• होमपेज
  • समाचार
  • मन्त्री यादवद्वारा श्रमिक सूचना बैङ्क स्थापनाको घोषणा

मन्त्री यादवद्वारा श्रमिक सूचना बैङ्क स्थापनाको घोषणा

  • बुधबार, असार ३, २०७७
मन्त्री यादवद्वारा श्रमिक सूचना बैङ्क स्थापनाको घोषणा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रमिक सूचना बैङ्क स्थापना गर्ने घोषणा गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रमअनुसार आर्थिक वर्ष ०७७/०७८ को वार्षिक बजेटमा समेत रहेको कार्यक्रमअनुसार श्रमिक सूचना बैङ्क स्थापना गर्ने कार्य अगाडि बढेको छ । श्रमिक बैङ्क स्थापना गरी कार्यान्वयन गर्नका लागि मन्त्रालयले विज्ञ समूह गठन गरी कार्य प्रारम्भ गरेको छ ।

कृषिलगायत श्रम आर्जन गर्न सक्ने जनशक्तिहरू के-कति संख्यामा रहेका छन्, के कस्ता ज्ञान, सिप हासिल गरेका रहेछन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् भन्नेबारे एकत्रित जानकारी उपलब्ध गराउने उद्देश्यले श्रमिक बैङ्क‍को स्थापना गर्न लागेको मन्त्री यादवले बताए ।

विकास र औद्योगिकरणले गति लिँदैगर्दा मौजुदा श्रमिकको पर्याप्तता सुनिश्चित गर्न र श्रमिक बैङ्कको स्थापनाले श्रमिकको समग्र व्यवस्थापनमा मद्दत पुर्‍याउने भएकोले श्रमिक बैङ्कको आवश्यता रहेको मन्त्री यादवले प्रष्ट पारे ।

मंगलबार मन्त्रालयको बैठक हलमा मन्त्री यादवको उपस्थितिमा विज्ञ टोलीले श्रमिक बैङ्कको कार्यान्वयनबारे प्रस्तुतीकरण गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार