• होमपेज
  • अन्तरवार्ता
  • पर्यटन, यातायात र एयरलाइन्सलाई लकडाउनले ठूलो असर पारेको छ

पर्यटन, यातायात र एयरलाइन्सलाई लकडाउनले ठूलो असर पारेको छ

पारसराज कडेल, का.मु. सीइओ

  • सोमवार, बैशाख २२, २०७७
पर्यटन, यातायात र एयरलाइन्सलाई लकडाउनले ठूलो असर पारेको छ

अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपाल त्रसित बनाएको छ । यही वैशाख २५ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था छैन ।
यस्तो अवस्थामा पनि ज्योति विकास बैंकहरुले सेवा प्रदान गरिरहेका छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका ज्योति विकास बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न सिमित शाखाहरु खोलेर सेवा दिइरहेका छ ।

ज्योति विकास बैंक मात्रै खुलेका छ । कि कारोबार पनि भइरहेको छ । बैंकका कर्मचारीहरुको कस्तो सुरक्षा विधि अपनाइएको छ । २ प्रतिशत ब्याज छुटको असर यी र यसै विषयमा  केही दिन अगाडी ज्योति विकास बैंक लिमिटेडमा का.मू. सीइओमा नियुक्त भएका का.मु. सीइओ पारसराज कडेलसंग भूपेन्द्र आचार्यले गरेको कुराकानीः–

० हामीलाई थाहा नै छ कोरोना भाईरसको आक्रमणबाट विश्व नै त्रसित छ । हजारौले ज्यान गुमाएका छन् । लाखौं बिरामी छन् । नेपाल अहिले लकडाउन छ । यो विशम परिस्थितिमा ज्योति विकास बैंकले कस्तो सेवा दिइरहेको अवस्था छ ?
अहिले उच्च सचेत भएर सेवा दिनु पर्ने बेला छ । हामी ग्राहकहरुलाई पैसा झिक्न नपाएर औषधी र खाद्यान्न किन्न नपाइने अवस्था पटक्कै आउन दिने छैनौ ।
हामीले फरक फरक दिन गरी सबै शाखा खोली सेवा दिएको अवस्था छ । अरु विकास बैंकले पनि ग्रामीण र शहरी सबै ठाउँमा यो दुखको घडीमा जीवनलाई जोखिममा राखी सेवा दिएका छन् र बचतकर्ताको उच्च मनोबल बनाउने काम गरेका छौं । साथै ज्योति विकास बैंकले १०५ शाखा रहेपनि १ पछि अर्को गर्दै ५२÷५३ शाखाबाट सेवा दिएका छौं ।

० नेपाल राष्ट्र बैकले हालै २ प्रतिशत कोरोना पीडित क्षेत्रलाई राहत स्वरुप ब्याज घटाउने कुराको पनि निर्देशन आएको होला के यो लागु हुन्छ त ?
हुन्छ दिन नहुने रेगुलेटरले निर्देशन दिएपछि लागु गर्ने दायित्व हामी बैंकहरुको हो । वैशाख देखि भनेको छ । हामी व्यवस्था मिलाउदैछौं ।

० देश लकडाउन भएको अवस्थामा खुलेका बैंकका शाखामा काम गर्ने कर्मचारीहरुको स्वास्थ्य अवस्थाबारे चाहि के सोच्नु भएके छ, सीइओ साब ?
महत्वपूर्ण प्रश्न सोध्नु भयो । कर्मचारी हाम्रा सम्पत्ती हुन् । हाम्रो पहिलो प्राथमिकता भनेकै कर्मचारी साथीहरुको सुरक्षा नै हो ।
त्यसकारण सेनिटाइजर, माक्स र पञ्जाको पर्याप्त व्यवस्था गरेका छौं । ज्वरो नाप्ने मेसिनको व्यवस्था गरेका छौं । ज्वरो आएका ग्राहकहरुलाई बैंक प्रवेश निषेध छ । केही टाढाबाटै कारोबार गर्ने व्यवस्था मिलाईएको छ । उनीहरुलाई ल्याउने लैजाने व्यवस्था गरेका छौं नि ।

यो विषय र अप्ठ्यारो बेला काम गर्ने कर्मचारीहरुको बीमा हाम्रोमा छ । केही भबीतव्य भए हामीले कर्मचारी कल्याण कोष बनाएका छौं । त्यसबाट सहयोग हुन्छ र अर्को कुरा अहिले आएको कोरोना बीमा कर्मचारी साथीहरुको गर्ने बारे हामी छलफलमै छौं ।

० बैंक, विकास बैंक र वित्तिय कम्पनीहरुको रिजल्र्ट आउँदै छ । यसलाई चाही अब कसरी हेर्ने त ?
अहिले नाफा नोक्सान र हिसाब किताब हेर्ने बेला होइन । यो भन्दा माथीको कुरा छ । स्वास्थ्य यसबारे सबैले सोच्नु प¥यो । जनता तपाई, हामी परिवार बच्नुप¥यो । देश बचाउनु प¥यो ।
देशको अवस्था राम्रो भएपछि सबै राम्रो हुन्छ । ढिलो चाडो नाफा कमाउला । हिजो भूकम्प पछि पनि हामीले प्रगति गरेकै हो । अर्को कुरा के पनि छ भने रिजल्टमा पक्कै असर देखिन्छ । खुद नाफामा फरक नपर्ला तर वितरण योग्य नाफा खुम्चिने चाही पक्कै छ । यो १० प्रतिशत र २ प्रतिशत ब्याज छुटले नाफामा असर गर्ने देखिन्छ । हाम्रो बैंकबाट मात्रै करिब १२÷१५ करोड ब्याजको छुट दिनुपर्ने देखिन्छ । त्यसकारण असर पर्ने त भैहाल्यो नि ।

जनशक्तिलाई अब विदेश पठाउनु हुँदैन । देशको काँचुली फेर्न तर्फ लगाउनु उचित होला । यसलाई राजनीतिक दल र तीनका नेताको इच्छा शक्ति हुनु पर्दछ । हामी त माध्याम मात्रै हौ । इमान्दारिता हुनुप¥यो । अर्को पक्ष कोरोनाको फाइदा पनि छ । त्यो हो परिवारसंग आएको जनशक्ति हाम्रो सम्पत्ती हो । यसलाई आफ्नै देशमा रोजगार दिनु पर्दछ ।

० अहिले यो विशम परिस्थितिमा विकास बैंकहरुले डिपोजिटका व्याजदर घटाएको अवस्था पनि छ नि कारण के होला ?
हो हामीले घटाएका छौं । निक्षेपमा व्याजदर घटेपछि कर्जामा पनि घट्ने निश्चित छ । हाम्रो बैंकले त साना कर्जामा ब्याज यसभन्दा अगाडी नै घटाएको छ । कष्ट फाण्ड ०.३ प्रतिशतले घटेपछि कर्जा ब्याजदर पनि घट्नेनै छ ।

० पर्यटन, यातायात, एयरलाइन्स होटलको त व्यापार बन्द छ नि यी क्षेत्रमा चाही कसरी बैंकहरु अगाडी बढ्ने देख्नु भएको छ ।
५ करोड भन्दा माथीको कर्जा राष्ट्र बैंकले हेर्ने कुरा गरेको छ । हामीले १ करोडका कर्जा बारे अध्ययन गरिरहेकाछौं । तपाईले भनेजस्तै पर्यटन, यातायात, एयरलाइन्स र होटललाई लकडाउनले ठूलो असर पक्कै पारेको छ । यी क्षेत्रमा १० प्रतिशत थप कर्जा बढाउन पनि राष्ट्र बैंकले भनेको छ । अर्को पक्ष यस कर्जाका धितोका कुरा पनि हेर्नुपर्ने हुन्छ । त्यसकारण असहज परिस्थितिलाई सहज बनाउँदै अगाडी बढ्नु पर्ने देखिन्छ । राज्य र राष्ट्र बैंकले पनि सोच विचार गरेर नै निर्देशन दिएको होला हामी काम गर्न तयार नै छौं ।

० रेमिटेन्स घटेको छ, उद्योग धन्दा बन्द छन् । यसले बैंकको तरलतामा चाहि कति असर पर्ला ?
यसले तरलतालाई असर अब देखा पर्ने अवस्था चाहि आएको छ । कर्जाके डिमान्ट पनि घट्ने देखिन्छ । रेमिटेन्सलाई दिएका कर्जा पनि छन् । यि कर्जालाई बचाउन जोखिम बढ्ने छ । बैंक र वित्तिय क्षेत्र भन्दा पनि यसले देशकै अर्थतन्त्रलाई ठूलो असर गर्नेछ र त्यसको अवसर अन्य क्षेत्रमा पर्ने त निश्चित नै देखिन्छ ।

० अन्त्यमा लाखौं ग्राहक, प्रोमोटर, शेयरधनी र नेपाली जनतालाई केही भन्नु छ ?
यो अप्ठ्यारो समय हो । यो चाडो अन्त्य हुने विश्वास हामी सबैले गर्ने पर्दछ । सकारात्मक सोचौं । घरबाटै काम गरौ विश्व स्वास्थ्य संगठन र सरकारले दिएका निर्देशन पूर्ण रुपमा पालना गरौं । आफू बचौं, परिवार र जनता र देश बचाऔं । केही सिकौं । अर्थतन्त्र बचाउने प्रयास गरौं ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि