• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंकद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग प्रदान

सिटिजन्स बैंकद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग प्रदान

  • मङ्लबार, साउन ६, २०७७
सिटिजन्स बैंकद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग प्रदान

सिटिजन्स बैंकले बाल विकास समाजलाई एक लाख ५०,००० रुपैयाँको आर्थिक सहयोग गरेको छ । करिव २८ वर्षदेखि बाल अधिकारबाट वन्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकाश गर्ने उद्धेश्यका साथ स्थापित उक्त संस्थालाई बैंकको केन्द्रिय कार्यालयमा बैंकद्वारा सो संस्थालाई चेक हस्तान्तरण गरिएको हो ।

उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने कुरा सो संस्थाले जानकारी दिएको छ ।

बैंकले ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा ७ लाख रूपैयाँका दरले ४९ लाख रूपैयाँ तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख रूपैयाँ र विभिन्न संघ संस्थालाई ६ लाख रूपैयाँ गरि हालसम्म कुल ६१ लाख रूपैयाँको सहयोग गरेको छ ।

आगामी दिनहरुमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार