• होमपेज
  • प्रविधि
  • टेलिकमले शतप्रतिशत बोनस दिने

टेलिकमले शतप्रतिशत बोनस दिने

  • बिहिबार, चैत्र १३, २०७६
टेलिकमले शतप्रतिशत बोनस दिने

कोभिड–१९ को जोखिम रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घरबाट ननिस्कन आदेश जारी गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई सहज तुल्याउन रिचार्जमा शतप्रतिशत बोनस घोषणा गरेको छ । टेलिकम प्रवक्ता राजेश जोशीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उक्त व्यवस्था भोलि बिहिबारदेखि ७ दिनका लागि लागू हुनेछ ।

टेलिकमको जीएसएम तथा सिडिएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ । वोनस रकमबाट टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिन्छ भने ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन भने सकिने छैन ।

रिचार्ज कार्ड प्रयोग गरी रु। ५० र रु। १०० को रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिन भित्र खपत गरिसक्नु पर्छ भने रु। २०० र रु। ५०० को रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

टेलिकमका अनुसार, रु। १००० को रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्नेछ । एमपोस वा विद्युतीय रिचार्जअन्तर्गत रु। १० देखि रु। ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र, रु। १०० देखि रु। ४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र र रु। ५०० देखि रु। ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्नेछ । रु। १००० वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि