• होमपेज
  • अन्तरवार्ता
  • यो विषम अवस्थामा हामी व्यवसायीले राज्यलाई मद्दत गर्नुपर्दछ

यो विषम अवस्थामा हामी व्यवसायीले राज्यलाई मद्दत गर्नुपर्दछ

बिजय श्रेष्ठ, उपाध्यक्ष, हिमालय एयरलाइन्स

  • बुधबार, बैशाख ३, २०७७
यो विषम अवस्थामा हामी व्यवसायीले राज्यलाई मद्दत गर्नुपर्दछ

विजय श्रेष्ठ चिनाई राख्नु पर्ने नाम होइन । एयरलाइन्स क्षेत्रमा श्रेष्ठ पहिलो पंक्तिमा आउने नाम हो । नेपालबाट अन्तराष्ट्रिय उडान गर्ने प्राइभेट क्षेत्रको ठूलो कम्पनी हिमालय एयरलाइन्सका उपाध्यक्ष हुन् बिजय श्रेष्ठ ।

नेपाल–चीन संयुक्त लगानीका रूपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स अन्तर्रा्ष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायु सेवा कम्पनी हो । ‘हिमालय’ शब्दले नेपालको पहाडहरूलाई संकेत गर्दछ, जुन देशको नाम उचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एयरलाइन्स उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्रा्ष्ट्रियस्तरको बनाउन आकांक्षा राख्दछ । समयमै भरपर्दाे सेवा, सुरक्षा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एयरलाइन्सले नेपालमा आफ्नो उच्च पहिचान बनाउन सफल भएको छ ।

एउटा विमान र एउटा गन्तव्यबाट आफ्नो काम सुरु गरेको एयरलाइन्सले तीन वर्षको अवधिमा आफ्नो स्वामित्वमा तीनवटा ए ३२० विमान कायम गर्न र पाँचवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । एयरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एसियाली मुलुकमा आफ्नो सञ्जाल विस्तार गरेको र हालै सन् २०१९ मा युएईको आबुधावी, बंगलादेशको ढाका र चीनको बेइजिङलाई आफ्नो सञ्जालमा जोडेको छ ।

अहिले हिमालय एयरलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका र बेइजिङमा उडान भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने एकमात्र एयरलाइन्स हिमालय एयरलाइन्स हो र हाल चीनमा उडान भर्ने एकमात्र नेपाली एअरलाइन्स पनि हो । ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सिट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएका छन् ।

व्यावसायिक रूपमा काम सुरु गरेको करिब दुई वर्षमै हिमालय एयरलाइन्सले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेसनल एयरलाइन्स् इन साउथ एसिया अन्तर्रा्ष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो । हिमालय एयरलाइन्सको टोली बहुसांस्कृतिक र विविध पृष्ठभूमिबाट निर्मित छ र ‘अतिथि देवो भवः ग्राहक नै भगवान भन्ने वर्षौं पुरानो परम्परालाई मनन् गर्दै विशुद्ध नेपाली सत्कारसहित उच्च गुणस्तरीय ग्राहक सेवा उपलब्ध गराउन प्रतिबद्ध व्यक्त गरेको देखिन्छ ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो छैन । केही संकेतहरु देखिएका छन् । वैशाख १५ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन ।

यस्तो सम्बेदनशील अवस्थामा नेपाली आकाश अहिले खाली छ । उडान छैन । निजी क्षेत्रका प्रायः सबै उडान ठप्प छ । यसले पर्यटन उद्योग र स्वय कम्पनीहरुलाई पार्ने असर, आपतकालीन अवस्थामा नेपालका एयरलाइन्सहरुले दिने सेवा र राज्यसंग गरिएका अपेक्षाबारे नेपालकै निजी क्षेत्रको अन्तराष्ट्रिय उडान गर्ने कम्पनी हिमालय एयरलाइन्सका उपाध्यक्ष बिजय श्रेष्ठसंग भूपेन्द्र आचार्यले गरेको कुराकानी ।

० यो विपत र अप्ठ्यारो बेला राज्यले सबै एयरलाइन्स कम्पनीहरुलाई तयारी अवस्थामा राखेको देखिन्छ नि ?
यो कोरोना भाईरसको महामारीबाट बच्नु र अरुलाई बचाउनु हाम्रो कर्तव्य नै हो । त्यस कारण सबै तयारीमा बस्नुपर्छ नि । हेलिकप्टर मात्रै होइन सबै एयरलाईन्स त्यसका पाइलट सबै स्टेन्डवाई बस्नु प¥यो नि । अर्को भए जहाज ग्राण्डेड हुँदा पनि पाइलटहरुको लाइसेन्स लगायतका कुराको नविकरण, उडानका क्षमताका सबै काम तयारी रहनुपर्दछ । राज्यले भनौ वा राष्ट्रले चाहेका बेला हामी सधै तयार हुनुपर्दछ । त्यसका लागि हामी तयार छौं ।

० यो लामो लकडाउनले पर्यटन व्यवसायलाई कस्तो असर पर्ला त ?
अब पर्यटन भन्ने कुरै भएन नि यसको दीर्घकालिन असर पर्ने प्रस्टै देखिन्छ । २÷३ वर्ष त यो कल्पना गर्न पनि सकिदैन । यो अदृश्य शक्ति कोरोना भाईरसको महामारी संसारभरी देखिएपछि पर्यटक आउने र नेपाली जाने कुरै भएन सबै व्यवसाय व्यापार बन्द छ । असरको अब कल्पना गर्न कठिन छ ।

० यसले विदेशबाट आउने रेमिटेन्समा चाहि कस्तो असर पर्ला त ?
कामदार गन्तव्यसम्म पुग्न नसकेपछि र ती देशले कामदार नलगेपछि कसरी आउदछ । पैसा नेपाल त्यसकारण विश्वभरी नै कोरोनाको असर छ । त्यसले अर्थतन्त्र आधा ढलेको छ, भनेपछि रेमिटेन्स आउने कुरा गुण भएको छ । अब आउने परिस्थिति कस्तो होला त्यो प्रमुख कारण हो । अहिले यति भन्न सकिन्छ । हामी हेर पर्खकै अवस्थामा छौं ।

० कोरोना भाईरसको लडाई लड्न गरिएको लामो लकडाउनले एयरलाईन्सलाई चाही कस्तो असर पर्ला त अब ?
यो भनेर नै साध्यै छैन भूपेन्द्रजी । घाटा पक्कै छ । २÷३ वर्ष पछाडी हामी अब पुग्यो भन्दा फरक नपर्ला अन्तराष्ट्रिय उडानमा करिब 55 प्रतिशत नेपालीहरुले उडान गर्ने हुन अरु सबै बाहिरबाटै आउने पर्यटक हुन् । करिब ४.५ मिलियन अराईबल र डिपाचर passengers हुन्छ । त्यसमा ५५ प्रतिशत नेपाली रोजगारीमा आउने जाने भए ।

विद्यार्थीहरु पढ्न जाने भए, विदेशमा ट्राभल गर्ने नेपाली कम छन् । त्यसकारण यसको असर अब सिधै अर्थतन्त्रमा पर्दछ । उनीहरु आउने भएनन् र हामी हाम्रा कामदार र विद्यार्थी लैजाने पनि भएनन् । यसले ग्लोबल अर्थतन्त्रलाई ठूलो असर पक्कै गर्ने देखिन्छ र प्रतिव्यक्ति आय पनि घट्ने छ । पर्यटक कम आउने छन् । यी कारणले हामी अन्तराष्ट्रिय उडान भर्ने नेपाल एयरलाईन्स र हाम्रो हिमालय एयरलाईन्स घाटा छ नि ।

० तपाईको हिमालय एयरलाइन्सले कोरोना बिरुद्ध स्थापना गरेको राज्य कोषमा चाहि कस्तो राहत दिएको छ त ?
हिमालय एयरलाइन्सले सरकारले स्थापना गरेको राष्ट्रिय कोषमा १ करोड रुपैयाँको चेक पर्यटनमन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गरेका छौं । सरकारले स्थापना गरेको राहत कोषमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको हो । नेपाली र चिनियाँ संयुक्त लगानीमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्सले मलेसियाको क्वोलालम्पुर, साउदी अरबको दमाम, युएईको अबुधाबी, दुबई, बंगलादेशको ढाका, कतारको दोहा र चीनका पाँच सहरमा उडान गर्दै आएको तपाईहरुलाई थाहै नै छ ।

हिमालय एयरलाइन्ससँग एयरबस ए–३२० सिरिजका १५८ सिट क्षमताका तीन वटा विमान र १२८ सिट क्षमताको ए–३१९ गरि चारवटा विमान हाम्रा छन् । अर्को कुरा यो विशम अवस्थामा सबै पक्षले ठूलो आर्थिक आकांक्षा राख्नु हुँदैन । यो बेला हुनेले नहुनेलाई दिनु पर्दछ नि ।

० यो महामारी रोक्नु, फैलिन नदिन राज्यले लकडाउन गरकेो छ अब यसबाट पाठ सिक्दै के गर्नुपर्ला ?
यो भर्खरै आयो । यसबाटै धेरै पाठ सिक्ने बेला आयो । तयारी सबै क्षेत्रमा सबै पक्षले गरिनु जरुरी छ । राज्य अब निजीक्षेत्रसंगै हिड्नु प¥यो । अर्को महत्वपूर्ण पक्ष भनेको राज्यले ऐन कानून समय अनुसार परिवर्तन गरिनु पर्दछ । स्वास्थ्यका समरचना तयार गर्नु पर्दछ । अहिले यो आयो भोली अर्को केही आउला त्यसकारण सबै पक्षले उच्च सर्तकता अपनाउने पूर्व तयारी गर्नु जरुरी देखिन्छ ।
देश पनि घर जस्तै हो । आफ्ना रहेका संरचनालाई चलायमान गर्नु प¥यो । आफूसंग भएका इकुईमेन्टहरुलाई कम लागतमा चलाउनु पर्दछ । नभएका ल्याउनु पनि पर्दछ नि ।

० तपाईहरुको राज्यसंग के कस्ता अपेक्षा छ त ?
सरकार अभिभावक हो । यससंग अपेक्षा सबैको हुन्छ । हाम्रो पनि होला सरकारले व्यवसायीहरुलाई सहयोग गर्नु प¥यो र यो विषम अवस्थामा हामी व्यवसायीले राज्यलाई मद्दत गर्नुपर्दछ । राज्यले भनेको बेला देश विदेश गएर औषधी मुलो, उपकरण ल्याउन हामी निजी क्षेत्रका एयरलाईन्स तयार छौं ।

० अन्त्यमा लाखौं जनतालाई केही भन्नु छ ?
अहिले हेर्दा राज्यले गर्ने काम पक्कै गरेको अवस्था छ । हाम्ीले पनि केही गरेका छौं । काम गर्दा केही कमी कमजोरी भए होला तर यो बेला सरकार, सबै राजनीतिक पार्टी, व्यवसायी जनता एक ठाउँमा बसेर यस बिरुद्ध लड्नु पर्दछ र मुक्ति पाउनु प¥यो ।

अरु हिसाब किताब पछि गर्ने गरि अहिले सबै पक्ष एउटै छातामुनी आएर यो विश्वव्यापी महामारी बिरुद्ध लडनुपर्ने आवश्यकता देखिन्छ । राज्यसंग सबैको अपेक्षा छन् । यसलाई पनि भुल्न हुँदैन । तर, यो बेला ठूलो आर्थिक आकांक्षा पटक्कै राख्नु हुँदैन । मानव रहि जीवन कल्पना गर्न सकिदैन । मानव रहे सबै रहने हो । त्यसकारण एकजुट भएर मुक्ति खोजौ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि