• होमपेज
  • अन्तरवार्ता
  • यस्तो विषम र विपतका बेला कसैलाई पनि जागिरबाट हटाउन पाइदैन

यस्तो विषम र विपतका बेला कसैलाई पनि जागिरबाट हटाउन पाइदैन

महाप्रसाद अधिकारी, गर्भनर, नेपाल राष्ट्र बैंक

  • शनिबार, जेष्ठ ३, २०७७
यस्तो विषम र विपतका बेला कसैलाई पनि जागिरबाट हटाउन पाइदैन

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले नेपाल पनि अछुतो रहेन र करिब करिब ३ सय नेपालीहरुमा कोरोना देखा परिसकेको छ । यस्तो बिषम र विपतका बेला बैंक र वित्तिय संस्थाहरुले भटाभट करारमा नियुक्ती गरेका कर्मचारी निश्कासन गर्ने, राष्ट्र बैंकले २ प्रतिशत ब्याजदर घटाउन दिएको निर्देशन अटेर गर्ने, ग्राहकको खाताबाट बैंकका कर्जाका ग्राहकहरुको किस्ता तान्ने र बैंकिङ्ग सेवा अब कसरी अगाडी बढाउने । यी र यस्ता विषयमा केन्द्रित रहि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसंग भूपेन्द्र अचार्यले गरेको कुराकानीः

० गर्भनर साब यो विषम र अप्ठ्यारो अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुले करारमा नियुक्त गरेका सयौं कर्मचारी भटाभट निस्काशन गरेको देखिन्छ । यसलाई नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले कसरी हेरिरहेको छ ?
केही दिन अगाडी यस्तो कुरा आयो । त्यस लगत्तै हामीले छलफल गरि यो काम यस्तो अवस्थामा गर्नुहुँदैन भनेर बैंक र वित्तिय संस्थालाई मौखिम निर्देशन दिएका छौं । यस्तो विशम र अप्ठ्यारो बेला १ जनाले पनि रोजगारी गुमाउन हुँदैन भनेका छौं । यस्तै प¥यो भने लिखित निर्देशन राष्ट्र बैंकले दिन्छ ।

० नेपाल राष्ट्र बैंकले २ प्रतिशत ब्याजदर घटाउन दिएको निर्देशन त बैंक र वित्तिय संस्थाले लागु गरेको अवस्था देखिदैन नि ?
यो लागु हुन्छ । हामीले बैंक तथा वित्तिय संस्थाहरुलाई लिखित निर्देशन नै दिएको अवस्था छ । नियमनकारी निकायको निर्देशन पालना गर्र्ने दायित्व बैंक र वित्तिय संस्थको हो । बैंकरहरुले २ प्रतिशत राहत छुट भन्ने शब्द भन्नुभएको छ । यो होइन ब्याज बढि भयो घटाउनु होस् चाहि हामीले भनेका हौं । हामीले बैंकर चिन्दैनौ बैंक चिन्ने हो बैंकलाई निर्देशन भएको छ ।

० बैंक र वित्तिय संस्थाहरुले कर्जाका ग्राहकहरुको खाताबाट कर्जाका किस्ता तानेको गुनासो पनि आएको छन् । यस्तो बेला नियमनकारी निकायले चाहि के हेरिबसेको छ त गर्भनर साब ?
यो गुनासो आएको थियो । पैसा खातामा भएका ऋणीहरुसंग छलफल गरेर नै बैंकहरुले तानेका होलान् । फेरि ग्राहकलाई चाहिएका बेला उनीहरुले दिनु पर्दछ । ग्राहक बैंक र वित्तिय क्षेत्रका नै हुन् । अप्ठ्यारो पर्दा बैंक र वित्तिय संस्थाले ग्राहकलाई सम्बोधन गरिनु पर्दछ भन्ने मान्यता हाम्रो हो ।

० नेपाल राष्ट्र बैंकले नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ्ग)का लागि छुट दिए पनि कतिपय बैंकहरुले स्वविवेक प्रयोग गरि जोखिम न्यूनिकरण भन्दै लकडाउनको बेला भुक्तानी नभएका कर्जालाई प्रोभिजनिङ गरेको देखिन्छ नि गर्भनर साब ?
यो बैंक र वित्तिय संस्थाहरुको आ–आफ्नो प्लानिङ्ग होला । यो प्रोभिजन गर्नु राम्रो कुरा हो । सबै बैंकको एउटै खालको चाहि देखिदैन । यसका लागि राष्ट्र बैंकले केही छुट पनि दिएकै छ ।

० मर्जर गर्ने र व्याज पूरै छुट नै दिने कुरा पनि आएको छ नि ?
मर्जरको कुरा पहिलाकै रेगुलर कुरा हो लागु गरिनु पर्दछ । अर्को व्याजको पूरै छुट दिन सकिदैन । ब्याज घटाउने कुरा २ प्रतिशत घटाउन हामीले निर्देशन दिएका चाहि छौं ।

० बैंक र वित्तिय संस्थाहरुले यस्तो विषम र अप्ठ्यारो अवस्थामा सेवा दिन कञ्जुस्याई गरेको गुनासो पछिल्लो समय बढेको देखिन्छ नि ?
हाम्रो प्रयास सेवा दिनु पर्दछ भन्ने नै हो र छ पनि तर, भीडभाड बढ्ने र रोग फैलने डर उत्तिकै भएका कारण केही असहज भएको चाहि पक्कै हो । राष्ट्र बैंकले हप्ताको २ दिन बैंक र वित्तिय संस्था खोल्न पछिल्लो पटक निर्देशन दिएको छ । अरु एटिएम २४ सै घण्टा खुल्ला नै छन् । अर्को कुरा मोबाइल बैंकिङ्ग लगायत सूचना प्रविधिका माध्यामबाट घरबाटै कारोबार गर्न उचित हुने देखिन्छ । यस्तो बेला सेवामा केही कम्प्रमाईज त पक्कै हुन्छ नि ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि