• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल बैंकको नाफा २ अर्ब ५५ करोड

नेपाल बैंकको नाफा २ अर्ब ५५ करोड

  • आइतवार, साउन २५, २०७७
नेपाल बैंकको नाफा २ अर्ब ५५ करोड

कोरोनाको महामारीकाबीच पनि नेपाल बैंकले राम्रो व्यवसाय गरेको सफल  छ । नेपाल बैंकले आर्थिक वर्ष २०७६/७७ मा दुई अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । कोभिड १९ का कारण चार महिनाको व्यवसाय प्रभावित हुँदा पनि बैंकले सो मात्रामा नाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा भने बैंकले दुई अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार नेपाल बैंकको वितरण योग्य नाफा भने दुई अर्ब २१ करोड रुपैयाँ रहेको छ । ११ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । नेपाल बैंकले ११ अर्ब ५२ करोड रुपैयाँ ब्याज आम्दानी गरेर ५ अर्ब ९० करोड रुपैयाँ ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी ५ अर्ब ६१ करोड रुपैयाँ कायम गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा एक खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको सीसीडी रेसियो भने ६५.७८ प्रतिशत मात्रै रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी २२ रुपैयाँ ६६ पैसा रहेको छ । स्प्रेड दर ३.७० प्रतिशत कायम गरेको बैंकको आधार ब्याजदर ६.९९ प्रतिशत छ । कष्ट अफ फण्ड ४.१९  प्रतिशत रहँदा खराब कर्जा २.५९ प्रतिशत छ । बैंकले नाफा आर्जन गरेकै आधारमा लाभांश बाड्ने बताएको छ । नेपाल बैंकले हाल गरेको नाफाका आधारमा १५ देखि २० प्रतिशतको हाराहारीमा लाभांश वितरण गर्ने सक्ने देखिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार