कोरोना भाइरसका कारण नेपालमा करिब ४ महिनादेखि भएको लकडाउनको समयमा बैंक तथा वित्तिय संस्थाहरुले अन्तर बैंकका जुनसुकै एटिएमबाट रकम झिक्दा दिएको निशुल्क सेवा आज साउन १ गते बिहीबारबाट शुल्क लाग्ने भएको छ । यसअघि गरिएको जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने व्यवस्था आजबाट हटेको छ ।
नेपाल बैकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधबार संयुक्त रुपमा विज्ञप्ति निकालेर जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लिने वा नलिने बिहीबारबाट सम्बन्धित् बैंक तथा वित्तिय संस्थाले स्वयमले निर्णय लिन सकिने जानकारी गराएको हो ।
इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ ।