• होमपेज
  • चलेको
  • यो सुविधा लिने बेला पक्कै होइन, कर्मचरीको स्वास्थ्य ठूलो कुरा हो, त्यसबारे बैंक सचेत र चनाखो छ

यो सुविधा लिने बेला पक्कै होइन, कर्मचरीको स्वास्थ्य ठूलो कुरा हो, त्यसबारे बैंक सचेत र चनाखो छ

रमेश अर्याल, सीईओ, एनसीसी बैंक लिमिटेड

  • मङ्लबार, चैत्र २५, २०७६
यो सुविधा लिने बेला पक्कै होइन, कर्मचरीको स्वास्थ्य ठूलो कुरा हो, त्यसबारे बैंक सचेत र चनाखो छ

रमेश अर्यालय नेपालको बैंकिङ्ग इतिहासमा चिनाई राख्नु पर्ने नाम होइन आधा जीवन नै बैकिङ्ग क्षेत्रमा विताएका रमेश अर्याल नेपालको ८ अर्ब चुक्ता पुँजी भएको सबल र सक्षम बैंक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत छन् ।

अर्यालले एनसीसी बैंक सम्हाले पछि बैंकले विद्यमान चुनौती र अप्ठ्यारालाई पार गर्दै बैंकको पूँजी मात्र पुर्याएनन् । बैंकको काँचुली फेर्ने काम गरे भन्दा अब चाहि फरक पर्दैन । उनीकै नेतृत्वमा ४ वटा विकास बैंक मर्ज भएर एउटा सक्षम, सबल र अब्बल बैंक बन्यो एनसीसी बैंक ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो छैन । केही संकेतहरु देखिएका छन् । वैशाख ३ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था छैन ।

यो अवस्थामा पनि नेपालको निजी क्षेत्रको ठूलो एनसीसी बैंक लिमिटेडले सेवा प्रदान गरिरहेको देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको एनसीसी बैंकले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार गर्न केही शाखाहरु संचालन गरि नेपालभर सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु छन् ?

शाखा खुलेको मात्रै छ कि कारोबार छ । बैंकको कर्मचरीको स्वास्थ्य अवस्था कस्तो छ । आगामी चैत्र महिनामा आउने बैंकहरुको वित्तिय विवरणमा कोरोना भाईरसले कस्तो असर गर्ने देखिन्छ र कारोना बिरुद्ध लड्ने राज्य कोषमा एनसीसी बैंकले के कस्तो राहत दिएको छ । यिनै र यस्ता विषयमा चर्चित बैंकर एवं एनसीसी बैंक लिमिटेडका सीइओ रमेश अर्यालसंग भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० सीइओ सर देश लकडाउनमा छ, नेपालमा कोरोना भाईरसका केही लक्षण पनि देखा परेको छ । यो विषम अवस्थामा कस्तो सेवा दिनु भएको छ ?
एनसीसी बैंकले १२२ वटा शाखा सञ्जाल मध्ये ४०/५० वटा शाखा खोली देशभरी ग्राहकलाई सेवा दिएको अवस्था छ । कारोबार घटेको छ । हामीले हाम्रो वेवसाईटमा स्टाफको नाम, नम्बर र शाखा खोल्ने सूचना दिएका छौं । अहिले एटिएम र मोबाइल बैकिङ्गबाटै कारोबार भएको अवस्था छ । कार्ड नभएका सूचना प्रविधिका एप नलिएका ग्राहकका लागि १० बजेदेखि १ बजेम्म शाखा खोली सेवा दिएका छौं ।

० करिब ५० शाखा खोली देशभरी सञ्चालन गरेको बताउनु भयो । यो महामारीको बेला कर्मचारीहरुको स्वास्थ्यका बारेमा कति सचेत हुनुहुन्छ नि ?
सचेत मात्रै छैन । सावधानीपूर्वक काम गरेका छौं । ल्याउने पुर्याउने देखि लिएर सुरक्षाका सबै उपायका बस्तु हामीले कर्मचरीलाई दिएक छौं । भीडभाड छैन । कारोबार कम छ तापनि अत्यावश्यक सेवा भित्र बैंक र वित्तिय क्षेत्र पर्न आएकोले सेवा दिने दायित्व हामी बैंकरको छ । यो विशम परिस्थितिमा हामीले कर्तव्य निष्ठाका साथ सेवा दिएको अवस्था छ ।

० यो विशम परिस्थितिमा बैंकसम्म पुगी काम गर्ने कर्मचरीहरुको लागि विमा लगायतका सहुलियतका प्याकेज ल्याएको हो र ?
यो अत्यन्तै आप्ठ्यारो र विशम परिस्थितिमा सबै कर्मचारी साथीहरुले पनि योगदान दिने हो । सुविधा लिने बेला पक्कै होइन । कर्मचरीको स्वास्थ्य ठूलो कुरा हो । त्यसबारे बैंक सचेत छ । चनाखो छ । यो बेला बैंकबाट भन्दा पनि एटिएम र मोबाइल बैंकिङ्गबाटै कारोबार हुने गरेकोले कम कर्मचरीले काममा पठाएको अवस्था छ ।

० कर्मचारीहरुलाई भोलि केही भैहाल्यो भने बैंकले कसरी लिन्छ त ?
यो बेला बैंक सबै कुरा गर्न तयार छ । हामीले लकडाउनको पैसा कटाएको छैन । उहाँहरुको स्वास्थ्यबारे बैंकले ख्याल गर्ने कुरामा दुई मत छैन ढुक्क भए हुन्छ ।

० कोरोना विरुद्ध लड्न राज्यको कोषमा एनसीसी बैंकको योगदान चाहि कस्तो छ नि ?
हामीले पनि राष्ट्रिय कोषमा ६५ लाख र ७ वटै प्रदेशमा ५/५ लाख गरि ३५ लाख दिएका छौं । सत्रै मिलाएर १ करोड पठाएका छौं । हिजो आपत पर्दा हामीले राज्यलाई साथ दिएकै हौ । आज पनि दिने छौं । भोली पनि दिने हो । त्यसकारण हामी सबै मिलेर विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस बिरुद्ध लड्नु नै आजको पहिलो आवश्यकता हो ।

० सीइओ साब चैत्र मसान्तमा बैंकहरुको वित्तिय विवरण आउँदै छ । त्यसमा यो लामो लकडाउनले कस्तो असर पर्ला ?
ग्राहक, प्रोमोटर, शेयरधनी र आम नेपालीहरुको स्वास्थ्यको ठूलो कुरा हो । यो बेला नाफा, नोक्सानको कुरा होइन । पहिला यो बुझ्नु जरुरी छ । त्यसपछि नाफा कमाउला नि । नाफा कमाउनु सकिन्छ । हिजो भुकम्प र नाकाबन्दी पछि पनि हामीले काम गरेर नाफा कमाएको इतिहास छन् । त्यसकारण जीवन रहे बैंक रहने हो ।

बैंक भए त नाफा कमाउने हो । त्यसकारण घरबाट सूचना प्रविधीका उपायहरुबाट मोवाइल बैंकिङ्ग, इन्टरनेट बैकिङ्गबाट कारोबार गर्न म आग्रह गर्दछु । एटिएमबाट औषधी र खाद्यन्नका सामान किन्ने पैसा झिक्नु उचित होला । बैंक आउने काम यो बेला गर्न उचित हुँदैन । घरमै बसी राज्यले दिएको निर्देश्न पालना गरौं र आफ्नो स्वास्थ्य प्रति सचेत र सजक बनौं ।

० कोरोना भाईरसका कारण भएको लामो लकडाउनबाट के पाठ सिक्न सकिन्छ ?
अत्यन्तै राम्रो प्रश्न सोच्नु भयो । हामी नेपालीले इतिहास पल्टाउने हो भने सबैकुरा देख्न पाएका थियो जस्तै नाकाबन्दी भूकम्प, राजनीतिका कुरा, समाज परिवर्तनका कुरा तर आज सोच्दै नसोचेको रोगसंग लड्नु परेको छ । यसैका कारण जीवनमा नदेखेको लकडाउनमा हामी छौं । यसको पालना जति राम्रो हुन्छ । यति नै हामी सुरक्षीत हुनेछौं ।

सरकारले समयमै लकडाउन गरेकाले हामी सुरक्षीत छौं । अहिले हाम्री भन्दा महान र शक्तिशाली राष्ट्रले पनि आपत खेपीरहेका छन् । सबै बन्द भए नाका देखि उडानसम्म यसले मानव जीवनमा कमी क्षती देखियो, अब औषधी उपचार र अस्पतालका भौतिक संरचनामा जोड दिनु पर्दछ । यसका लागि हामी बैंक र सबै बैंकर तयार छौं । हामी यहि समाजका मान्छे हौ । समाजमा हाम्रो दायित्व अझै बढेको छ । त्यसकारण जनता बचाउन, आफू र परिवार बचाउन राज्यसंगै हातेमालो गर्न बैंकिङ्ग उद्योग तयार छ नि ।

० फेरि लकडाउन बढेको छ । राज्यले ग्राहकहरुका लागि ल्याएको सहुलियतका योजना पर्याप्त छन् । यो बेला सीइओ साब ?
शुरुका दिनलाई त ठीक नै थियो । तर, अब चाहि अध्ययन गरेर अगाडी बढ्नु पर्यो नि । कुन क्षेत्रमा कस्तो असर परेको छ । त्यो पहिला अध्ययन गरिनु पर्दछ र पुनः राहतका कार्यक्रम ल्याउनु जरुरी छ ।

पर्यटन ठप्प छ । कर्जा लिएका ऋणीले किस्ता भुक्तानी गर्न सक्ने अवस्था नाजुक छ । घर धनीले घरभाडा छुट दिएपछि कर्जाका किस्ता आउने स्रोत बन्द हुने अवस्था होला । यी सबै विषयमा गम्भीर भएर चिसो दिमागले राष्ट्र बैंक, हामी बैंक र राज्य बसेर छलफल हुनु जरुरी पक्कै छ ।

० अहिले एटिएम चलेका छन् तर, पैसा नभएको कोरोना सुरक्षीत नभएको र साँझ परेपछि बन्द भएका गुनासो सुनिन्छ के यो सत्य हो ?
सबै झुट हो । एटिएम भनेकै कहिल्यै बन्द नहुने बस्तु हो । पहिलो कुरा दोस्रो कुरा पैसा सधै एटिएममा हुन्छ । यसको मनिटरिङ्ग बैंकहरुका केन्द्रीय अफिसबाट चौविसै घण्टा हुन्छ । तेस्रो कुरा सुरक्षाको छ । त्यहाँ पनि सुरक्षाको प्रबन्ध बैकहरुले मिलाएका छन् । एटिएमलाई पनि सेनिटाईजिङ्ग गरिएको छ । तापनि घरबाटै कारोबार गर्नु सुरक्षित रहुन हो । यो बिर्सनु पटक्कै भएन नि ।

० अर्थतत्रमा कोरोना भाईरसको असर कस्तो होला त ?
यसले अर्थतन्त्रका सबै क्षेत्र हान्ने निश्चित छ । अब अध्ययन गरी सहुलियतका राम्रा प्याकेज ल्याउनु जरुरी छ । हामीले थेगेकै हो । भूकम्प, नाकाबन्दी त्यसकारण धेरै आत्तिनु पर्ने अवस्था नआउला तर, विश्व बजारले चुनौति सामना गरेको बेला हामीलाई पनि छुने त पक्कै छ । अर्को कुरा जहाँ चुनौती छ । त्यहाँ अवसर पनि हुन्छन् । त्यो अवसरको पाठ सिक्दै अगाडी बढ्नु पर्दछ ।

० अन्त्यमा लाखौ ग्राहक, कर्मचरी, प्रोमोटर, शेयरधनी र जनतालाई केही भन्नु छ त ?
सबै भन्दा पहिला घर–परिवार होसियार भएर बसौ । रोगबाट टाढा बसौ । सूचना पालना गरौं । सबै स्वास्थ्यका कुरामा ध्यान दिउ ।
आज कोरोना भाईरसका कारण विश्वका शक्तिशाली राष्ट्रहरुमा भएको क्षतीको अध्ययन गरौं । त्यसकारण सरकारले गरेको लकडाउन पूर्णरुपमा पालना गरौं घरबाटै काम गरौं घरबाट वाहिर नजाउ ।

आफ्नो जीवनलाई बचाउने र अरुको जीवन बचाउ । साथै डब्लुएचओले भनेका सबैकुरा ध्यान दिएर पूरा गरौं । सोसल डिस्टेन्स पालना गरौं । मोबाइल बैकिङ्गबाट, इन्टरनेट बैकिङ्ग घरबाट कारोबार गरौं । राज्यले थप गरेको लकडाउन कठिन भए पनि पालना गरौं । यसले सबैको स्वास्थ्य सुरक्षीत हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि