• होमपेज
  • बीमा
  • सेलपे सेवा र रिलायबल लाइफ इन्सुरेन्सबीच सहकार्य

सेलपे सेवा र रिलायबल लाइफ इन्सुरेन्सबीच सहकार्य

  • सोमवार, साउन १२, २०७७
सेलपे सेवा र रिलायबल लाइफ इन्सुरेन्सबीच सहकार्य

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले रिलायबल लाइफ इन्सुरेन्स सँग बिमा प्रिमियमको डिजीटल भुक्तानीको लागि सहकार्य गरेको छ ।

सहकार्य सम्झौतामा रिलायबल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

यस सहकार्य अन्तर्गत, अब रिलायबल लाइफका ग्राहकहरुले आफ्नो बिमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको छ र सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बिमा प्रिमियम तिर्न का लागि सेलपेमा आफ्नो खाता लिंक गरि सजिलै बिना कुनै झन्झट, कुनै पनि समयमा रकम तिर्न सकिने छ ।

यसका लागि तपाईंले सेलपेमा लगइन गरि बिमा अपसनमा क्लिक गर्नुहोस, रिलायबल लाइफ छनौट गरि आफ्नो पोलिसि नम्बर र जन्म मिति राखे पस्चात आफ्नो बिमा विवरण चेक गरि देखाएको प्रिमियमको रकम पे बटन थिच्नुहोस् र आफ्नो बिमा प्रिमियम भुक्तानी गर्नुहोस् । तपाईंको सम्पूर्ण भुक्तानीहरु ट्रान्सक्सोन हिस्त्री सेक्सोनबाट सजिलै हेर्न सकिनेछ ।

सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बिमा रकम भुक्तानी, इएमआई भुक्तानी, कोविड(१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि