• होमपेज
  • अन्तरवार्ता
  • राज्यको धनराशी स्वास्थ्य क्षेत्रमा लगानी गर्नु पर्यो

राज्यको धनराशी स्वास्थ्य क्षेत्रमा लगानी गर्नु पर्यो

अशोक शेरचन, सीइओ प्रभु बैंक लिमिटेड

  • बुधबार, चैत्र २६, २०७६
राज्यको धनराशी स्वास्थ्य क्षेत्रमा लगानी गर्नु पर्यो

अशोक शेरचन नेपालको बैंकिङ्ग इतिहासमा चिनाई राख्नु पर्ने नाम होइन आधा जीवन नै बैकिङ्ग क्षेत्रमा विताएका शेरचन नेपालको ठूलो व्यवसायीक धराना प्रभु समूहकै सबल र सक्षम बैंक प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत छन् ।

शेरचनले प्रभु बैंक सम्हाले पछि बैंकले विद्यमान चुनौती ग्राण्ड र किष्ट बैंकका कर्जा उठाउन उनी सफल भएका छन् । बैंकले यसबाट काँचुली फेर्ने काम गर्यो भन्दा अब चाहि फरक पर्दैन ।
शेरचन नेतृत्वमा २ वाणिज्य बैंक र कही विकास बैंक मर्ज भएर एउटा सक्षम, सबल र अब्बल बैंक बन्यो प्रभु बैंक ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो छैन । केही यसका संकेतहरु देखिएका छन् । वैशाख ३ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन ।

यो अवस्थामा पनि नेपालको निजी क्षेत्रको ठूलो सञ्जाल, ग्राहक र एटिएम भएको प्रभु बैंक लिमिटेडले सेवा प्रदान गरिरहेको देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको प्रभु बैंकले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार गर्न ४०/४५ भन्दा बढि शाखाहरु संचालन गरि नेपालभर सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु छन् ?

शाखा खुलेको मात्रै छ कि कारोबार छ । बैंकको कर्मचरीको स्वास्थ्य अवस्था कस्तो छ । आगामी चैत्र महिनामा आउने बैंकहरुको वित्तिय विवरणमा कोरोना भाईरसले कस्तो असर गर्ने देखिन्छ र कारोना बिरुद्ध लड्ने राज्य कोषमा प्रभु बैंकले के कस्तो राहत दिएको छ । यिनै र यस्ता विषयमा चर्चित युवा बैंकर एवं प्रभु बैंक लिमिटेडका सीइओ अशोक शेरचनसंग भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० सीइओ साब यस्तो विशम र कठिन परिस्थितिमा कस्तो सेवा प्रदान गर्नु भएको छ ?
प्रभु बैंकका सबै देश र उपत्यकाका शाखा १ दिन विराएर ४०/४५ वटा खोलेर सेवा दिएका छौं । विदाका दिन खुल्दैनन् । यी शाखाहरुबाट ड्राफ्ट, एलसी र रेमिटेन्स लगायतका काम सुचारु नै छन् । कारोबार कम छ । तरपनि, यो अवस्थामा हामी बैंकरहरुले सेवा दिने हाम्रो दायित्व हो । यही दायित्वलाई पूरा गरेको अवस्था छ ।

० अहिले नेपालमा पनि कोरोना भाईरसका केही विरामी देखा परेका छन् । देश पूर्णरुपमा लकडाउन छ । यो बेला शाखा सञ्चालन गर्ने कर्मचारीहरुको स्वास्थ्यबारे के सोच्नु भएको छ ?
तपाईलाई थाह नै छ । प्रभु बैंक २ वटा वाणिज्य बैंक र आधा दर्जन विकास बैंक मर्जर भएर बनेको धेरै शाखा सञ्जाल, एटिएम र ग्राहक संख्या भएको बैंक हो । त्यसकारण लाखौं ग्राहकलाई अप्ठ्यारो पर्दा हामी चुप लागेर बस्ने कुरा पटक्कै हुदैन । त्यसकारण म लगायत सबै कर्मचारी साथीहरुले कार्यालय खोली सेवा दिएको अवस्था छ ।

अर्को कुरा स्वास्थ्य सुरक्षाको उठाउनु भयो । हामी सचेत र अत्यन्तै सजक भएर सेवा प्रदान गरेका छौं । कर्मचारीहरुलाई रोकथामका सबै प्रकारका स्वास्थ्य सामाग्री दिएका छौं । ७ वटै प्रदेशका हाम्रा शाखा प्रमुखहरुसंग सम्पर्क गरि कर्मचारी भाईबहिनीले आलोपालो अफिसमा काम गर्नु भएको छ । अर्को कुरा एटिएम कार्ड / मोबाइल बैंकिङ्ग / इन्टरनेट बैकिङ्ग र सुचना प्रविधीका एप नलिनेग्राहकहरुलाई हामीले फोन गरि कारोबार गर्नु भएको अवस्था छ ।

० यस्तो परिस्थितिमा अफिस पुगेर काम गरेका कर्मचारीहरुलाई केही सहुलियतका प्याकेज ल्याउनु भएको छ त?
कर्मचारी हाम्रा सम्पत्ती हुन् । उनीहरुकै योगदानले बैंक चल्ने हो । त्यसकारण बैंकले भत्ता दिने निर्णय गरेको छ । अर्को कुरा हामीले सबै हाम्रा कर्मचारी साथीहरुको स्वास्थ्य, दुर्घटना लगायतको इन्स्योरेन्स पहिला नै गरेका कारण हामी ढुक्क छौं ।

० तपाईको बैंक प्रभु बैंकको यूनियन पे कार्ड अन्य वाणिज्य बैंकको एटिएममा नचलेको कुरा आएको छ । कारण चाहि के होला सीइओ साब ?
नचल्ने भन्ने होइन । केही बैंकहरुसंग युनियन पे ले सम्झौता नगरेका कारण यो कुरा आएको हो । चाडै नै हामी यो समस्या हल गर्ने पक्षमा छौं । प्रभू बैंकले चिनीया ह्याकरहरुले एटिएमबाट पैसा चोरी गरेपछि नयाँ यूनियन पे का कार्डहरु जारी गरेको हो ।
यो सेक्युरिटीको हिसाबले अत्यन्तै राम्रो छ । केही समस्या छैन । हल्ला बढि हुने समाज छ नि ।

० नेपालको ठूलो व्यवसायिक घराना प्रभु समूहको ठूलो लगानी रहेको प्रभू बैंकले कोरोना बिरुद्ध लड्न राज्यले स्थापना गरेको कोषमा कस्तो सहयोग गरेको छ त ?
अरु बैंक र वित्तिय संस्थाका जस्तै हामीले पनि केही सहयोग गरेको अवस्था छ । प्रभु बैंकले राष्ट्रिय कोषमा १ करोड रुपैया दिइसकेको छ । अब फेरि ७ वटै प्रदेशमा ५/५ लाख दिने सोचमा छौं । अर्को कुरा के पनि छ भने हिजो आपत विपत, अप्ठ्यारो पर्दा राज्यलाई हामीले सहयोग र साथ दिँदै आएका छौं । चाहे त्यो भूकम्पको बेला वा अरु वेला । यो महामारीबाट बच्न प्रभु बैंक र प्रभु समूह राज्यको साथमा छ । यो वेला देश जनता तपाई, हामी सबै बच्नु पर्दछ । अनि मात्रै अरु कुरा होला नि होइन र !

० राष्ट्र बैंकले बैंकका लाखौ ग्राहकहरुका लागि ल्याएका सहुलियतका केही प्याकेज छन् । त्यसलाई प्रभु बैंकले कसरी लिएको छ ?
यो सकारात्मक छ तर, यतिले मात्रै पुग्ने अवस्था चाहि देखिदैन । हामी बैंकले भन्दा पनि सरकारले नै व्यापारी वर्ग र ग्राहकले सोचे जस्तो राहतका प्याकेज तत्कालै घोषणा गर्न जरुरी छ । अर्को कुरा घरबेटीले घरभाडा छुट दिने, स्कुलले शुल्क नलिने कुरा पनि छ । यसले सीधा बैंकलाई असर पर्ने देखिन्छ ।

किनभने धेरै ग्राहकले कर्जा लिएर घर बनाएका होलान् । स्कुल चलाएको होलान्, गाडी खरिद गरेका होलान् । त्यसकारण बैंकको किस्ता साँवा, व्याज तिर्न उनीहरुलाई अप्ठ्यारो अवस्था आउने संकेत देखा पर्न थालेको छ । यी वर्गलाई लक्षित राहत सरकारले नै ल्याउनु पर्ने मैले अनुभव गरेको छु ।

० बैंक वित्तिय क्षेत्रले चैत्र महिना भित्रै आ–आफ्ना वित्तिय विवरण सार्वजनिक गर्ने बेला छ । अहिले यो लामो लकडाउनले यसलाई कस्तो असर पार्ला त ?
हेर्नुहोस् संसारलाई रुवएको कोरोना भाईरसले बैंक र वित्तिय क्षेत्रलाई बाकी त पक्कै नराख्ला । अहिले सबै तीर ठप्प छ । व्यापार छैन । पर्यटन ठप्प छ । कलकारखाना ठप्प छ । यस्तो अवस्थामा व्याज साँवा नआउने होला । असार मसान्तसम्म सुविधा दिने कुरा छ । यी कारणले असहज पक्कै छ ।  राष्ट्र बैंकका नयाँ गर्भनरले नयाँ कुरा ल्याउनु प¥यो नि ।
अर्को कुरा नाफा कमाउने आफ्नो ठाउँमा होला । तर, यो समय मानव जीवनलाई सुरक्षित गर्ने बेला हो नि ।

० हामी नेपालीले जीवनमा सबै कुरा देख्यौ । जस्तै नाकाबन्दी, भूकम्प, समाजका परिवर्तनका धेरै कुरा । तर, कहिले नदेखेको लकडाउनमा हामी छौं । यसबाट पाठ सिक्दै अवका दिनमा केही गर्नु पर्ला ?
अत्यन्तै सान्र्दभिक प्रश्न सोध्नु भयो । यो सत्य हो । तपाईले भनेका कुराको पाठ अब हामीले सिक्नै पर्दछ । एउटा कुरा के हो भने स्वास्थ्य नै जीवन जीउनु हो । स्वास्थ्य रहन धेरै कुरा चाहिन्छ । आज विश्व नै कोरोनाको महामारीमा छ । त्यसकारण साना ठूला अस्पतालको पूर्वाधार निर्माण गर्नु पर्यो । ७ वटै प्रदेशमा पनि ।

किनभने अहिले नेपाल भारतको खुल्ला सीमाका कारण कोरोना भाईरसको रिक्स अत्याधिक मात्रामा बढेको अध्ययन कर्ताहरुले बताएका छन् । त्यसकारण राज्यको ठूलो धनराशी स्वास्थ्य क्षेत्रमा लगानी गर्नु पर्यो । यसका लागि हामी बैंक र बैंकरले साथ दिने छौं । राज्य अप्ठ्यारोमा पर्दा अग्रपंक्तिमा साथ दिने संस्था बैंक नै हो । अर्को महत्वपूर्ण पक्ष के हो भने । बचत हुनुपर्यो । यो बचतले (पैसा)ले रोगसंग लड्ने औषधी किन्न पाइन्छ । त्यसकारण बचत गर्ने बानी बसाल्नु पर्दछ । अर्को पक्ष यो बेला हुनेहरु नहुनेहरुलाई सहयोग गर्ने बेला हो नि ।

० कोरोना भाईरसले विश्वको अर्थतन्त्रलाई तहसनहस बनाएको तथ्याङ्क सार्वजनिक भएका छन् । यसले नेपालको अर्थतन्त्र र नेपाली बैकिङ्ग प्राणालीलाई कस्तो असर पर्ला, सीइओ साब ?
अर्को महत्वपूर्ण प्रश्न सोध्नु भयो । हेर्नुहोस् । संसार रुदा नेपाल रोएको छ । नेपाल रुदा संसार रोएका घटना हामी संग छन् । त्यसकारण विश्व बजारको अर्थतन्त्रमा परेको असर हाम्रोमा पर्ने निश्चित नै छ । यो शुरुको अवस्थामा नै २ प्रतिशतले अर्थतन्त्रमा फरक डाटा देखिन्छ । यो कति लम्बिने हो र असर कस्तो देखा पर्ने हो नेपालमा । त्यो ठूलो कुरा हो ।

अहिले सबै लकडाउन छ । व्यापार, व्यवसाय, उद्योगधन्दा, कलकारखाना, मार्ट प्रोजेक्ट देखि साना पसलसम्म यसले सीधै अर्थतन्त्रलाई हान्ने निश्चित छ । बैकिङ्ग क्षेत्रको लागि सरकारले सहुलियत नदिए र राहत प्याकेज नल्याए बैंक र वित्तिय क्षेत्रलााई गाह्रो छ । ग्रोथ छैन । त्यसकारण फेरि उठ्न हामीलाई चुनौतीका पहाड छेड्नु सरह हुने प्रस्ट छ । अवसर आउलान, काम गरौला तर, जनता स्वास्थ्य नभएर बैंक भएर के होला एक पटक सोच्नु होस् । त्यसकारण विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशन पूर्ण रुपमा पालना गरौं र गराऔं ।

० एउटा अवसर मैले गुमाउन चाहिन, तपाईसंग मलाई भनिदिनु होस नयाँ गर्भनर राष्ट्र बैंकले पाएको छ । उहाँसंग बैंकहरुले के आशा राखेका छन् त ?
नयाँ गर्भनर साबले हालै कार्यभार समालेको अवस्था छ । उहाँले राष्ट्र बैंकमै ३० वर्ष विताएका कारण हामी बैंक र बैंकरलाई राम्रोसंग बुझेको अवस्था छ । उहाँको सकारात्मक भूमिकाको अपेक्षा छ नि ।

० अन्त्यमा लाखौ प्रभु बैंकका ग्राहक, शेरधनी, प्रोमोटर र आम नेपाली जनतालाई केही भन्नु छ ?
यो महामारीको बेला अहिले देश लकडाउनमै छ । त्यसकारण हुनेले नहुनेलाई दिउ । आफू, परिवार र जनतालाई स्वास्थ्य राखौ । सबै सुरक्षितसंग बसौ भन्न चाहन्छु ।

Facebook Comments

सम्बन्धित समाचार