• होमपेज
  • कोरोना अपडेट
  • लक्ष्मी ग्रुपले कोरोना कोषमा दियो एक करोड

लक्ष्मी ग्रुपले कोरोना कोषमा दियो एक करोड

  • बिहिबार, चैत्र १३, २०७६
लक्ष्मी ग्रुपले कोरोना कोषमा दियो एक करोड

कोराना कहर बीच गायक ज्ञान घिसिङले संगीत मार्फत शितलता  प्रदान गर्न ‘शितल चौतारी’ सार्वजनिक गरेका छन् । गीतमा शब्द गायक घिसिङको रहेको छ भने संगीत ओम सुनारको रहेको छ । गीतमा स्वर ज्ञान घिसिङ र दिपा लामाको  रहेको छ । गीतको संगीत संयोजन राजु कार्कीले गरेका हुन् ।

म्युजिक भिडियोमा स्वयम् गायक घिसिङ र रक्षा श्रेष्ठ फिचर्ड छन् । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई पवन सुवेदीले सम्पादन गरेका हुन् । सागर लामा ‘गोले’ र माधव श्रेष्ठले भिडियो कोरियोग्राफी गरेका हुन् । शिव बिकको निर्देशनमा भिडियो तयार भएको हो ।

अमेरिकामा रहेका गायक घिसिङले हालै मात्र राजधानीमा एक कार्यक्रम गरेर आफ्नो पहिलो डेब्यु एल्वम ‘सम्भव’ सार्वजनिक गरेका थिए । यस एल्वम भित्र ६ वटा गीत संग्रहित छन् । ६ वटा गीत मध्य ४ वटा गीतमा स्वयम् गायक घिसिङको स्वर र संगीतमा रहेको छ । ४ वटा युगल गीत रहेको एल्वममा गायक घिसिङलाई निर्मला घिसिङ, मेलिना राई र दिपा लामाले स्वरमा साथ् दिएका छन ।

संघर्षपुर्ण जीवन बाट माथि उठेका गायक घिसिङले ७ वर्षको उमेरमा नै भुटानमा  ब्राशब्याण्डमा  समेत काम  गरेका थिए । भुटानमा चलेको राजनीतिक आन्दोलनका कारण ४ वर्ष उनले आफ्नो पढाई समेत छोड्न पर्यो पछि उनि नेपालमा सन् १९९२ मा आफ्नो परिवार सहित शरणार्थी शिविरमा बस्न थाले । झापाको शरणार्थी शिविरमा हुर्किएका घिसिङले दमक मोडल कलेजबाट आफ्नो स्नातक पुरा गरेका हुन् ।

आफ्नो बुवालाई आफ्नो पहिलो शिक्षक मान्ने गायक घिसिङ हाल अमेरिकामा  शिक्षक , ईण्टरटेनर , व्यवसायीको रुपमा काम गर्दै आएका छन । गायक घिसिङले आफ्नो नयाँ म्युजिक भिडियो ‘शितल चौतारी’ लाई माया गरिदिन सम्पुर्ण स्रोता, दर्शक तथा मिडिया हाउसलाई आग्रह गरेका छन् । । हाईलाईट्स नेपालको  अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई सकारात्मक प्राप्त भैरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि