• होमपेज
  • अटो
  • इम्बोस्ड नम्बर प्लेट वितरण समयसीमा अनिश्चित

इम्बोस्ड नम्बर प्लेट वितरण समयसीमा अनिश्चित

  • बिहिबार, साउन २२, २०७७
इम्बोस्ड नम्बर प्लेट वितरण समयसीमा अनिश्चित

सरकारले दुई साता पहिले शुरु गरेको इम्बोस्ड नम्बर प्लेट कहिलेसम्म वितरण गर्ने भनी टुङ्गो लागिसकेको छैन । इम्बोस्ड नम्बर प्लेट लिन आउने आवेदन सङ्ख्याका आधारमा समयसीमा तोकिने यातायात व्यवस्था विभागले जनाएको छ ।

अहिले एक÷दुई महिना कति चालकले आवेदन दिन्छन् भन्ने हेरेर योजना बनाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । अहिले नम्बर प्लेट लिनका लागि आवेदन विभागको छपाइको क्षमताभन्दा बढी आएमा समयसीमा तोक्न नपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो महिनामा आवेदन नै नआएमा यो समयसम्म नम्बर प्लेट लिनुपर्ने भनी तोकिनेछ ।”

वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट वितरण शुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश–३ का भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्तरूपमा यही साउन ९ गते टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमा यसको वितरण शुरु गर्नुभएको थियो ।

सो नम्बर प्लेट लिनका लागि पहिले सवारीधनीले हालसम्मको राजश्व चुक्ता गर्नुपर्छ । विभागको वेबसाइटमा रहेको फाराम भरेर प्रिन्ट गर्न सकिनेछ । सो प्लेटका लागि फरक प्रकृतिका सवारी साधनका लागि फरक कार्यालयमा जाने व्यवस्था मिलाइएको छ ।

दुईपाङ्ग्रे सवारी साधनका लागि गुर्जुधारास्थित कार्यालय र तीन पाङ्ग्रे साना तथा मझौला चारपाङ्ग्रे सवारी साधनको नम्बर लिनका लागि टेकुस्थित भेहिकल फिटनेस सेन्टर जानुपर्नेछ । त्यस्तै ठूला सवारी साधनका लागि एकान्तकुनास्थित यातायात कार्यालय र सरकारी नम्बरप्लेटका लागि विभागमा जानुपर्ने बताइएको छ ।

सवारीधनीले नम्बर प्लेट लिनका लागि तोकिएको बैङ्कमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ । दुईपाङ्ग्रे सवारी साधनका लागि रु दुई हजार ५००, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि रु तीन हजार २०० र ठूला सवारीका लागि रु तीन हजार ६०० राजश्व जम्मा गर्नुपर्नेछ ।

सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेटवापतको रकम जम्मा गरेको बैङ्क भौचर र अनलाइन फाराम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गर्नुपर्ने बताइएको छ । इम्बोस्ड नम्बर प्लेट सजिलै पढ्न सकिने र नम्बर निकाल्न नसकिने हुँदा सवारीसाधनको चोरी कम हुने र कुनै पनि सवारी साधन कहाँ छ भनी जानकारी हुने बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि