• होमपेज
  • मनोरञ्जन
  • सामाजिक कार्यमा ब्यस्त चर्चित नायिका शुभेच्छा थापा

सामाजिक कार्यमा ब्यस्त चर्चित नायिका शुभेच्छा थापा

  • बुधबार, असार १७, २०७७
सामाजिक कार्यमा ब्यस्त चर्चित नायिका शुभेच्छा थापा

नेपाली चलचित्र क्षेत्रमा सधै चर्चामा रहने नायिका, निर्मात्री तथा चलचित्र लेखिका शुभेच्छा थापा समाजसेवामा समेत त्यतिकै सक्रिय छिन । दर्जनौ चलचित्र, म्युजिक भिडियो तथा टेलिचलचित्रहरुमा दमदार अभिनय प्रस्तुत गरेर नेपाली दर्शकहरुको मन जित्न सफल नायिका अहिले सामाजिक कार्य मार्फत पनि हजारौं पिडितहरुको सहारा बनेकी छिन । समाजसेवाको माध्यमबाट अनाथ, असाहय, निम्नबर्गका देखि बृद बृदाहरुको सेवामा निरन्तर लागि परेर जनताको सेवामा समर्पित रहदै आएकी चर्चित नायिका थापा हजारौं भोका पेटहरुलाइ राहत वितरण गर्न ब्यस्त छिन ।

चिनको वुहान बाट सुरु भएर विश्वभर महामारीको रुपमा फैलिएको कोभिड- १९ कोरोना भाईरसको कारणले संसारका मानबजाति भयभित भएका छन् । नेपाल जस्तो गरिब मुलुकमा झन् यसको असर बढी परेको छ । लामो समयको लकडाउनको कारणले गर्दा नेपालमा दैनिक मजदुरी गर्ने श्रमिक, पिडत नागरिक, राहत बिहिन र अनाथ असाहयहरुले दुइ छाक खान समेत नपाईरहेको अबस्थामा नायिका शुभेच्छा थापा स्वास्थ्य सामाग्री वितरण देखि राहत वितरण तथा भोका पेटलाइ खाना खुवाउँने कार्यमा सक्रिय रहदै आएकी छिन ।

भर्खरै मात्र उनले सहयोगि आत्मा निर्भर अनाथ आश्रमलाई १ बर्ष सम्म १० जना बालबालिकालाइ पढ्ने खर्च र खाद्यान्न राहत सामाग्री समेत उनले संस्थाकि अध्यक्ष राधा सुबेदीलाइ हस्तान्तरण गरेकी छिन् । सानै देखि रंगमञ्चवाट आफ्नो कलाकारिता यात्रा सुरु गरेकी नायिका थापा नेपाली चलचित्र उधोगमा सर्बाधिक चर्चाको शिखरमा पुग्ने नायिकाको रुपमा स्थापित भएकी छिन । लगनशिलता र परिश्रममा विश्वास गर्ने नायिका थापा लामो समय देखि सामाजिक कार्यमा सक्रिय रहेकी छिन ।

गरिब दुखिको ढुकढुकी र मानबजातीको प्रेरणाका श्रोत बनेकी चर्चित नायिका शुभेच्छा थापा दैनिक रुपमा सेवा कार्यमा जुटिरहेका छन् । उनि कहिले विभिन्न स्थलमा गएर सहयोगी हातहरु बढाईरहेकि हुन्छिन भने कहिले पिडितहरुको घरमा पुगेर खाद्यान्न राहत स्वरुप वितरण गरिरहेकि हुन्छिन । लकडाउन सुरु भए संगै राहत वितरणमा जुटेकी समाजसेवी शुभेच्छा थापा सम्पूर्ण नेपाली बीच लोकप्रिय भएकी छिन । भोका जनताहरुलाइ पेट भरि खुवाउँन पाउदा तथा राहतबिहिन जनताहरुलाई राहत वितरण गर्न पाउँदा आत्मासन्तुष्टि मिल्ने कुरा नायिका तथा समाजसेवी थापा बताउँछिन । धन भएर मात्र सामाजसेवा गर्न नसकिने भन्दै सम्पूर्ण नेपाली नागरिकलाइ यस संकटको घडिमा एकजुट भएर सामाजिक कार्यमा हातेमालो गर्न नायिका शुभेच्छा थापाले अनुरोध समेत गरेकी छिन ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि