• होमपेज
  • विकास बैंक
  • लुम्बिनी विकास बैंकद्वारा चार लाखको राहत

लुम्बिनी विकास बैंकद्वारा चार लाखको राहत

  • शनिबार, जेष्ठ ३, २०७७
लुम्बिनी विकास बैंकद्वारा चार लाखको राहत

चिप्लेढुङ्गा- पोखरा महानगरपालिकाका तीन वटा वडामा बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न वर्गलाई लुम्बिनी विकास बैंकले करीब रु चार लाख बराबरको राहत वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै रू ५० हजार बराबरको खाद्य सामग्री वितरण गरेको लेकसाइड शाखाका प्रबन्धक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार यसअघि वडाको समन्वयमा महानगरपालिकाको वडा नं १५ रु एक लाख ५० हजार र वडा नं १७ मा रु दुई लाखको राहत वितरण गरिसकेको छ वडा नं ६ मा आज सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देल र पूर्वअध्यक्ष तथा संस्थापक सुशीलराल पराजुलीले राहत सामग्री वडाध्यक्ष जगतबहादुर पहारीलाई हस्तान्तरण गर्नुभयो ।

बैंकका सञ्चालक सिग्देलले पोखरा महानगर९कास्की०बाहेक अन्य जिल्लाबाट पनि राहतको माग भइरहेकाले आवश्यकता हेरेर सामाजिक उत्तरदायित्व बहन गर्दै जाने बताउनुभयो । देशका सातै प्रदेशका ६८ शाखा कार्यालयमार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको र महानगरपालिकाका न्युरोड, महेन्द्रपुल, लेकसाइड, छोरेपाटन, रामबजार, लामाचौर, फूलबारी र राजाका चौतारामा गरेर आठ शाखा कार्यालय रहेको बैंक न्युरोडका प्रबन्धक प्रकाशचन्द्र पहारीले जानकारी दिनुभयो । रासस

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि