शोभनदेव पन्त नेपाली बैकिङ्ग इतिहासमा चिनाई राख्नु पर्ने नाम पटक्कै होइन । बैकिङ्ग इतिहासमा ३ दर्शक भन्दा बढि विताएका पन्त मिडियामा देखा पर्न रुचादैनन् । साच्चै भन्नुपर्दा विओके मजबुद र अब्बल बैंक बनेको छ भन्दा अब चाहि फरक पर्दैन ।
नेपालको बैकिङ्ग इतिहासमा सबै भन्दा पूराना र अनुभवी बैंकर भित्र पन्तको नाम अग्रपंक्तिमा छ । २७ वटै वाणिज्य बैंकका सीइओहरुले अभिभावकको नाम लिँदा पन्तको नाम छुटाउनु हुँदैन ।
नेपालको दुईवटा वाणिज्य बैंक लुम्बिनी र विओके मिलेर बनेको धेरै शाखा, एटिएम र ग्राहक भएको बैंक अफ काठमाण्डूका सीइओ हुन शोभनदेव पन्त ।
विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल अब पनि अछुतो रहेन । केही संकेटहरु देखा परेका छन् । वैशाख ३ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन । यस्तो विषम परिस्थितिमा पनि नेपालका निजी क्षेत्रको अब्बल र सबल विओकेले सेवा प्रदान गरिरहेको देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको यस बैंकले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न केही शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु छन् ?
शाखा खुलेको मात्रै छ कि कारोबार छ । कोरोना भाईरसका कारण नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्ने देखिन्छ र आगामी चैत्र महिनामा आउने बैंकहरुको वित्तिय विवरणमा यसले कस्तो असर गर्ने देखिन्छ र राज्य कोषमा विओकेले के कस्तो राहत दिएको छ । यिनै र यस्ता विषयमा पूराना बैंकर एवं बैंक अफ काठमाण्डू लिमिटेडका सीइओ शोभनदेव पन्तसंग भूपेन्द्र आचार्यले गरेको कुराकानीः
० यो संवेदनशील र कठिन अवस्थामा बैंकहरुले भटाभट डिपोजिटका व्याजदर घटाएका छन् । यो ग्राहकलाई अन्याय भएन र ?
म पनि ब्याज घटाउने संस्थाको बैंकर हु । महामारीको मौका छेपी व्याजदर घटाएका भन्ने समाचार आए यसलाई फरक तरिकाबाट बुझ्नु जरुरी छ ।
अहिले तरलता सहज छ । कर्जा गएको छैन । उद्योग धन्दा बन्द छन् । पर्यटन, उद्योगका लागि उर्जा थपिने भएकै कारण व्याजदर घटाएका हौं । यसले बैंकहरुको फस्ट फण्ड घट्न छ र हामीले केही राहत हुन्छ । कर्जा प्रति पनि राहत हुनेछ । अर्को कुरा तरलता हुँदा व्याजदर घट्ने र नहुँदा बढ्ने परम्परा बैकिङ्ग इतिहासमा छ । त्यसकारण अन्यथा लिनु हुँदैन नि । तर यो समस्याको समाधान चाहि पक्कै होइन नि ।
० लकडाउनको यो अवस्थामा भनिन्छ ८ खर्बका प्रोजेक्टहरुको काम ठप्प छ । यसले कस्तो असर बैकिङ्ग क्षेत्रमा पर्ने देख्नु भएको छ ?
महत्वपूर्ण प्रश्न सोध्नु भयो । ठूलो असर पक्कै छ । सन् २००८/९ मा देखिएको आर्थिक मन्दी अमेरिका र युरोपमा मात्रै सीमित भएका बेलामा कोभिड १९ ले ल्याएको आर्थिक मन्दीले पूरैविश्वमै असर पारेको छ । र, त्योभन्दा अझ खराब अवस्था संकेत देखिएको छ ।
यो आर्थिक क्षेत्रका लागि फरक असर हो । जुन आधुनिक अर्थतन्त्रमा पहिले कहिल्यै पनि देखिएको थिएन । एक सातादेखि अर्को साता हुँदै यो अहिले हरेक क्षेत्रमा होटल रेष्टुराँदेखि विमान कम्पनीसम्म असर पारेको कारणले अर्थतन्त्रमा ठूलो घाटा भइरहेको छ । यसको क्षति अब बैकिङ्ग प्रणालीमा देखिने प्रस्टै छ ।
मानवीय संकटसँगै कसरी रिकभरी हुन्छ भन्ने कसैले अनुमान गरेको छैन । अहिले विश्व नै अदृश्य शत्रुसँग लडिरहेको छ । यो सन् १९३० मा आएको विश्वव्यापी अर्थतन्त्रमा परको असर जस्तै भएको देखिन्छ ।
अब यो लम्बियो भने अर्थतन्त्र कहाँ पुग्ने हो । त्यो म अनुमान गर्न सक्दिन तर, यस्तो नहोस् । कर्जाका साँवा व्याज नउठेपछि त कर्जा खराब कर्जा हुने निश्चित छ । यस कोरोनाभारी गर्न बैंकले केह ीगर्न सक्ने अवस्था देखिदैन । यसले नाफा घट्ने त पककै छ ।
० दुईवटा वाणिज्य बैंक विओके र लुम्बिनी बैंक मर्जर भएर बनेको यस बैंकले लकडाउनको विषम परिस्थितिमा कस्तो सेवा दिएको छ त ?
अरु बैंकले जस्तै सेवा दिएका छौं । एटिएममा पहिलो ध्यान हाम्रो छ । त्यसपछि शाखा खोली सेवा दिएका छौं । बचतकर्तालाई औषधीमुलो र खाद्यान्न खाना पैसाको अभाव चाहि हुन दिएको अवस्था छैन । केही अत्यावश्यकका सामानको एलसी र बैंक ग्यारेन्टीको काम गरेका छौं नि ।
० यस्तो कोरोना भाईरसको महामारीका बीच पनि बैंक गएर काम गर्ने कर्मचारीको स्वास्थ्यबारे चाही कति चिन्तित रहनु भएको छ ?
कर्मचारी हाम्रो सम्पत्ती हुनु । उहाँहरुको चिन्ता सबै भन्दा बढि हामीलाई हुन्छ । तर, हाम्ीले सबै रोगथामका सामान दिएका छौं । अर्को कुरा के छ भने हाम्रो बैंकका कर्मचारीलाई पैसाको खाँचो नहोस भनेर हामीले लकडाउन हुनु भन्दा पहिला नै तलब दिएका छौं । दोस्रो कुरा भीडभाड छैन । बैंकमा कारोबार पनि कम नै छ नि ।
० कोरोना भाईरस बिरुद्ध राज्यले स्थापना गरेको राष्ट्रिय कोषमा चाही के कस्ता सहयोग छ । तपाई पहिलो बैंकर हो जसले १ महिनाको तलब दिने घोषणा गरिसक्न भएको पनि छ नि ?
हाम्रो बैंकले १ करोड राज्य कोषलाई दिएको छ । मैले व्यक्तिगतरुपमा १ महिनाको तलब दिने निर्णय गरेको छु । हामी यही समाजका मान्छे हौं । समाज प्रति दायित्व बढेको महसुस गर्दै मैले सो निर्णय गरेको हु । बैंकरलाई समाजले हेर्ने छुट्टै परम्परा छ । केही बढि तलब खान्छन् र केही कमाएका छन् भन्ने पनि छ । त्यसकारण समाजिक सेवाबाट उत्प्रेरित भएर मैले दिएको छु । यो बेला हुनेले दिने हो । जनता बचाउनु पर्दछ । अनि अरु हुने हो ।
आजसम्म नेपालमा जम्मा ९ जनामा रोग लागेको पुष्टि भएको छ । जसमध्ये १ जना निको भईरहेको अवस्था छ भने बाँकीको अहिले उपचार भईरहेको छ । आशा र प्रार्थना गरौं कि यो अवस्था यहाँभन्दा खराब नहोस भन्नचाहान्छ ु ।
० विश्वव्यापी रुपमा अदृष्य शक्तिका रुपमा फैलिएको कोरोना भाईरसले नेपालको अर्थतन्त्रलाई कति असर पार्ने देख्नु भएको छ ?
जे भए पनि आजका दिनसम्म यसले अर्थतन्त्रमा केही असर गरिसकेको देखिन्छ । अर्थतन्त्रमा भएको यो संकट समाधानमा केन्द्रीय बैंक एक्लैले केही गर्न सक्ने अवस्था अब रहेन । अहिले वित्तीय क्षेत्रसँगै प्रत्यक्षरुपमा पर्यटनजस्ता क्षेत्रमा ठूलो असर गरेको छ । यी क्षेत्रहरु रिकभर हुनका लागि पनि एकदेखि डेढ वर्षसम्म लाग्ने प्रस्टै देखिन्छ ।
किनभने पर्यटन क्षेत्र रातारात सम्हाल्न सकिने क्षेत्र होइन । र, कोरोना भाइरसको असर छिट्टै हट्ने संकेत देखिदैन । सबैभन्दा पहिले त पर्यटकहरुमा आत्मविश्वास जगाउनु महत्वपूर्ण हुन्छ । दोस्रो कुरा यस संकटले मारमा परेको क्षेत्रलाई फेरि पुर्नजन्म गराउनु पर्ने दायित्व बढेको छ । अन्य देशको संकटको तुलनामा नेपालको संकट अझ ठूलो हुन्छ । किनभने आत्मनिर्भर छैनौं । झण्डै ३० प्रतिशत जति जीडीपीमा रेमिट्यान्सको हिस्सा छ ।
साथै सरकारको कोषमा पनि आयातबाट आर्जन हुने राजस्वको हिस्सा ठूलो छ । साथै नेपालको वित्तीय क्षेत्रमा कर्जाको क्षेत्रमा पनि यसले ठूलो असर गर्नेछ । जसको प्रेसर बैंकिङ क्षेत्रमा पर्नेछ । खराब कर्जाको मात्रा बढ्नेछ । यो हाम्रो लागि चाही चुनौतिको पहाड हुने संकेत देखिन्छ । अर्को कुरा के चाही अहिले खाडी राष्ट्रमा पेट्रोलको मुल्य घटेको छ । यसको असर पर्ने देखिन्छ । यी राष्ट्रले हाम्रो कामदारलाई घर पठाउन सक्ने अवस्था नआउला भन्न सकिदैन । त्यसले रेमिटेन्समा ठूलो असर गर्ने पनि सक्दछ ।
आर्थिक संकटले गर्दा जीडीपी पनि ५ देखि ७ प्रतिशतले घट्ने आँकलन गरिएको छ । साथै बैंकको कर्जामा ठूलो असर पर्नुका साथै बढ्ने खराब कर्जाका कारण सेयरधनीहरुले पाउने लाभांशमा समेत असर गर्ने देखिन्छ ।
० राष्ट्र बैंकका बैंकको ग्राहकहरुका लागि ल्याएका सहुलियतका प्याकेजलाई कसरी लिनु भएके छ ?
यो पहिलो चरणको राहत हो । अन्तिम चाहि पक्कै होइन होला । यसले पुग्दैन । समस्या आउदैछ । त्यो केन्द्रीय बैंकले सल्टाउन सक्दैन । यसमा राज्य नै जमानी बस्नु पर्ला । राज्य नै अगाडी बढेर आउनु पर्ला ।
अहिले विश्वका शक्तिशाली र सम्पन्न राष्ट्रहरुले राज्यको जमानीमा कर्जा दिएको अवस्था पनि छ । नेपालमा हामी शुरुवाती अवस्थामै छौं । यो कति लम्बिीने हो यसमा पनि भरपर्दो कुरा छ । तर, यतिले चाही पुग्दैन नि ।
० हामी नेपालीले नाकाबन्दी, भुकम्प, समाजका परिवर्तन कुरा धेरै कुरा देख्यौ र भोग्यो । तर, आज सुन्दै नसुनेको लकडाउन भोगिरहेको अवस्था छ । यसबाट कस्तो पाठ सिक्नु पर्ला ?
अत्यन्तै सान्दर्भिक प्रश्न सोध्नु भयो । अहिले संसार अप्ठ्यारोमा छ । अति राम्रा मुलुकहरुले त यो अदृश्य रोगलाई थेग्न हम्मे/हम्मे परेको देखिन्छ । हामी त भगवान भरोसामा नै छौं । (WHO)को भनाई अनुसार हाम्रो यो रोगको दोस्रो चरणमा छौं । यसपछि कस्तो संकेत आउने हो यसमा ठूलो कुरा छ ।
दोस्रो कुरा यसलाई रोगथाम गर्ने उपायहरुको चाडो खोजी गरिनु प¥यो । आजका मुख्य आर्मी भनेका डाक्टर, नर्स र अस्पतालका कर्मचारी हुन् । उहाँहरुको म स्वास्थ्य लाभको कामना र सम्मान प्रकट गर्दछु । अर्को पक्ष हामी ठूला दुई राष्ट्रको बीचमा छौं । यो विचार गर्नुप¥या । भारतमा महामारीका केही रुप आईसकेको छ । खुल्ला सीमानाबाट मान्छे नेपाल भित्रिएको अवस्था जगजायर नै छ । त्यसकारण टेष्ट चाडो हुनु प¥यो । सबै हामी बाँच्नु प¥यो र जनता बचाउनु प¥यो । यो दायित्व राज्यले मात्रै होइन अब हामी ३ करोड नेपालीको दायित्व पनि हो । यो मान्छेबाट मान्छेमा आउने रोग भएकोले हामी सचेत र सजक पक्कै हुनपर्दछ ।
० यो मौका मैले तपाईसंग गुमाउन चाहिन मलाई भनिदिनुहोस् नेपाल राष्ट्र बैंकले नयाँ गर्भनर पाएको छ । उहाँसंग तपाईहरु कति आशावादी रहनु भएको छ ?
राष्ट्र बैंकले चाहे जस्तै नेतृत्व पाएको छ । उहाँसंग मेरो लामो संगत भयो । मैले नयाँ गर्भनर महाप्रसाद अधिकारीज्यूलाई नजिकबाट चिनेको छु । त्यसकारण अनुभवी क्षमतावान र कुसल प्रशासक उहाँ हो भन्ने मेरो बुझाई छ । अर्को कुरा बैकिङ्ग क्षेत्रलाई ३० वर्ष नेपाल राष्ट्र बैंक भित्रै बसेर बुझेको अनुहार हामीले गर्भनर पाएका छौं । हामी सकारात्मक छौं । बैंकिङ्ग प्रणाली खुसी पनि छ ।
० अन्त्यमा लाखौं ग्राहक, प्रोमोटर, शेयरधनी र नेपाली जनतालाई केही भन्नु छ ?
यो अवस्था सबैका लागि सहज छैन । तर, हामीले लड्नु छ र जीत निकाल्नु पर्ने पनि छ । पहिलो कुरा यसरी बुझ्नु जरुरी छ । दोस्रो कुरा अदृश्य शक्तिसंग लडाई जित्न अदृश्य शक्तिसंग प्रार्थना गरौं र जीत हासील गरौं । विश्व रुवाएको यो अदृश्य रोगसंग त्रास नभई सामना गरौं । विश्व स्वास्थ्य संगठन (WHO) र राज्यले दिएको सबै निर्देशन घरमै बसी पालना गरौं । आफू बचौं र अरुलाई बचाउन भगवानसंग प्रार्थना गरौं ।