ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू. ५२ करोड ८० लाख कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले गत वर्ष रू. ८३ करोड ८७ लाख आर्जन गरेको हो ।

गत वर्ष कम्पनीले रू. १ करोड २० लाख ३४ हजार कुल दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष त्यस अवधिमा रू. ४१ लाख ६९ हजार मात्र दाबी भुक्तानी गरेको थियो । दाबी भुक्तानी रकम भने १८८ प्रतिशत बढी भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । यस कम्पनीले रू. २ अर्ब चुक्तापूँजी कायम गर्न सर्वसाधारणमा रू. ६० करोड बराबरको आईपीओ विक्री गर्नेछ ।

जगेडा कोष रकम अघिल्लो वर्षको तुलनामा १५ प्रतिशत घटेर रू. १२ करोड २० लाख ३ हजार कायम भएको छ भने जीवन बीमा कोष रकम अघिल्लो वर्षभन्दा ३२६ दशमलव ७४ प्रतिशत बढेर रू. ९५ करोड ८ लाख ८४ हजार पुगेको छ । नयाँ कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले गत वर्ष रू. ३ करोड ६७ लाख १ हजार बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले यो कर्जा प्रवाह गरेको थिएन ।

Facebook Comments

सम्बन्धित समाचार