• होमपेज
  • कोरोना अपडेट
  • यो समय भनेको आफू बच्नु र अरुलाई पनि बचाउने बेला हो

यो समय भनेको आफू बच्नु र अरुलाई पनि बचाउने बेला हो

सन्तोष कोइराला, प्रमुख कार्यकारी अधिकृत, माछापुच्छ्रे बैंक लिमिटेड

  • शुक्रबार, चैत्र २१, २०७६
यो समय भनेको आफू बच्नु र अरुलाई पनि बचाउने बेला हो

सन्तोष कोइराला युवा बैंकरहरुको पंक्तिमा चिनाई राख्न पर्ने नाम होइन । कोइरालाले बैंक अफ काठमाण्डू, सानिमा बैंकमा करिब २ दर्शक विताए पछि हाल माछापुच्छ्रे बैंकका सीइओ छन् । करिब २ दर्शक बैकिङ्ग इतिहासमा जीवन विताएका कोइराला कम उमेरका सीइओहरुको पंक्तिमा पर्दछन् ।

बैंकर कोइराला एनआरएनको ठूलो लगानी रहेको माछापुच्छ्रे बैंकको सीइओमा २०७७ साल बैशाख १ बाट लागु हुनेगरी नियुक्त भएका छन् । अहिले बिशम अवस्थामा यो बैंकले के कस्ता बैकिङ्ग सुविधा दिएको छ ?

अहिले विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाईरसले नेपाल त्रसित बनाएको छ । चैत्र २५ गतेसम्म सरकारले देशलाई लकडाउन गरेको छ । मानिस सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन ।

यस्तो अवस्थामा पनि नेपालको बलियो निजी क्षेत्रको बैंक माछापुच्छ्रे बैंकले सेवा प्रदान गरिरहेको अवस्थामा देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको यस बैंकले डिजिटल करोबार गर्न नसक्ने एटिएम कार्ड नभएका ग्राहकलाई कारोबार गर्न शाखाहरु खोलेर सेवा दिइरहेको देखिन्छ ।

यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ? माछापुच्छ्रे बैंक मात्रै खुलेको छ कि ? कारोबार पनि भइरहेको छ । बैंकका कर्मचरीहरुको स्वास्थ्य अवस्था बारे बैंक कति सचेत छ । बैंक र बैंकरहरुले यो विशम परिस्थितिमा राज्यलाई कस्तो योगदान दिएका छन् । यीनै विषयमा युवा बैंकर एवं माछापुच्छ्रे बैंकका सीइओ सन्तोष कोइरालासंग भूपेन्द्र आचार्यले गरेको कुराकानी ।

० देश पूर्ण लकडाउनमा छ । जनता कोरोना भाइरसबाट आतंकित छन् । यस्तो सम्बेदनशील अवस्थामा माछापुच्छ्रे बैंक लिमिटेडले चाही कसरी कस्तो सेवा दिएको छ ?
हामीले आवश्यकता हेरि उपत्यकाका तीन जिल्लामा १÷१ वा शाखा सञ्चालनमा गरि सेव दिएका छौं । उपत्यका बाहिर प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरी केही शाखा खोली सेवा दिएका अवस्था छ ।

डिजिटल बैंकिङ्ग नभएका, एटिएम कार्ड नभएका हजारौं ग्राहकहरुलाई १/२ घण्टा शाखा खोली सेवा दिएको अवस्था छ । यो बेला घरबाटै डिजिटल बैकिङ्ग कारोबार गर्र्नु नै उचित हुन्छ । हामी र हाम्रा कर्मचारी साथीहरु पनि घरबाटै काम गरेका छन् । यो समय भनेको आफू बच्नु र अरुलाई पनि बचाउने बेला हो ।

० राज्यले बैंकका ग्राहकहरुलाई लक्षित गरी ल्याएका सहुलियतका प्याकेजलाई तपाईले चाही कसरी लिनु भएको छ ?
यो अत्यन्तै सकारात्मक पक्ष हो । यसलाई हामीले सकारात्मक रुपमा दिएका छौं । अहिले केही सुविधा आएको छ । केन्द्रीय बैंकले जारी गरेको सर्कुलरलाई सकारात्मक रुपमा लिनुपर्छ । विद्युतीय कारोबारमा पनि शुल्क नलिने भन्ने कुरा आएको छ ।

अर्कोतिर चैत्र मसान्तमा १० प्रतिशत ब्याजमा मिनाह दिनसक्ने भनेको छ । बैंकले आफ्नो आम्दानीबाट दिने भन्ने कुरा छ । राज्यले गरेको निर्णय पालना गर्नु हाम्रो कर्तव्य हो । दायित्व हो । असार मसान्तसम्म कर्जाहरुको सावाब्याज तिर्ने समय दिएको छ ।

यसले ग्राहकलाइ ठूलो राहत मिलेको देखिन्छ । भूपेन्द्रजी । हामी यहि समाजका मान्छे हौं । समाजलाई केही गर्नु पर्दछ भन्ने हाम्रो पनि सोच छ । अप्ठयारो अवस्थामा ग्राहकहरुलाई साथ र सहयोग हामी बैंक र बैंकरले नदिए कसले दिन्छ ? तर, बैंक बाहिर रहेका लाखौं मजदूर, कामदार र गरिब जनताका लागि राज्यले छिटो राहतका कार्यक्रम ल्याउनु पर्ने देखिन्छ ।

० यो कोरोना भाईरसको महामारकिा बेला कर्मचारी साथीहरुको सुरक्षाबारे कति चिन्तित रहनु भएको छ सीइओ साब ?
भूपेन्द्र जी, महत्वपूर्ण प्रश्न सोध्नु भयो । हामी कर्मचार िसाथीहरुको स्वास्थ्यबाटै अत्यन्तै सचेत र सजक छौं । ती साथीहरुले केही राहतका कार्यक्रम ल्याउने भएका पनि छौं ।

कर्मचारी साथीहरुको हाम्रा सम्पत्ती हुन् उहाँहरुको सुरक्षा नै हामी बैंकरहरुको पहिलो दायित्व हो । त्यसकारण हामीले माक्स, सेनिटाइजर र पञ्जा प्रयोग लगायत एटिएमलाई समेत सेनिटाईजिङ्ग गरेका छौं । कर्मचारी कम मात्रामा छन् । ग्राहक अझै कम मात्रामा आएको अवस्था छ । कारोबार सानो भएको छ । यो अवस्था घरबाटै सूचना प्रधिवीबाट डिजिटल बैकिङ्ग गर्नु उचित हुन्छ ।

० कोरोना भाईरसंग लड्न राज्यले स्थापना गरेको राष्ट्रिय स्तरको कोषमा तपाईको बैंकको सहयोग रहन्छ त ?
किन नरहने हामी पनि यहि समाजको मानिस हौं । हाम्रो पनि यो समाजमा केही दायित्व पक्कै छ । बिपतको बेला हामी राज्यसंगै हिडेको प्रसस्तै उदाहण पनि छन् ।

यसैलाई मध्यनजर गर्दै हामीले राष्ट्रिय कोषमा ५१ लाख रकम दिएको अवस्था छ । सबै ७ वटै प्रदेशमा ५/५ लाख राहत स्वरुप दिएका छौं । यसको अलवा यो लकाउनमा गरिब मजदुर, कामदारहरु भोकै नरहुन भनेर हामीले २० लाख बराबरको मुल्य पर्ने राहत सामाग्री दियौं । ५ हजार लि.को पानी ट्याङ्की प्रहरीको सहकार्यमा विभिन्न ठाउँमा राखी दिएको अवस्था पनि छ ।
यी सबै हिसाब गर्ने हो भने हामीले राज्यलाई १ करोड ६ लाख दिएको अवस्था छ नि ।

० चैत्र मसान्तमा बैंकहरुको रिजल्ट पनि बाहिर आउने बेला हो । यो कोरोना महामारीले नाफामा पक्कै फरक त पर्ला नि सीइओ साब ?
यो बेला आफू बच्ने र जनतालाई बचाउने बेला हो । राज्यले लागु गरेको लकडाउनलाई पालना गर्नु हो । जीवन रहे अरु कुरा त पछि आईहाल्छ नि । नाफा घाटा यो बेला हेर्ने होइन । नाफामा त फरक पर्ने नै छ । नाफा भन्दा जनताको स्वास्थ्य राम्रो हुनु जरुरी छ । नाफा कमाउला, अर्थतन्त्र बचाउला तर, अहिले जनता बचाउने हो ।

सरकारले लाखौं गरिब, जात जातिका भाषा भाषीका मजदुर र कामदारका लागि तत्कालै उचित राहत ल्याउनु प¥यो । यो बेला ठूला भन्दा साना साना कुरामा ध्यान दिने बेला हो । रोजी रोटीका कुरा होलान । ग्यास, नुन, तेल, चामल, दालका कुरा होलान । राज्यले यो बारे तत्कालै सोच्नु प¥यो नि ।
० लामो लकडाउनले एटिएममा पैसा सकिएको र साँझ पदै गर्दा बन्द हुने गरेको गुनासो बढेको छ नि ?
भूपेन्द्र जी यो सबै झुट हो । यो बेला यो हुनै सक्दैन । किन भने हामी वाणिज्य बैंक, विकास बैंक र वित्तिय संस्थाले कुनै शुल्क एटिएममा नलिने निर्णय नै गरेको अवस्थामा छ ।

अर्को कुरा एटिएम कहिले बन्द हुन्दैन । २४ सै घण्टा खुल्ला छन् । पैसा प्रसस्त छ । कम कारोबार एटिएममा भएको छ । कसरी पैसा सकिन्छ । यो त आतंक फैलाउने कुरा भयो झुट बोल्ने ? हामीले एटिएमलाई समेत सेनिटाईज गरेका छौं । ढुक्क भए हुन्छ । हामी हाम्रा लाखौं ग्राहकलाई पैसा नभएर दाल, चामल, ग्यास, पानी र औषधी किन्नबाट बञ्चित पटक्कै गर्दैनौ । हामीलाई फोन गरेर पनि सेवा लिन आग्रह गर्दछु ।
अर्को कुरा हामी माछापुच्छ्रे बैंक २७ वाणिज्य बैंकमा एटिएमको ठूलो सञ्जाल भएको बैंक भएकोले हामी यस कुरामा अति नै चनाखो र सचेत छौं ।

All-focus

० विश्व बजारमा कोरोना भाईरसले अर्थतन्त्र तहसनहस झै बनाएको छ । यसले नेपालको बैकिङ्ग प्रणालीमा कस्तो असर पार्ने देख्नु भएको छ ?
देशको अर्थतन्त्रको मुटु, कलेजो भनेकै बैंकिङ्ग प्रणाली हो । यसले नेपाली बैकिङ्ग प्रणालीमा असर नपर्ने कुरै छैन । चुनौतीपूर्ण बन्दै गएको छ । नेपालको बैकिङ्ग प्रणाली तर हतोत्साहित भई हाल्नु पर्ने अवस्था छैन । अर्थतन्त्रको खुट्टा भाँचिए पनि हात भाचिएको छैन । भोली यसलाई बनाउला । तर, आजको आवश्यकता भनेको मानवीय क्षती बचाउनु आफू बच्नु र अरुलाई बचाउनु नै हो । अरु कुरा आज नभए भोली त होला नि ।

० लाखौं ग्राहक र नेपाली जनतालाई केही सन्देश दिनु हुन्छ । यो विशम अवस्थामा सीइओ साब ?
पक्कै पनि हामीलाई शाखा खोल्ने रहर थिएन तर हामी अत्यावश्यक भित्र पर्ने बस्तु भएकोले केही शाखा खोली सेवा दिएका छौं । तापनि हामी सचेत छौं । यो विषम परिस्थितिमा बैंकहरुले सेवा दिनु पनि चुनौतिपूर्ण र जोखिम छ । तर, हामीले दिइरहेको अवस्था पक्कै छ ।
पहिलो कुरा त आफू बचौं अरुलाई पनि बचाउ ।

मानव रहे जीवन रहे, सबै कुरा देखिन्छ । त्यसकारण घरभित्रै बसौ । अर्को कुरा आज कोरोना भाईरसले विश्वका शक्तिशाली राष्ट्र रोहिरहेको अवस्था छ । हजारौं मरेका छन् । लाखौं कोरोना भाईरस बिरुद्ध छटपटाईरहेको अवस्था छ ।

सरकारले गरेको लकडाउन पूर्ण पालना गरौं घरबाटै अफिसको काम गरौं घरबाट वाहिर नजाउ । जीवन रहे सबैहुन्छ । जीवन नरहे केही हुँदैन स्वास्थ रहौं । सुखी रहौं । घरमै बसी नयाँ नयाँ सृजना गरौं मोबाइलबाटै डिजिटल कारोबार गरौं । परिवारसंगै दिन विताउ ।

अर्को कुरा विदेशबाट आउनु भएका सबै साथीहरु घरमै क्वाराइनटाइनमा बसौ । केही भए अस्पताल जाउँ । आफूलाई बचाऔं र अरुलाई पनि बचाउ । भन्न चाहान्छु ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि