• होमपेज
  • कोरोना अपडेट
  • ग्राहकलाई सेवा दिने कुरालाई हामी कन्जुसी गर्दैनौ

ग्राहकलाई सेवा दिने कुरालाई हामी कन्जुसी गर्दैनौ

रोशन कुमार न्यौपाने, सीइओ, एनआईसी एशिया बैंक

  • बुधबार, चैत्र १९, २०७६
ग्राहकलाई सेवा दिने कुरालाई हामी कन्जुसी गर्दैनौ

रोशन कुमार न्यौपाने बैकिङ्ग उद्योगमा चिनाई राख्नु पर्ने नाम होइन । नेपालको बैकिङ्ग क्षेत्रमा अब्बल नाम भित्रै पर्दछ । नेपालको सबै भन्दा धेरै शाखा सञ्जाल र ग्राहक भएको कर्जा प्रवाह, डिपोजिट र नाफामा सबै निजी क्षेत्रका बैंकहरुमा अब्बल र सक्षम सावित भैसकेको एनआईसी एशिया बैंकका सीइओ हुन रोशन कुमार न्यौपाने ।

सबै भन्दा बढि शाखा सञ्जाल र ग्राहक भएको बैंकका सबै भन्दा कान्छा सीइओको उपनामले चिचिने रोशन कुमार न्यौपाने चाटर्ड एकाउटेण्ट पनि हुन् ।

विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल त्रसित बनाएको छ । यही चैत्र ११ गतेदेखि २५ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन ।
यस्तो अवस्थामा पनि सबैभन्दा ठूलो एनआईसी एशिया बैंकले सेवा प्रदान गरिरहेको अवस्ता देखिन्छ । । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको एनआईसी एशिया बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न शाखाहरु खोलेर सेवा दिइरहेका देखिन्छ ।

यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु भोग्नु परेको छ ? एनआईसी एशिया बैंक मात्रै खुलेको छ कि ? कारोबार पनि भइरहेको छ । बैंकको कर्मचारीहरुका सुरक्षा विधि कस्तो अपनाइएको छ ? बैंक र बैंकरहरुले यो विशम परिस्थितिमा राज्यलाई कस्तो योगदान दिएका छन् । यी आदि विषयमा एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेसंग भूपेन्द्र आचार्यले गरेको कुराकानी ।

० देश पूर्ण लकडाउनको अवस्थामा छ । कोरोना भाईरसका कारण जनता त्रसीत छन् । घरबाट बाहिर जाने अवस्था छैन । यस्तो बेला नेपालको सबैभन्दा बढि शाखा सञ्जाल र ग्राहक भएको एनआईसी एशिया बैंकले कस्तो सेवा दिएको अवस्था छ ?
हामीले अब्बल र पृथक रुपमा सेवा प्रदान गरेका छौं । यो विशम परिस्थितिमा पनि हामी लगायत २७ वाणिज्य बैंकहरुले सेवा दिनु आफूमा राम्रो पक्ष पक्कै हो । तर, ग्राहकहरुको सख्या अत्यन्तै कम छ । साच्चै भन्नुपर्दा हामीले बैंक ग्यारेन्टी, एलसी जस्ता सेवा पनि ग्राहकहरुलाई दिएको अवस्था छ ।

यो समय घरमै बसी इन्टरनेत बैकिङ्गबाट कारोबार गर्ने बेला हो । अहिले हाम्रो डिजिटल बैंकिङ्गका धेरै सुविधा छन् । ग्राहकले यी सेवा प्रयोग गरेको देखिन्छ । हामीले भिडियो कन्फेन्सबाट देशभरी कुरा गरेर हाम्रा लाखौं ग्राहकलाई सेवा दिएका छौं ।

० कति शाखा सञ्जालबाट एनआईसी एशिया बैंकले सेवा प्रदान गरेको अवस्था छ ?
घरैमा बसी डिजिटल बैकिङ्ग सेवाबाटै कारोबार गरौं भनेको अवस्थामा पनि पनि एनआईसी एशिया बैंकले १ दिन विराएर फरक/फरक शाखा खुलाएको छ । हामीले प्रदेश १ मा ९ वटा प्रदेश २ मा ११ वटा, प्रदेश ३ मा ७ वटा, प्रदेश ४ मा १ वटा, प्रदेश ५ मा २ वटा, प्रदेश ६ मा १ वटा, प्रदेश ७ मा ४ वटा शाखा कार्यालय सञ्चालन गरि ग्राहकहरुलाई सेवा प्रदान गरेका छौं । एनआईसी एशिया बैंकल ग्राहक मैत्री बैंक भएकाले सेवा दिनु कुरालाई कुनै कन्जुसी हामी कहिले गर्दैनौ ।

० यति धेरै शाखा खोलर एनआईसी एशिया बैंकले कारोबार गरेको तपाईले बताईरहँदा यो कोरोना भाईरसको महामारकिा बेला कर्मचारी साथीहरुको सुरक्षाबारे कति चिन्तित रहनु भएको छ सीइओ साब ?
अत्यन्तै महत्वपूर्ण प्रश्न सोध्नु भयो । कर्मचारी साथीहरुको हाम्रा सम्पत्ती हुन् उहाँहरुको सुरक्षा नै हामी बैंकरहरुको पहिलो दायित्व हो । त्यसकारण हामीले माक्स, सेनिटाइजर र पञ्जा प्रयोग लगायत एटिएमलाई समेत सेनिटाईजिङ्ग गरेका छौं । कर्मचारी कम मात्रामा छन् । ग्राहक अझै कम मात्रामा आएको अवस्था छ । कारोबार सानो भएको छ । यो अवस्था घरबाटै सूचना प्रधिवीबाट डिजिटल बैकिङ्ग गर्नु उचित हुन्छ । यो समय भनेको आफू बाँच्ने र अरुलाई पनि बचाउने समय हो ।

० राज्यले ग्राहकका लागि ल्याएका सहुलियतका प्याकेजलाई कसरी लिनु भएके छ ।
यो अत्यन्तै सकारात्मक पक्ष हो । यसलाई हामीले सकारात्मक रुपमा दिएका छौं । यो साच्चै भन्दा आवश्यक नै थियो ।
अहिले केही सुविधा आएको छ । केन्द्रीय बैंकले जारी गरेको सर्कुलरलाई सकारात्मक रुपमा लिनुपर्छ । विद्युतीय कारोबारमा पनि शुल्क नलिने भन्ने कुरा आएको छ ।

अर्कोतिर चैत्र मसान्तमा १० प्रतिशत ब्याजमा मिनाह दिनसक्ने भनेको छ । बैंकले आफ्नो आम्दानीबाट दिने भन्ने कुरा छ । राज्यले गरेको निर्णय पालना गर्नु हाम्रो कर्तव्य हो । दायित्व हो । असार मसान्तसम्म कर्जाहरुको सावाब्याज तिर्ने समय दिएको छ । यसले ग्राहकलाइ ठूलो राहत मिलेको देखिन्छ । भूपेन्द्रजी । हामी यहि समाजका मान्छे हौं । समाजलाई केही गर्नु पर्दछ भन्ने हाम्रो पनि सोच छ । अप्ठयारो अवस्थामा ग्राहकहरुलाई साथ र सहयोग हामी बैंक र बैंकरले नदिए कसले दिन्छ ?

० नेपाल सरकारले विश्वव्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरस बिरुद्ध राष्ट्रिय स्तरको कोष स्थापना गरेको छ । यसमा तपाईको बैंकको कस्तो सहयोग रहन्छ त ?
पहिलो चरणमा हाम्रो एनआईसी एशिया बैंकले तत्कालै आवश्यकतालाई महसुस गरी खाद्यान्नका केही सामाग्री राज्यलाई दिएको अवस्था छ । केही बैंकर र उद्योगी धरानाहरुले कोषमा रकम दिएको अवस्था छ । दोस्रो कुरा यो अवस्थामा बैंक खोलेर सेवा दिनु नै महत्वपूूर्ण कुरा हो । राज्यलाई सहयोग गर्ने दायित्व हाम्रो पनि हो । हाम्रो दायित्व समाजमा बढेको छ । हामी यही समाजकै मान्छे हौं । बैंकरहरु यो विशम र अप्ठ्यारो परिस्थितिमा राज्यलाई साथ दिन तयार छन् ।

० विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसले नेपालको बैंकिङ्ग प्रणालीलाई कस्तो असर पर्ला ?
यो समय चिन्ताको विषय भनेको मानवीय क्षती बचाउनु, आफू बच्नु र अरुलाई पनि बचाउनु हो । अर्थतन्त्र आज नभएर भोलि राम्रो होला । विश्व अर्थतन्त्रमा असर परेपछि नेपालमा नपर्ने कुरै भएन । रेमिटेन्स ठप्प छ । कलकारखाना, उद्योग धन्दा, व्यापार व्यवसाय सबै ठप्प छ ।

यसले लामो समय यस्तै अवस्था भयो भने नेपालको बैकिङ्ग प्रणाली तग्रिन केही समय चाही पक्कै लाग्ने अनुमान छ । तर, मानव जीवन रहे अरु कुरा त विस्तारै भई हाल्छ नि । आत्तिनु पर्ने अवस्था छैन । यो बेला ग्राहकलाई पैसा नभएर दाल, चामल, औषधी मुलो किन्न नपाउने अवस्थामा हामी हाम्रा लाखैं ग्राहकहरुलाई अप्ठ्यारोमा पार्दैनौ । पैसा बैंकमा छ फोन गर्नुहोस् हामी तपाईलाई तत्कालै सेवा दिने तप्पर छौं । प्रतिवद्ध छौं । निराश नहुनुहोस । स्वास्थ्य जीवन जीउनु होस् परिवाससंग बस्नुहोस् ।

० लकडाउन बढेको बढेको छ । फेरि बढ्ने संकेत देखिन्छ । यस्तो अवस्थामा तपाईहरुले कस्तो पूर्व तयारी गर्नु भएको छ ?
यो अवस्था आउदै छ भनेर पूर्व तयारीकै साथ हामी बैंकरहरु बसेका थियौ । आयो अब कोरोना भाईरस बिरुद्ध सबै एक भएर लड्नुपर्दछ । त्यसकारण घरबाट सूचना प्रविधीको माध्यामबाटै डिजिटल बैकिङ्गमा जोड दिनुपर्दछ । यसबाट तपाई सुरक्षित हुनुहुन्छ । एटिएम एउटा माध्याम मात्रै हो । सबै भन्दा सुरक्षित भनेकै घर भित्रैबाट काम गर्नु हो ।

साँचै भन्दा हामी भन्दा विकशीत र शक्तिशाली राष्ट्रहरुले समेत पूर्व तयारी नगरेको बेला हामीले त के पो गर्न सक्दछौ । तर, यसले एउटा महत्वपूर्ण पाठ हामी नेपालीलाई सिकाएको चाही पक्कै छ ।

थप एक सातासम्म लकडाउन भइसकेको छ । यसले सबै कुरा स्तब्ध भइसकेको छ । अझै अर्थतन्त्रमा ठूलो क्षती पु¥याइसहेको छ । आगामी बजेटमा पनि यसको असर पक्कै पनि देखिन्छ । विकासका कुरा पनि पछाडी पार्छ । विकसित देशमा जस्तै ठूलो राहत प्याकेत ल्याउने अवस्था देखिदैन । चलिरहेको काम एक्कासी ठप्प बन्द हुँदा त्यसको असर पर्छ । तर, आत्तिनु पर्दैन समय बलवान छ । सबैकुरा ठीक हुँदै जान्छ । तर मानव क्षती हुनु भएन नि ।

० नेपालकै ठूलो शाखा सञ्जाल र ग्राहक भएको बैंकको सबै भन्दा कम उमेरको सीइओ तपाई लकडाउनमा घरमै समय विताएका करोडौं जनतालाई के सन्देश दिन चाहानुहुन्छ ?
पहिलो कुरा त आफू बचौं अरुलाई पनि बचाउ । मानव रहे जीवन रहे, सबै कुरा देखिन्छ । त्यसकारण घरभित्रै बसौ । अर्को कुरा आज कोरोना भाईरसले विश्वका शक्तिशाली राष्ट्र रोहिरहेको अवस्था छ । हजारौं मरेका छन् । लाखौं कोरोना भाईरस बिरुद्ध छटपटाईरहेका छन् ।

बिरामी छन् । सरकारले गरेको लकडाउन पूर्ण पालना गरौं घरबाटै अफिसको काम गरौं घरबाट वाहिर नजाउ । जीवन रहे सबैहुन्छ । जीवन नरहे केही हुँदैन स्वास्थ रहौं । सुखी रहौं । घरमै बसी नयाँ नयाँ सृजना गरौं मोबाइलबाटै डिजिटल कारोबार गरौं । परिवारसंगै दिन विताउ ।
अर्को कुरा विदेशबाट आउनु भएका सबै साथीहरु घरमै क्वाराइनटाइनमा बसौ । केही भए अस्पताल जाउँ । आफूलाई बचाऔं र अरुलाई पनि बचाउ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि