• होमपेज
  • शेयर मार्केट
  • लिवर्टी ईनर्जीले सर्वसाधारणलाई शेयर विक्री गर्दै

लिवर्टी ईनर्जीले सर्वसाधारणलाई शेयर विक्री गर्दै

  • मङ्लबार, साउन २७, २०७७
लिवर्टी ईनर्जीले सर्वसाधारणलाई शेयर विक्री गर्दै

लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता शेयर विक्री खुला गर्न लागेको छ ।
पहिलो चरणमा आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानियलाई आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो ।

आयोजना प्रभावित स्थानियका लागि कम्पनीले साउन ७ गतेदेखि साउन २१ गतेसम्म १५ लाख कित्ता आईपीओ विक्री खुला गरि साउन २४ गते बाँडफाँट गरेको हो । स्थानियलाई जारी गरिएको मध्य विक्री हुन नसकेको १३ लाख १५ हजार ९३० कित्ता समेत जोडेर सर्वसाधारणमा आईपीओ विक्री गर्न लागिएको हो ।

छिटोमा भदौ ७ र ढिलोमा भदौ १७ गतेसम्म विक्रीमा रहने यस कम्पनीको शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०० रहेको छ । सर्वसाधारणका लागि पनि शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड पुग्नेछ । चुक्तापूँजीमा संस्थापक तर्फ ७५ प्रतिशत , सर्वसाधारण शेयरधनीतर्फ २५ प्रतिशत शेयर स्वामित्व रहनेछ ।

यस कम्पनीले लमजुङ जिल्लामा २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत रू. १८ करोड ५४ लाख ४३ हजार ८३७ रहेको छ । आयोजनाको कुल अनुमानित लागत रू. ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि