• होमपेज
  • अन्तरवार्ता
  • हामीले स्वास्थ्यका पूर्वाधार निर्माण गर्ने बेला आयो जस्तो मलाई लागेको छ

हामीले स्वास्थ्यका पूर्वाधार निर्माण गर्ने बेला आयो जस्तो मलाई लागेको छ

अजय विक्रम शाह, सीइओ लक्ष्मी बैंक लिमिटेड

  • आइतवार, बैशाख ७, २०७७
हामीले स्वास्थ्यका पूर्वाधार निर्माण गर्ने बेला आयो जस्तो मलाई लागेको छ

बैंकिङ क्षेत्रमा करिब ३ दर्शक बिताइसकेका अजयविक्रम शाह पछिल्लो समय २०७५ कात्तिक १५ गतेबाट लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । बैंकिङ क्षेत्रमा लामो समय विताइसकेको भए पनि शाहले संस्थाको बागडोर सम्हालेको भने यो पहिलो अनुभव हो । शैक्षिक रूपमा गणित विषयमा स्नातकोत्तर गरेका शाहले तत्कालिन ग्रिलेज बैंकको टेलरदेखि बैंकिङ करिअर सुरु गरेका हुन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकमा करिब १० वर्ष विभिन्न विभागमा रहेर काम गरेका शाह लक्ष्मी बैंकमा पनि लामो समय बिताइसकेका छन् ।
नेपालको बैकिङ्ग क्षेत्रमा यूवा बैंकर बैंकिरहरुको सूचिमा पर्ने शाह सालिन स्वभाव र सोच विचार गरेर निर्णय लिने बैंकरहरुको सूचि भित्र पर्ने नाम हो ।

अहिले विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो छैन । केही संकेतहरु देखिएका छन् । वैशाख १५ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन र हुँदैन पनि ।

यो अवस्थामा पनि नेपालको लक्ष्मी बैंक लिमिटेडले केही शाखाबाट सेवा प्रदान गरिरहेको देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको यस बैंकले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न अधिकाशं शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ?

शाखा खुलेका मात्रै छन् कि कारोबार पनि भएको छ । बैंकका कर्मचरीको स्वास्थ्य अवस्था कस्तो छ । कोरोना भाईरसका कारण नेपालको बैकिङ्ग क्षेत्रलाई कस्तो असर पर्ने देखिन्छ । केही दिन भित्र आउने बैंकहरुको वित्तिय विवरणमा यसले कस्तो असर गर्ने देखिन्छ र नेपाल बैंकर्स एसोशियशनले हालै मुद्दती खाता र बचत खातामा डिपोजिट ब्याजदर यो विशम परिस्थितिमा किन घटायो ?
यिनै र यस्ता विषयमा युवा बैंकर एवं लक्ष्मी बैंक लिमिटेडका सीइओ अजय विक्रम शाहसंग भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० सीइओ साब यस्तो विशम र कठिन घडीमा बैंकहरुले डिपोजिटका व्याजदर घटाएको र खातामा पैसा भएका ऋणीहरुको पैसा बैंकले किस्ता तानेको देखिन्छ । कारण के हो ? मौकाको फाइदा लिने बेला अहिले हो र ?
नेपाल बैंकर्स संघबाट डिपोजिटका व्याजदर घटाएको सबैलाई अवगत नै छ । यसमा धेरै बोल्नै पर्दैन । अर्को कुराकर्जाको किस्ता तानेकोबारे चाही के हो भने खातामा पैसा भएका ऋणीहरुको किस्ता तानेका हौं । पैसा छैन भने असारसम्म छुट छ । १० प्रतिशत पनि दिइने भनेकै छौं । जबरजस्ती किस्ता तानेको पक्कै होइन । उहाँहरुलाई चाहिन्छ भने हामी दिन तयार छौं ।

समयमै किस्ता तिर्दा ग्राहकलाई फाइदा हुन्छ । बैंकलाई पनि राहत हुन्छ । अर्को कुरा चैत्र, बैशाख र जेष्ठको किस्ता थपिदै जाँदा गाह्रो बैंकलाई होइन, ऋणीलाई नै हुन्छ । यो बुझ्नु जरुरी छ । बैंकले कहिले जबरजस्ती काम गर्दैन् । राष्ट्र बैंक्ले १९ बुँदे निर्देशन जारी गर्दै असारसम्म छुट दिएको छ कर्जा तिर्न । यसरी बुझ्नु जरुरी होला नि ।

० नेपालको सक्षम र सबल बैंक लक्ष्मी बैंक लिमिटेडले यो विषम र अप्ठ्यारो अवस्थामा कस्तो सेवा दिएको छ ?
अरु बैकंहरुको जस्तै सेवा हाम्रो पनि छ । ग्राहकहरुले खोजेको सेवा हामीले दिएका छौं । अहिले पैसा राख्ने र झिक्ने मात्रै काम भएको छ । सामान ल्याउनेहरुलाई पैसा दिन रोकिएको अवस्था छैन । हरेक दिन केही शाखा खोली सेवा दिएका छौ । कर्जा गएको छैन । माग आए त्यो पनि दिने अवस्थामा बैंक छन् । गत चैत्रमा ८०/९० वटा शाखा सञ्चालनमा थिए । तर, आज भोलि भने ३० वटा जति शाखा खोली सेवा दिएका छौं ।

० अहिले नेपाल पूर्णरुपमा लकडाउनमा छ । सबै घर भित्रै छन् । यस्तो अवस्थामा बैंक् पुगेर काम गर्ने कर्मचारीको स्वास्थ्य सुरक्षा र सुविधाका बारेमा के सोच्नु भएको छ ?
बीमा अनिवार्य पहिला नै कर्मचारी साथीहरुका गरिएको छ । यो बेला सबैलो आ–आफ्नो ठाउँमा सेवा दिनुपर्दछ । योगदान दिनु पर्दछ । त्यो कर्मचारी साथीहरुबाट भएको छ । हामी यसको मुल्याकन गर्ने पक्षमा नै छौं ।

छलफल गर्दैछौं । यो लकडाउन कति लम्बिन्छ । त्यसमा पनि भर पर्ने कुरा हो । अर्को स्वास्थ्य सुरक्षाको कुरा हामीले रोगथामका सबै उपाय अपनाएका छौं । सोसल डिस्टेन्स मेन्टेन गरेका छौं । माक्स, पञ्जा र सेनिटाइजर अनिवार्य गरिएको छ । ग्राहकको घुँईचो छैन । कारोबार कम छ । कम कर्मचारीहरुबाट काम गर्नु परेको पनि छ ।

० राज्यले कोरोना भाईरस बिरुद्ध लड्न स्थापना गरेको राष्ट्रिय कोषमा लक्ष्मी बैंकले चाहीके कस्तो सहयोग गरेको छ त ?
हामीले जम्मा १ करोड दिने निर्णय गरेका छौं । त्यसमा ७ वटै प्रदेशमा १०/१० लाख र केन्द्रिय कोषमा ३० लाख दिएका छौं ।
अर्को कुरा हाम्रो आफ्नै संस्था लक्ष्मी कियर छ । त्यसमा १ देखि ३ दिनको कर्मचारीहरुको तलब दिएका छौं । करिब २८ लाख जम्मा भएको छ । त्यो संस्थाले राहत उपलब्ध गराउँदै आएको छ ।

० लामो लकडाउनले बैंकहरुको अव आउन लागेको वित्तिय विवरण (रिजल्ट)लाई चाहि कति असर पर्ला ?
विश्वमै असर छ । नेपालमा त नपर्ने कुरै भएन । हिसाब किताब त हाम्रो भएके छैन । तर, यो बेला शुल्क मिनाह छ । कमिशन आउदैन । हामीले फिक्स डिपोजिट लगायत डिपोजिट गरेका सबै प्रकारका ग्राहकलाई ब्याज दिइरहेका छौं । कर्जा किस्ता उठेको अवस्था कम छ । फरक त पर्ने पक्कै छ । अर्को कुरा कर्जा प्रोभिजन बढ्न सक्दछ ।

रेमिटेन्स ठप्प छ । धेरै कुरा छन् । त्यसकारण गत यहि बेलाको वित्तिय विवरण र अहिलेकोमा फरक हुन्छ । नाफा घट्ने निश्चित छ । समय र परिस्थिति अनुसार चल्ने बेला हो । यो त्यसकारण आत्तिनु पर्ने, डराउनु पर्ने चाहि छैन । कति समय यो लम्बिने हो त्यसमै भर पर्दछ नि ।

० सीइओ साब कोरोना भाईरसले नेपाली अर्थतन्त्र र नेपालको चलायमान बौकिङ्ग प्रणालीलाई कति असर पर्ने देख्नु भएको छ ?
मेरो विचारमा अहिले नै विश्लेषण गर्न उचित नहोला । यो कति लम्बिने हो । अहिले भन्न सक्ने अवस्था नै छैन । यो भूकम्प जस्तो होइन । कति समय लम्बिन्छ त्यसमा निर्भर पर्ने देखिन्छ । र त्यसपछि आर्थिक क्रियाकलाप कसरी चल्दछन् । त्यसमा भर पर्ने प्रस्टै छ । सामान्य अवस्थामा आउने केही समय पक्कै लाग्ने देखिन्छ । मानवीय स्वास्थ्य रक्षासंगै हामी चलेको अवस्थामा केही भन्न सक्ने अवस्था नै छैन ।

० हामी नेपालीले नाकाबन्दी, भुकम्प, समाजका परिवर्तन, राजनीतिक परिर्वतनका कुरा देख्यौ र भोग्यो । तर, आज सुन्दै नसुनेको लकडाउन भोगिरहेको अवस्था छौं । यसबाट कस्तो पाठ सिक्नु पर्ला ?
भूपेन्द्रजी अत्यन्तै सान्दर्भिक प्रश्न सोध्नु भयो । अहिले संसारनै अप्ठ्यारोमा छ । अति राम्रा मुलुकहरुले त यो रोगलाई थेग्न हम्मे÷हम्मे परेको देखिन्छ । यसलाई रोगथाम गर्ने उपायहरुको चाडो खोजी गरिनु प¥यो । स्वास्थ्यकमीहरु जो डाक्टर, नर्स र अस्पतालका कर्मचारी हुन् । उहाँहरुको स्वास्थ्यबारे राज्यले सचेत र चनाखो बन्नै पर्दछ । यो विश्वभरी डरलाग्दो अवस्थामा छ । हामीले स्वास्थ्यका पूर्वाधार अब निर्माण गर्ने बेला पक्कै आयो जस्तो मलाई लागेको छ ।

अर्को कुरा उद्योगधन्दा, व्यापार व्यवसाय सबै ठप्प छ । यी सबैका लागि नयाँ पोलिसी ल्याउनु पर्दछ । नत्र बैंक तग्रिन धेरै समय लाग्ने देखिन्छ । अर्थतन्त्रको महत्वपूर्ण अंग बैंक र वित्तिय क्षेत्र हुन् यो भुल्नु पटक्कै हुँदैन । अर्को कुरा राज्यले स्वास्थ्य क्षेत्रका पूर्वाधार बनाउन चाहे हामी बैंकहरुले सहयोग गर्नुपर्दछ नि ।

० नेपाल राष्ट्र बैंकले नयाँ गर्भनर पाएको छ । उहाँसंग तपाईहरु कति आशावादी रहनु भएको छ त ?
राष्ट्र बैंकले चाहे जस्तै नेतृत्व पाएको छ । अर्थतन्त्र बुझेका मान्छे गर्भनर नियुक्त हुनुभएको छ । त्यसकारण अनुभवी क्षमतावान र कुसल प्रशासक उहाँ हो भन्ने हाम्रो बुझाई छ ।

अर्को कुरा बैकिङ्ग क्षेत्रलाई ३० वर्ष नेपाल राष्ट्र बैंक भित्रै बसेर बुझेको अनुहार हामीले गर्भनर पाएका छौं । हामी सकारात्मक छौं । बैंकिङ्ग प्रणाली खुसी पनि छ । यो अप्ठ्यारो बेला आउनु भएको छ । चुनौती बढेका छन् । हामी सहयोग गर्ने नै छौं । र राष्ट्र बैंकका नीति निर्देशन बैंकले पालना गरिरहेका छन् नि ।

० ग्राहक, प्रोमोटर, शेयरधनी र नेपाली जनतालाई केही भन्नु छ ?
यो अप्ठ्यारो समय हो । यो चाडो अन्त्य हुने विश्वास हामी सबैले गर्ने पर्दछ । सकारात्मक सोचौं । घरबाटै काम गरौ विश्व स्वास्थ्य संगठन र सरकारले दिएका निर्देशन पूर्ण रुपमा पालना गरौं । अर्को कुरा ठूला ठूला कलेज र विश्व विद्यालयहरुले अनलाईन क्लास सञ्चालन गरेकाछन् । त्यसमा सहभागी भई उत्पादन मुलक काम गर्न सकिन्छ । यो बेला फि लाग्दैन । छुट दिएका छन् । अर्को कुरा घरबाट मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्गका काम गर्न उचित बेला पनि हो नि ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि