• होमपेज
  • समाचार
  • रानीपोखरीमा आकाशे पानी सङ्कलन पहिलो प्राथमिकतामा

रानीपोखरीमा आकाशे पानी सङ्कलन पहिलो प्राथमिकतामा

  • बुधबार, साउन २१, २०७७
रानीपोखरीमा आकाशे पानी सङ्कलन पहिलो प्राथमिकतामा

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीमा पानी जम्मा गर्न प्राकृतिक हिसाबले सम्भव सबै उपाय प्रयोग गरिने बताउनुभएको छ । प्राधिकरण, पुरातत्व विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका अधिकारी, विज्ञ, अभियानकर्मी र स्थानीयवासीबीच आज भएको अन्तक्र्रियामा उहाँले रानीपोखरीमा आकाशे पानी सङ्कलनलाई पहिलो प्राथमिकता दिइएको सुनाउनुभयो ।

रानीपोखरीको पिँध र वरिपरिको पर्खाल पुनःनिर्माण सम्पन्न भएपछि आकाशे पानी जम्मा हुन थालेको छ । दरबार हाइस्कूल, त्रिचन्द्र कलेजलगायत क्षेत्रबाट पानी हार्भेष्टिङका लागि काम जारी रहेको प्राधिकरणले जनाएको छ ।

विकल्पका रुपमा मात्र टुँडिखेल क्षेत्रमा रहेका इनारको पानी, डिप बोरिङ र मेलम्चीको पानी रानीपोखरीमा हालिनेछ । कार्यक्रममा पूर्वसचिव एवं जलस्रोत विज्ञ सुमन शर्माले रानीपोखरी वरिपरिका विभिन्न सार्वजनिक भवनको छतको पानी सङ्कलनलाई प्राथमिकता दिँदै विकल्पमा मेलम्चीको पानी पनि राख्न सुझाव दिनुभयो । डिप बोरिङको पानीलाई अन्तिम विकल्पका रुपमा राख्न सकिने उहाँले बताउनुभयो ।

लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक भोजविक्रम थापाले उपत्यकामा पानी वितरण गर्ने पाइप प्रणालीको परीक्षण गर्नेक्रममा मेलम्चीको पानी प्रयोग गर्न सकिने बताउनुभयो । सम्पदाविद् सुदर्शनराज तिवारीले आकाशे तथा रानीपोखरी वरिपरिको सतह एवं खेर गएको पानी प्रशोधन गरी पानी प्रयोग गर्न सुझाव दिनुभयो । डिप ट्युबवेल प्रयोग नगर्न पनि उहाँले सुझाव दिनुभयो । संरक्षण अभियानकर्मी आलोकसिद्धि तुलाधरले परम्परागत इञ्जिनीयरिङलाई अवलम्बन गर्न आग्रह गर्दै डिप बोरिङको सट्टा प्राकृतिक उपाय अपनाउँदै पानी भर्न आग्रह गर्नुभयो । स्थानीयवासी सुशील श्रेष्ठले पोखरी सफा गर्न दुई वटा निकास राख्न सुझाव दिनुभयो ।

कार्यक्रममा अर्का स्थानीय गणपतिलाल श्रेष्ठले केही समय लागे पनि सम्भव भएसम्मका परम्परागत विधि ब्युँताउने उपायतिर लाग्न आग्रह गर्नुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा