• होमपेज
  • बीमा
  • रिलायन्स लाइफ र सानिमा जनरल इन्स्योरेन्सको आईपीओ आउँदै

रिलायन्स लाइफ र सानिमा जनरल इन्स्योरेन्सको आईपीओ आउँदै

  • आइतवार, असार २१, २०७७
रिलायन्स लाइफ र सानिमा जनरल इन्स्योरेन्सको आईपीओ आउँदै

रिलायन्स लाइफ र सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । रिलायन्स लाइफले रू. ६३ करोड बराबरको ६३ लाख कित्ता र सानिमा जनरल इन्स्योरेन्सले रू. ३० करोड बराबरको ३० लाख कित्ता आईपीओ विक्री गर्न अनुमति माग्दै बोर्डमा निवेदन दर्ता गराएका हुन । रिलायन्सले असार ९ गते र सानिमा जनरलले असार १४ गते निवेदन दिएका हुन ।

रिलायन्सको आईपीओ विक्री प्रबन्धक सानिमा क्यापिटल र सानिमा जनरलको एनआइसी एशिया क्यापिटल रहेको छ । हाल रिलायन्सको चुक्तापूँजी रू. १ अर्ब ४७ करोड रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड पुग्नेछ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ६ करोड १८ लाखभन्दा बढी खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १४ करोड ९६ लाख १२ हजार रहेको छ भने बीमा कोषमा रू. ८६ करोड ९६ लाखभन्दा बढी रकम रहेको छ ।

त्यस्तै रू. ७० करोड चुक्तापूँजी रहेको सानिमा जनरल इन्स्योरेन्सको आईपीओ पश्चात रू. १ अर्ब चुक्तापूँजी कायम हुनेछ । सानिमाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. २ करोड ८९ लाख ४७ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोषमा रू. ३ करोड ७७ लाखभन्दा बढी र बीमा कोषमा रू. ४ करोड ४१ लाखभन्दा बढी रकम रहेको छ ।

बीमा बजारमा पछिल्लो समय १० जीवन बीमा र ३ निर्जीवन गरि १३ नयाँ बीमा कम्पनीहरुले कारोबार सञ्चालनको स्वीकृति पाएका थिए । सर्वसाधारणलाई शेयर जारी गरि तोकिएको चुक्तापूँजी कायम गर्ने गरि कारोबार सञ्चालनको स्वीकृति पाएका नयाँ बीमा कम्पनीहरुले शेयर जारी प्रकृया अघि बढाएका हुन ।

धितोपत्र बोर्डले जनरल इन्स्योरेन्स नेपालले पनि ३० लाख कित्ता आईपीओ विक्री गर्न असार ५ गते निवेदन दिएको छ । नयाँ बीमा कम्पनीहरुमध्य सबैभन्दा पहिला अनुमति पाएको अजोड इन्स्योरेन्सले भने ३० लाख कित्ता आईपीओ असार २५ गतेदेखि निष्कासन गर्ने मिति तय गरिसकेको छ । अजोडले आईपीओ विक्रीका लागि बोर्डबाट असार ७ गते स्वीकृति पाएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि